Top Navigation
Main Navigation
बुधबार, पुस ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, पुस ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सहिदको सम्झनामा सहिद सप्ताह
सहिदको सम्झनामा सहिद सप्ताह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ १०, २०७८

काठमाडौ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह शुरु भएको छ।  

सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ। काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेको हो। 

शुक्रराजको जन्म विसं १९५० मा बनारसमा भएको हो। भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा सुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेको थियो।

त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसक्नु भएको थियो।

त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो। यति हुँदाहुँदै पनि शास्त्रीले विसं १९९४ मा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेको थियो।

धार्मिक गतिविधिबाट जहानियाँ शासन विरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा विसं १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेको थियो। 

राणाको विरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो। विसं १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो। 

यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरिबोटमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो। 

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरिसकेको छ। 

यस वर्ष सहिद सप्ताहका अन्य कार्यक्रम माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइने कार्यक्रम रहेको छ।  

कोरोना महामारीकाकारण यसपटक मन्तव्य कार्यक्रम भने राखिएन। सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो। 
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाज
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्? मंगलबार, पुस ८, २०८२
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ सोमबार, पुस ७, २०८२
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
  • नंः ५ आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्