काठमाडौं । नायिका जोस्ना फुयालले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। फुयालले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेकी हुन् ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारको पीडामा साथ दिन तथा राहत तथा पुनःस्थापनाको अभियानमा सहयोग पुर्याउने उद्देश्यले उनले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेकी हुन् ।
बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा राज्यसँगै विभिन्न क्षेत्रका व्यक्ति, कलाकार, संघसंस्था तथा सामाजिक अभियन्ताहरूले राहत तथा उद्धारका लागि सहयोग गर्दै आएका छन् ।
कलाकारिता क्षेत्रबाट पीडित नागरिकको सहयोगका लागि गरिएको नायिका जाेश्ना फुयालको यो योगदानले विपदमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको महत्वलाई थप उजागर गरेको छ ।
फुयालले विपद्को कठिन समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफूले सकेको सहयोग गरेको बताएकी छन्।
नामी साप्ताहिक
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ ०९:१०