Top Navigation
Main Navigation
बुधबार, वैशाख १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • दीपक न्यौपानेको राजा च्याउमा नेपालका अरबपति विनोद चौधरी
दीपक न्यौपानेको राजा च्याउमा नेपालका अरबपति विनोद चौधरी
श्याम स्मृत
श्याम स्मृत आइतबार, माघ २७, २०८१

काठमाडौं। केही दिनअघि मात्र नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजना गरेको स्टार्टअप तथा साना तथा मझौला उद्यम सम्मेलन उद्यमशीलताको हिसावले उत्कृष्ट बन्न सफल भएको छ। 
      पार्टी कार्यालय सानेपमा लगातार दुई दिन मुलुकको वर्तमान अर्थतन्त्र, उद्यमशीलता, रोजगारी लगायतका विषयमा महत्वपूर्ण विषयमा छलफल भएको थियो । त्यस्तै, पार्टी कार्यालय सानेपाको प्राङ्गणमा नेपाली उत्पादनका स्टलहरू राखिएको थियो। 
    ती स्टलहरुमा नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल लगायत नेपाली कांग्रेसका युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मासम्मले सवै उद्यमीका स्टलहरुको अवलोकन गरेका थिए।
     विश्व प्रसिद्ध नेपालका अरबपति एवम् नेपाली कांग्रेसका सांसद समेत रहेका विनोद चौधरीले अझ धेरै अभिरुचि राखेर सबै उद्यमीका स्टलहरु हेरेका थिए। जसमध्ये एन.सी.एग्रोटेक इण्डष्ट्रीजका कार्यकारी निर्देशक दीपक न्यौपानेको राजा च्याउको स्टललाई अझ बढी अभिरुचिपूर्वक अवलोकन गरेर यस च्याउका वारेमा जानकारी लिएका थिए। 

Page-No.1-Dipak-Neupane-4-1739121087.jpg
 अरु च्याउभन्दा फरक राजा च्याउका उत्पादन देखि बजारिकन तथा यसको उपभोगका विषयमा मात्र नभइकन स्वास्थ्यका दृष्टिकोणले फाइदाका विषयमा समेत अरबपति चौधरीले न्यौपानेसंग जानकारी लिएका थिए। अझ अरबपति चौधरीको निर्वाचन क्षेत्र पूर्वी नवलपरासीको नवलपुरको गैडाकोटमा नै न्यौपानेको राजा च्याउको उत्पादक कंपनी एन.सी.एग्रोटेक इण्डष्ट्रीज रहेको कारण पनि अरबपति चौधरीको अझ बढी चासो बढे्को हो।
     त्यसमाथि, यसै एन.सी.एग्रोटेक इण्डष्ट्रीजले नेपालमा राजा च्याउको अलाबा बाँसको कोइलाका साथै बासका उत्पादनहरू टुथपिक, ससेज सिन्का, धूपको सिन्का, चपिस्टिकलगायतको उत्पादन पनि गर्दै आएको कुराले अझ उत्साहित बनेको न्यौपानेको भनाइ छ। 
     न्यौपानेसंगको कुराकानीमा अरबपति चौधरीले टुथपिक, ससेज सिन्का, धूपको सिन्का, चपिस्टिकलगायत भारत लगायतका देशवाट आयात हुदैआएको मात्र थाहा पाएको तर, नेपालमा उत्पादन भएर विक्री भैरहेको कुरा थाहा पाएर अझ खुशी भएको भनेका थिए। यस कार्यमा न्यौपाने र न्यौपानेको कार्य टीम तथा एन.सी.एग्रोटेक इण्डष्ट्रीजको दिल खोलेर तारिफ गर्ने कार्य पनि अरबपति चौधरीवाट भएको थियो।
      यसै सन्दर्भमा अरबपति चौधरीले लगानीको वातावरण सरकारले बनाइदिने हो र साना व्यवसायीहरुलाई प्रोत्साहन गर्ने हो भने मुलुकको अर्थतन्त्रमा उनीहरुले ठूलो योगदान दिन सक्छन् भन्नेमा दुईमत नहुने प्रतिक्रिया दिएका छन्।

