Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजवादीहरुले भ्रमको खेती गरे : महासचिव पोखरेल
राजवादीहरुले भ्रमको खेती गरे : महासचिव पोखरेल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ १२, २०८२

ललितपुर । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले प्राप्त संघीय लोकतन्त्रीक गणतन्त्रको विरुद्धमा ठूलो रकम खर्चेर राजावादीहरुले भ्रमको खेती गरेको बताएको छ ।

एमाले बाग्मती प्रदेश कमिटिद्धारा ललितपुरको गोदावरीमा आयोजित निर्वाचित वडा अध्यक्षहरुको प्रशिक्षण भेलालाई संवोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएको हो ।

‘लामो बलिदानीले प्राप्त लोकतन्त्र शंसारमै उत्कृष्ठ व्यवस्था हो’ महासचिव पोखरेलले एमालेबाट निर्वाचित बाग्मती प्रदेशका वडा अध्यक्षहरुलाई निर्देशन दिदैं भने ‘त्यसलाई कमजोर बनाउन पछिल्लो समय राजावादीहरु सामाजिक सञ्जाल र सञ्चार माध्यममा मोटो रकम लगानी गरेर व्यवस्थाका विरुद्धमा लाग्ने काम गरेका छन् ।’ 

राजाले प्रत्यक्ष सञ्चालन गरेको शासन प्रर्णाली भन्दा छोटो अवधीको गणतन्त्रात्मक शासन व्यवस्थाले नागरिकलाई बहुआयामीक क्षेत्रमा राहत दिने काम गरेको, विकास निर्माणको काममा फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै  उनले गणतन्त्रको विकल्प खोज्ने राजावादीहरुको दिवास्वप्ना कहिल्यै पुरा नहुने ठोकुवा गरे ।

shankar-pokhrel--1-1748266025.jpg

‘पञ्चायती व्यवस्थामा धनी र गरिव बीचको खाडल २१ गुणा थियो, त्यो घटेर अहिले घटेर ६ गुणामा झरेको छ। मान्छेको औषत आयू ५४ वाट बढेर ७४ वर्ष पुगेको छ । पुर्व मेची देखि पश्चिम महाकालीसम्मको भौतिक पूर्वाधारको विकासको अवस्था हेर्दा निकै आकाश जमिनको फरक छ। अँझै नागरिकमा आशा फैलाउने गरी देशभर ठूलो ठूला विकास निर्माणका परियोजनाहरु सञ्चालनमै छन्। छोटो अवधीमा प्राप्त उपलब्धीहरु अध्ययन नगरेर लोकतान्त्री व्यवस्थामा काम भएन भन्ने भ्रमलाई चिर्दै आशा जागाउने अभियानको अग्रमोर्चामा वडा सरकार लाग्नु पर्छ, महासचिव पोखरेलले थपे।

कार्यकारी अधिकार र बजेटका हिसाबले हाम्रा वडा सरकारहरुसँग कम भएपनि प्रत्यक्ष रुपमा तिनै तहका सरकारलाई नागरिकको चुल्होमा जोड्ने काममा निकै महत्वपूर्ण भएकाले नागरिकमा आशा जगाउने कामको नेतृत्व वडाले लिनुपर्नेमा उनले जोड दिए।

नागरिकलाई सेवा प्रवाह गर्ने र सुख, दुःखमा साथदिने दायित्वका हिसाबले भन्ने हो भने सबैभन्दा बढि जिम्मेवारी तपाईहरु (वडा सरकार) सँग छ। वडा अध्यक्षलाई जनताले आफनो अविभावकका रुपमा लिने गरेका छन्, त्यसैले पनि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कार्यकारी प्रतिनिधिका रुपमा काम गर्न वडा अध्यक्षहरुलाई महासचिव पोखरेलले निर्देशन दिए ।

गणतन्त्रले के दियो भनेर युवा पुस्तालाई हामीले बुझाउन नसकेको उल्लेख गरेका महासचिव पोखरेलले गणतन्त्रका सुन्दर पक्षलाई जनस्थतरमा बुझाउने कामको नेतृत्व सत्ता र पार्टीको वडा तहलाई लिन निर्देशन दिए ।

नेपालमा लामो समयको एकात्मक राज्य व्यवस्थालाई अन्त्य गर्दै संघीय लोकतान्त्रीक गणतन्त्रीक व्यवस्था स्थापना भएको ऐतिहाँसिक दिनको सम्झनामा आगामी जेठ १५ गते बाग्मतीका सबै वडामा नागरिक उत्सवका रुपमा मनाउन निर्देशन दिएका महासचिव पोखरेलले एमालेले काठमाडौंमा विषेश कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।

देशका विभिन्न समुदायमा प्रचलित ४ सय भन्दा बढि साँस्कृतीक झाँकीसहितको र्याली प्रर्दशन गर्दै विषेश उत्सवका रुपमा काठमाडौंमा गणतन्त्र दिशव मनाउने लागिएको उल्लेख गरेका पोखरेलले उक्त कार्यक्रममा सहभागि हुन सबैलाई सार्वजनिक अपिल समेत गरेको छ।

ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा आइतबारदेखि शुरु भएको वडाध्यक्षहरुको भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३ सय ५९ जना वडाध्यक्षहरु मध्ये ३ सय ५० जना वडा अध्यक्षहरु सहभागी भएको एमाले बाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १९:१३
##cpnuml #shankarpokhrel
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्