Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बर्दिवास-४ माईस्थानमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना
बर्दिवास-४ माईस्थानमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज २, २०७७

महोत्तरी । सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश-२ मा थप गण सञ्चालनमा ल्याएको छ। 

प्रदेश-२ का भारतसँग दक्षिणी सीमा जोडिएका ८ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास-४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो। 

सशस्त्र प्रहरी बल प्रदेश-२ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यले बाहिनी परिसरमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ कार्यालयको उद्घाटन गरेको हो। 

नयाँ रिजर्भ गण स्थापनासँगै प्रदेशका ८ वटै जिल्लामा सीमा सुरक्षाका लागि अतिरिक्त जनशक्ति विन्यास गर्न थालिएको गणले जनाएको छ। 

गणमा अन्य ठाउँबाट नयाँ पदस्थापन भई जनशक्ति आउने क्रम सँगसँगै आवश्यकताका आधारमा विन्यास पनि सँगसँगै गर्न थालिएको नवस्थापित नम्बर ३९ रिजर्भ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकीले सञ्चारकर्मीलाई जानकारी दिए । यस गणमा ६२१ जनशक्ति रहने व्यवस्था छ। 

सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनको काम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गत असार २९ गते ‘रिर्जभ गण’को स्थापना गर्ने निर्णय गरेअनुरुप नयाँ गण स्थापना भई सञ्चालनमा आएको हो। यो नवस्थापित गणले विपद् व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको निगरानी गर्ने जिम्मेवारी पाएको छ।
 
अहिले प्रदेश-२ का दुई स्थानमा सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा रिर्जभ गणको स्थापना गरिएको छ । बर्दिवासका साथै अर्को बाराको पिलुवामा यस्तै गण स्थापना गरिएको बाहिनीपति ब्रम्हचार्यले बताए । 

दुवै गण प्रदेशका ८ वटै जिल्लामा आवश्यकतानुसार परिचालित हुनेछन् । सामान्य रेखदेखको कुरामा पर्सा, बारा, रौतहट र सर्लाही जिल्ला पिलुवाले र महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला बर्दिवासले सम्बन्धित जिल्लास्थित गणको समन्वयमा काम गर्ने गरी बाहिनीले निर्देशन गरेको छ ।

सशस्त्र प्रहरीले प्रदेश-२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीमा सीमा सुरक्षा प्रबन्ध बढाउन यस अघि नै ७३ नयाँ सीमा सुरक्षापोष्ट थप्ने गृहकार्य थालिसकेको छ । 

यसक्रममा १२ वटा पहिलो चरणमा स्थापना भएर धमाधम सञ्चालन गरिने क्रममा छन् । त्यसैगरी दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ गरी प्रदेशभरि जम्मा १२३ सीमा सुरक्षापोष्ट पुर्याइने बाहिनीपति ब्रह्मचार्यले स्पष्ट पारे। 

पहिलो चरणमा परेका केही स्थानमा नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । यसअघि प्रदेशका ८ वटै जिल्लामा गरी ५० वटा सशस्त्र प्रहरी सीमा सुरक्षापोष्ट सञ्चालनमा थिए । 

सशस्त्र प्रहरी बलले रिर्जभ गण सञ्चालन गरेर सीमा सुरक्षापोष्ट र थप जनशक्ति बढाएसँगै सीमा क्षेत्रमा आपराधिक क्रियाकलापमा कमी आउने सीमाक्षेत्रका सर्वसाधारणले आस सँगालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्