Top Navigation
Main Navigation
बिहीबार, भदौ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने सङ्केत, मासिक साढे १० अर्ब घाटा प्रक्षेपण
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने सङ्केत, मासिक साढे १० अर्ब घाटा प्रक्षेपण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, चैत २, २०७८

काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २ हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ। निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट ५ अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ। 

Nepal Oil Corporation

सो अवधिमा पेट्रोलको बिक्रीबाट १ अर्ब ७ करोड ९८ लाख, डिजेलको बिक्रीबाट ३ अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट १ अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। 

निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ। १५ दिनमा मट्टितेलको बिक्रीबाट १ करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट १ करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय) बाट १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ। 

मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन।आइओसीबाट प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ। 

मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा ४ रुपैयाँ छ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ। 

१५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार (१० किलोलिटर, मट्टितेल ७७) किलोलिटर, हवाई इन्धन (आन्तरिक) २ हजार ७७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) ४ हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आँकलन छ। 

काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको प्रतिलिटर १३३, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १३६, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिलिटर अमेरिकी डलर १।२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रहेको छ। 

सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा २ रुपैयाँ ८ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ३० पैसा कर उठाउँदै आएको छ। 

भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ।

त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ। 
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १६:४०
##NepalOilCorporation
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्