Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असोज १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असोज १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • छठपर्वको रौनकतामा मिथिला
छठपर्वको रौनकतामा मिथिला
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक २१, २०७८

महोत्तरी । मिथिलामा  सूर्य उपासनाको पर्व छठ शुरु गरिँदैछ । व्रतालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन्।

सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व शुरु हुन्छ।  व्रतालुले पर्व शुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यवस्तु खान छाड्छन् । यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ।

आज (कार्तिक शुक्ल त्रितीया)बाट ‘अरबा–अरबाइन’ गरेका व्रतालुले भोलि अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन्। 

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ। 

यो अघ्र्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ। बिहानको यो अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ। 

सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु, शिव, सूर्य र कालि) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदो सूर्यलाई अग्र (पहिलो) अघ्र्य दिइन्छ।

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिइएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल बर्तालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन्।

उपासकको इच्छित माग पूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुुुख र रोगव्याधि नलाग्ने हिन्दू–मैथिल जनविश्वास छ। यस पर्वमा सूर्यसँगै माताका रूपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको यहाँस्थित मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका सहप्राध्यापक ध्रुव रायले जानकारी दिए।  

खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वानको भनाइ छ। 

उनले मुख्यतः सूर्यकै उपासना व्रतको अभिष्ठ भए पनि ‘षष्ठी’ (छठी)को पुकारा गर्दा सूर्य चाँडै प्रशन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसङ्ग गाभिएकोे बताए।  

एक फरक प्रसङ्गमा दैत्यराज त्रिपुरासरले दुःख दिएर आहत भएका देवताले शिव-पार्वतीसँग उसलाई मार्न सक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान् शिवको विर्यपात भएको र सो विर्य  समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कार्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहारसम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रूपमा समेत यस पर्वमा छठी माईको महत्ता गाइने गरिएको छ। 

पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको वध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता पूर्वप्रशासक जलेश्वर–४ का  कृष्णचन्द्र झा बताए। 

यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चामा रहने गरेको छ। बर्दिबास-२ का मैथिल परम्पराका ज्ञाता पण्डित महेशकुमार झालेअघि द्वापर युगमा भगवान् श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा शूरु भएको विश्वास गरिँदै आइएको जानकारी दिए। 

पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ।

पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ।

केही बर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब सबै हिन्दू र भाकलका रूपमा अघ्र्य दिन हिन्दूलाई लगाएर इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठपर्व मिथिलाको साझा पर्व बनेको छ। 

मुलुकको धेरैजसो ठाउँमा मनाइने यो पर्व अब राष्ट्रिय पर्व बनेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्