Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • गुर्जो रोपण अभियानमा गोकर्णका महिलाको सक्रियता
गुर्जो रोपण अभियानमा गोकर्णका महिलाको सक्रियता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज ४, २०७७

काठमाडौ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोप्न महिलाहरु सक्रिय भएका छन्। 

संविधान दिवसको अवसर पारेर गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाको समूहले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जो रोपेको हो। 

सञ्जालको ११ औँ साधारणसभाको समेत अवसर पारेर आयोजना गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले करिब १ सय वटा गुर्जोका बिरुवा उपलब्ध गराएको हो। 

सिरहा जिल्लाको लहानको सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रूपमा वितरण शुरु गरेका राजलवटले वाग्मती किनारलाई गुर्जो रोपण केन्द्र बनाएर एक हप्ता अघिदेखि नै निःशुल्क वितरण गरिरहेको छ । 

गत हप्ता राजलवटले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीस्थित कार्यालयमा पनि बिरुवा उपलब्ध गराएको थियो। वाग्मती किनारका अन्य स्थानमा समेत राजलवटले गुर्जो वितरण गरेको थियो ।

सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियान जारी छ। घरघरमा गुर्जोको बिरुवा पुर्याउने अभियानमा लाग्नुभएका राजलवट आफूले ११ वर्षदेखि नियमित रूपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउँउछन्। गुर्जोको नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको राजलवटले जानकारी दिए ।  

मधुमेह रोगबाट पीडित भएकाले नियमितरूपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानुनपर्ने आफैँले अनुभव गरेपछि सामूहिक रूपमा बिरुवा वितरण अभियानमा लागेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी बताउँछन्। 

गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नुका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउन गुर्जो उपयोगी रहेको उनले बताए ।  

विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ। 

गोकर्णमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरसभा सदस्य जयराम महतले पनि आफूले ६ महिनादेखि गुर्जोको उपयोग गर्दा ग्यास्ट्रिक ठिक भएको अनुभव सुनाए । 

रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताउँछन् । 

गर्भवती महिलाले भने गुर्जोका प्रयोग गर्नुहुँदैन । पाँच वर्षमुनिका बालबालिकालाई पनि यसको सेवन नगराउनु राम्रो हुन्छ। डाँठ, पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रूपमा उपयोग गर्न सकिन्छ ।

आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधीको काम गर्छ भनेझैँ गुर्जोले नेपालीको स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ता गरेका छन्।

 

हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका विरुवा वितरण गरेको छ । राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उनले जानकारी दिए। नगरपालिकामार्फत् राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ।

कार्यक्रममा नगरपालिकाकका उपप्रमुख शान्ति नेपालले बहुउपयोगी वनस्पति गुर्जो रोपण अभियानमा सहयोग गरिने प्रतिबद्धता जनाए । महिला सञ्जालको संस्थापक अध्यक्ष समेत रहेकी उनले महिला समूहमार्फत् घरघरमा गुर्जो रोप्ने अभियान चलाइने बताए। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव समेत रहेका किशोर जोशीले गुर्जो रोप्न चाहने सबैलाई निःशुल्क वितरण गर्ने अभियानमा आफूहरु सक्रिय रहेको जानकारी दिए । महिला सञ्जालका कार्यवाहक अध्यक्ष लक्ष्मी गिरी लगायतको समूह गुर्जो रोपण अभियानमा सक्रिय छ।
 

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप समाज
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु शुक्रबार, साउन १५, २०८३
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना आइतबार, साउन १०, २०८३
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित आइतबार, साउन १०, २०८३
माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा शनिबार, साउन ९, २०८३
मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा शनिबार, साउन ९, २०८३
असनको गल्लीदेखि अमेरिकासम्म: साहित्य र कला सिर्जनाको अविरल यात्रामा हृदय तुलाधर
असनको गल्लीदेखि अमेरिकासम्म: साहित्य र कला सिर्जनाको अविरल यात्रामा हृदय तुलाधर शनिबार, साउन ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ “राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्