काठमाडौ । नेपाल पर्वतारोहण सङ्घले २ सयजना कुष्ठरोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ। 
जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो। 
नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको जानकारी दिए। 
दक्षिणकाली नगरपालिका–२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण सङ्घका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामालगायत  सङ्घका पदाधिकारीहरुले कपडा र स्वास्थ्य सामग्री वितरण गरेको थियो। 
सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रितले खुशी व्यक्त गरेको थियो।  फाउण्डेशन र सङ्घले कुष्ठ प्रभावितलाई निरन्तर सहयोग गरेकामा बिरामी उमाप्रसाद तिवारीले धन्यवाद दिएका थिए। 
सङ्घका अध्यक्ष लामाले ‘द निप्पोन फाउण्डेशनको सहयोगले जाडो मौसममा केही सहयोग पु¥याउने ध्येयले कुष्ठ प्रभावितलाई सामग्री वितरण गरेको जानकारी दिएका थिए। 
  
जुममार्फत कार्यक्रममा सहभागी भएका फाउण्डेशनका वरिष्ठ निर्देशक सेको मासातोले पनि सहयोग महत्वपूर्ण हुने बताएका थिए। 
                        
                     
                    
                    
                    
                        
                            प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १३:३१