Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लालपुर्जा पाएको दिनलाई पर्वकै रुपमा मनाइने बर्दिबासका भूमिहीनको धोको
लालपुर्जा पाएको दिनलाई पर्वकै रुपमा मनाइने बर्दिबासका भूमिहीनको धोको
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, माघ ९, २०७८

महोत्तरी । वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ। 

नगर क्षेत्रका १ हजार ८ सयभन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्रिया अघि बढेपछि अहिले उनीहरु खुशी हुन थालेका हुन्। 

यसअघि पूर्ववर्ती सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर अघि बढाएको कामलाई वर्तमान सरकारले स्वामित्व लिएपछि यो वातावरण बनेको बर्दिबास नगर कार्यपालिकाले जनाएको छ।

“यसअघिको सरकारले गठन गरेको आयोग वर्तमान सरकारले खारेज गरे पनि त्यसबेला भएका कामको स्वामित्व लिएपछि अब लालपुर्जा वितरण गर्ने गरी काम बढेको छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले भने, “अब नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै आफ्नो घरजग्गाको लालपुर्जा पाउनेछन्।” 

Nepal Oil Corporation

यसअघि लगत सङ्कलन र जग्गा नापको काम सम्पन्न भएको र अहिले लालपुर्जा र नक्सा बन्ने काम अघि बढेको हुँदा अब चाँडै वितरण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुलीको भनाइ छ।

“विसं २०७७ मङ्सिर २४ गते भूमिसम्बन्धी समस्या समाधान आयोग ताहचाल काठमाडौँ र बर्दिबास नगर कार्यपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएलगत्तै काम अघि बढेको थियो”, उनी भन्छन्, “यसलगत्तै हामीले भूमिसम्बन्धी स्थितिको आधारभूत अध्ययन गरेर सम्बन्धित प्लटप्लटमै पुगेर जग्गा नापजाँच गर्याै, ती कामलाई अहिलेको सरकारले स्वामित्व ग्रहण गरिदियो, अब काम बढ्यो।”  चाँडै लालपुर्जा वितरण गरिने गरी काम अघि बढेको कार्यकारी अधिकृत पराजुलीको भनाइ छ।

अहिले लालपुर्जा वितरण गरिने गरी काम बढेको सुनेपछि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमामा नयाँ आशाको सञ्चार भएको छ। “हामी त गत असारमा सरकार फेरिएपछि अब लालपुर्जा पाउने काम फेरि अड्कियो भनेर निराश भएका थियौँ”, बर्दिबास–३ गौरीडाँडामा वर्षौँदेखि घर बनाएर बसेकी अव्यवस्थित बसोबासी गीता खतिवडाले भने, “तर अहिलेको सरकारले पनि पहिले भएका कामलाई निरन्तरता दिएछ, हाम्रो नगर नेतृत्वले समन्वय गरेछ, अब लालपुर्जा पाइन्छ भन्ने सुनियो।” लालपुर्जा पाएर अब घर भएको जग्गा मेरै नाममा छ भन्ने दिन नजिक आएको कुराले खुलदुली झन् बढाएको खतिवडा बताउँछन्। 

नगरपालिकाले नवगठित भूमि आयोग (केन्द्रीय)सँग भर्खरै गत पुस २४ गते फेरि सम्झौता गरेर पूर्वसरकारको पालामा भएका काम अघि बढाउन आवश्यक कार्यविधि स्वीकृत गराएपछि बल्ल लालपुर्जा वितरणको चरणमा  प्रवेश गरेको हो। “अब चाँडै लालपुर्जा वितरण गरिन्छ”, बर्दिबास नगरप्रमुख विदुरकुमार कार्कीले भने।

यसअघि पूर्ववर्ती सरकारले जिल्लामा राजेन्द्र साह नेतृत्वमा जिल्लास्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएर काम अघि बढाएको थियो। तत्कालीन समयमा भएका कामलाई वर्तमान भूमि आयोगले स्वामित्व ग्रहण गरेर निरन्तरता दिएपछि चाँडै लालपुर्जा वितरणको चरणमा प्रवेश गर्न सकेको हो।

“हामीले आधारभूत काम सकेका थियौँ, लगत सङ्कलनदेखि जग्गा नापजाँचको काम सम्पन्न भएको थियो”, तत्कालीन भूमि आयोगका अध्यक्ष साहले भने, “सरकार फेरिएर आयोग खारेज भएसँगै गरेको काम के होला भन्ने अन्योल थियो, तर खुशीको कुरा वर्तमान सरकारले ती कामलाई अघि बढाएछ।” अब बर्दिबास नगरभित्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै जग्गाधनी प्रमाणपुर्जा पाउने कुराले खुशी र उत्साही बनाएको साहको भनाइ छ।

आफ्नै घर भएको जग्गा पनि आफ्नो भन्न नपाएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी कौतूहलतापूर्वक लालपुर्जा पाउने दिनको प्रतिक्षामा छन्। “लालपुर्जा पाएको दिन कस्तो होला भन्ने छ ?” बर्दिबास–२ का भूमिहीन श्याम घले भन्छन्, “हामी गरिबलाई त त्यो खास पर्वकै दिन हुनेछ।” लालपुर्जा पाएपछि त्यो आफ्नो सम्पत्ति हुने र यसका आधारमा स–साना व्यवसाय गर्न ऋण कर्जा पाइने भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको भनाइ छ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०८:५३
##Bardibas
प्रतिक्रिया दिनुहोस्
थप समाज
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु शुक्रबार, असार २७, २०८२
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु बिहीबार, असार २६, २०८२
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु बिहीबार, असार २६, २०८२
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती बिहीबार, असार २६, २०८२
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान बिहीबार, असार २६, २०८२
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता बुधबार, असार २५, २०८२
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति बुधबार, असार २५, २०८२
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान बुधबार, असार २५, २०८२
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ?
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ? बुधबार, असार २५, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्