Page-No.1-Dipak-Neupane-10-1739121090.jpg
........राजा च्याउका राजा दीपक न्यौपानेको च्याउको कथा 
     राजा च्याउका राजा दीपक न्यौपानेको कृषि व्यवसायकै क्रममा नेपालवाट चीन आउजाउ हुनेगर्दथ्यो । शाकाहारी कृषि उद्यमी न्यौपाने चीनका होटल तथा रेष्टुरेण्टमा चहार्ने क्रममा शाहकाहारी भोजनको मेन्यु खोज्ने क्रममा भेटे– किङ ओयस्टर जातको च्याउ ।
    उक्त च्याउ देख्नमा आकर्षक मात्रै थिएन, विभिन्न हिसाबले स्वास्थ्यका लागि फाइदाजनक भएको पनि न्यौपानेले जानकारी प्राप्त गरे। कोरोना महामारी भन्दा केही समय अघि मात्रै चीनपुग्दा उनले स्थानीय बजारमा उक्त च्याउको माग धेरै भएको पाए । तर, सोही च्याउ नेपालमा भने विदेशबाट आयात भइरहेको बारे उनी जानकार थिए। 
    नेपालमा यसको उत्पादन सुरु नभएको तर उत्पादन भएको खण्डमा बजार पाउने विश्वासका साथ उनले टीम बनाएर कोरोना महामारीकै आसपासमा पूर्वी नवलपरासी बर्दघाट निवासी न्यौपानेले नवलपुरमा उच्च गुणस्तरीय प्लान्टसहितको च्याउखेती सुरु गरेका हुन् । ‘राजा च्याउ’ नाम दिइएको सोही किङ ओयस्टर अग्र्यानिक च्याउले पछिल्लो समय नेपाली कृषि बजारमा अझ नेपालीहरुको घर देखि होटल तथा रेष्टुरेण्टहरुमा व्यापक परिचय पाए । 
    सवैको नजरमा यो च्याउ प¥यो । अभिनेता देखि नेतासम्मको चासोको विषय बन्यो । सवैको प्रिय शाकाहारी भोजन समेत बन्न पुगेकोमा आफूले गरेको त्यो मेहनत र परिश्रमले अहिले आएर सार्थकता पाएकोमा न्यौपाने खुशी छन्। र भन्छन्–‘अरू च्याउको भन्दा यसको डेट पनि बढी हुन्छ । खाँदा पनि यो स्वास्थ्यका हिसाबले राम्रो छ। घातक रोग क्यान्सर लगायतका विरामीका लागि पनि यो च्याउ अत्यन्त लाभदायक छ । यो कोलेस्ट्रोल फ्री हुन्छ भने लो सोइडियम अर्थात नुनको मात्रा कम हुन्छ । अग्र्यानिक पनि हुने हुँदा यसको माग दिनप्रतिदिन बढ्दो क्रममा छ।’
     सुरुमा २५ लाख लगानीबाट सुरु भएको च्याउ खेतीमा मात्रै अहिले न्यौपानेको टिमले करिब २५ करोड भन्दा बढी लगानी गरिसकेको छ । केही समयपछि एन.सी.एग्रोटेक इण्डष्ट्रीजलाई लिमिटेड कंपनीमा परिणत गरेर सर्वसाधारणको लागि शेयर जारी गर्ने तर्खरमा रहेको समेत न्यौपानेले भनेका छन्। 
    नवलपरासीको नवलपुरको गैँडाकोट–१४ मा रहेको न्यौपानेको एन.सी.एग्रोटेक इण्डष्ट्रीजको खेतीबाट प्रतिदिन ४ हजार किलो च्याउ उत्पादन हुने गरेको छ । नेपालमा दैनिक ३० हजार किलो च्याउ खपत हुने गरेको तथ्याङ्कलाई मध्यनजर गरेर यसको खेती गरेको बताउने न्यौपाने विदेशबाट आयात हुने उक्त च्याउ महँगोमा डिपार्टमेन्टल स्टोरहरूले बेच्ने गरेकामा स्वदेशमै उत्पादन गरेर नेपाली उपभोक्तासम्म सुपथ मूल्यमा सहज ढंगवाट पु-याउने प्रमुख उदेश्यवाट अभिप्रेरित भएर राजा च्याउको नेपालमा नै उत्पादन गरेर च्याउमा नेपाल आत्मनिर्भर बनाउने कार्यमा आफूहरु क्रियाशील भैरहेको जिकिर पनि न्यौपानेको छ। 

कृषिजन्य वस्तुहरूमा अत्यधिक परनिर्भरता भएको देखेर केही हदसम्म भए पनि व्यापार घाटा कम गर्ने उद्देश्यका साथ आफूसहितको टिमले एन.सी.एग्रोटेक इण्डष्ट्रीज स्थापना गरेको उल्लेख गर्दै न्यौपानेले नेपालमै अत्याधुनिक प्रविधि एवम् गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी व्यावसायिक रूपमा राजा च्याउको उत्पादन सुरु गरेर विक्री वितरणमा व्यापकता दिएको न्यौपानेले बताए। राजा च्याउन पूर्णरुपमा अग्र्यानिक हुनुबाहेक रगतमा कोलोस्ट्रोलको मात्रा काम गर्न पनि यो च्याउ उपयोगी भएको उनले दाबी गरे । यस्तै हर्मोनहरु सन्तुलित राख्न, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन, ब्रेष्ट र प्रोस्टेट क्यान्सरबाट बचाउन सहयोगी यो च्याउ लामो समयसम्म भण्डारण गरेर राख्न सकिने उनको भनाइ छ। 
     न्यौपानेको एन.सी.एग्रोटेक इण्डष्ट्रीजले यसको अलाबा बाँसको कोइलाका साथै बासका उत्पादनहरू टुथपिक, ससेज सिन्का, धूपको सिन्का, चपिस्टिकलगायतको उत्पादन पनि गर्दै आएको छ। तीन वटै क्षेत्रमा गरी कम्पनीले कुल ४० करोड हाराहारीमा लगानी गरिसकेको छ भने १०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी तथा अप्रत्यक्ष हजारौलाई रोजगारी दिन सफल भएको पनि न्यौपानेको दावी छ। 

Page-No.1-Dipak-Neupane-2-1739121086.jpg

Page-No.1-Dipak-Neupane-5-1739121089.jpg

(नामी साप्ताहिकवाट साभार)

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २३:०२
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने आइतबार, चैत १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
  • नंः २ लोकतन्त्रको यात्रा र यथार्थ
  • नंः ३ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः ४ ६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
  • नंः ५ इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
विचार
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास NamiNews- नामीन्यूज
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   NamiNews- नामीन्यूज
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्