Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लालपुर्जा पाएको दिनलाई पर्वकै रुपमा मनाइने बर्दिबासका भूमिहीनको धोको
लालपुर्जा पाएको दिनलाई पर्वकै रुपमा मनाइने बर्दिबासका भूमिहीनको धोको
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, माघ ९, २०७८

महोत्तरी । वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ। 

नगर क्षेत्रका १ हजार ८ सयभन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्रिया अघि बढेपछि अहिले उनीहरु खुशी हुन थालेका हुन्। 

यसअघि पूर्ववर्ती सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर अघि बढाएको कामलाई वर्तमान सरकारले स्वामित्व लिएपछि यो वातावरण बनेको बर्दिबास नगर कार्यपालिकाले जनाएको छ।

“यसअघिको सरकारले गठन गरेको आयोग वर्तमान सरकारले खारेज गरे पनि त्यसबेला भएका कामको स्वामित्व लिएपछि अब लालपुर्जा वितरण गर्ने गरी काम बढेको छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले भने, “अब नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै आफ्नो घरजग्गाको लालपुर्जा पाउनेछन्।” 

यसअघि लगत सङ्कलन र जग्गा नापको काम सम्पन्न भएको र अहिले लालपुर्जा र नक्सा बन्ने काम अघि बढेको हुँदा अब चाँडै वितरण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुलीको भनाइ छ।

“विसं २०७७ मङ्सिर २४ गते भूमिसम्बन्धी समस्या समाधान आयोग ताहचाल काठमाडौँ र बर्दिबास नगर कार्यपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएलगत्तै काम अघि बढेको थियो”, उनी भन्छन्, “यसलगत्तै हामीले भूमिसम्बन्धी स्थितिको आधारभूत अध्ययन गरेर सम्बन्धित प्लटप्लटमै पुगेर जग्गा नापजाँच गर्याै, ती कामलाई अहिलेको सरकारले स्वामित्व ग्रहण गरिदियो, अब काम बढ्यो।”  चाँडै लालपुर्जा वितरण गरिने गरी काम अघि बढेको कार्यकारी अधिकृत पराजुलीको भनाइ छ।

अहिले लालपुर्जा वितरण गरिने गरी काम बढेको सुनेपछि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमामा नयाँ आशाको सञ्चार भएको छ। “हामी त गत असारमा सरकार फेरिएपछि अब लालपुर्जा पाउने काम फेरि अड्कियो भनेर निराश भएका थियौँ”, बर्दिबास–३ गौरीडाँडामा वर्षौँदेखि घर बनाएर बसेकी अव्यवस्थित बसोबासी गीता खतिवडाले भने, “तर अहिलेको सरकारले पनि पहिले भएका कामलाई निरन्तरता दिएछ, हाम्रो नगर नेतृत्वले समन्वय गरेछ, अब लालपुर्जा पाइन्छ भन्ने सुनियो।” लालपुर्जा पाएर अब घर भएको जग्गा मेरै नाममा छ भन्ने दिन नजिक आएको कुराले खुलदुली झन् बढाएको खतिवडा बताउँछन्। 

नगरपालिकाले नवगठित भूमि आयोग (केन्द्रीय)सँग भर्खरै गत पुस २४ गते फेरि सम्झौता गरेर पूर्वसरकारको पालामा भएका काम अघि बढाउन आवश्यक कार्यविधि स्वीकृत गराएपछि बल्ल लालपुर्जा वितरणको चरणमा  प्रवेश गरेको हो। “अब चाँडै लालपुर्जा वितरण गरिन्छ”, बर्दिबास नगरप्रमुख विदुरकुमार कार्कीले भने।

यसअघि पूर्ववर्ती सरकारले जिल्लामा राजेन्द्र साह नेतृत्वमा जिल्लास्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएर काम अघि बढाएको थियो। तत्कालीन समयमा भएका कामलाई वर्तमान भूमि आयोगले स्वामित्व ग्रहण गरेर निरन्तरता दिएपछि चाँडै लालपुर्जा वितरणको चरणमा प्रवेश गर्न सकेको हो।

“हामीले आधारभूत काम सकेका थियौँ, लगत सङ्कलनदेखि जग्गा नापजाँचको काम सम्पन्न भएको थियो”, तत्कालीन भूमि आयोगका अध्यक्ष साहले भने, “सरकार फेरिएर आयोग खारेज भएसँगै गरेको काम के होला भन्ने अन्योल थियो, तर खुशीको कुरा वर्तमान सरकारले ती कामलाई अघि बढाएछ।” अब बर्दिबास नगरभित्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै जग्गाधनी प्रमाणपुर्जा पाउने कुराले खुशी र उत्साही बनाएको साहको भनाइ छ।

आफ्नै घर भएको जग्गा पनि आफ्नो भन्न नपाएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी कौतूहलतापूर्वक लालपुर्जा पाउने दिनको प्रतिक्षामा छन्। “लालपुर्जा पाएको दिन कस्तो होला भन्ने छ ?” बर्दिबास–२ का भूमिहीन श्याम घले भन्छन्, “हामी गरिबलाई त त्यो खास पर्वकै दिन हुनेछ।” लालपुर्जा पाएपछि त्यो आफ्नो सम्पत्ति हुने र यसका आधारमा स–साना व्यवसाय गर्न ऋण कर्जा पाइने भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको भनाइ छ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०८:५३
##Bardibas
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्