Top Navigation
  • Contact
Main Navigation
आइतबार, कात्तिक १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, कात्तिक १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, भदौ १९, २०८३

काठमाडौं । प्राकृतिक विपत्ति केवल सडक र संरचनामा आउने संकट होइन, यसले राज्यको चरित्र पनि परीक्षण गर्छ । नागरिक संकटमा पर्दा सरकार उनीहरूको पक्षमा उभिन्छ कि बजारको ? अहिले ग्यास मूल्यवृद्धिको घटनाले यही प्रश्न उठाएको छ ।

काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र लामो लाइन चलिरहेकै बेला उद्योगीहरूले प्रतिसिलिन्डर एक सय पाँच रुपैयाँभन्दा बढी मूल्य बढाएका छन् । सडक अवरोधका कारण वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढेको उनीहरूको तर्क छ । तर, प्रश्न लागत बढेको होइन–त्यो लागत कसले र कसरी व्यहोर्ने भन्ने हो ।

अझ गम्भीर पक्ष, उद्योगीले मूल्य बढाउनुअघि नै नेपाल आयल निगमले त्यसको बाटो खुला गरिदिएको देखिन्छ । निगमले ५० किलोमिटरभन्दा टाढा ढुवानी हुने ग्यासको मूल्य लागतअनुसार समायोजन गर्न सकिने व्यवस्था उल्लेख गरेको थियो । त्यसपछि निगमका प्रतिनिधिसमेत सहभागी बैठकले ढुवानी भाडादर तय गर्‍यो र उद्योगीले मूल्य बढाए । त्यसैले यो उद्योगीको एकपक्षीय निर्णय मात्र होइन भन्ने प्रश्न उठेको छ ।

विगतमा पेट्रोलियम पदार्थ र ग्यासको मूल्य निर्धारण गर्ने जिम्मेवारी निगमको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य, खरिद लागत र ढुवानी खर्चका आधारमा निगमले देशभर लागू हुने मूल्य तोक्थ्यो । तर, अहिले संकटको मौका पारेर मूल्य निर्धारणको जिम्मेवारी उद्योगीको हातमा पुग्न थालेको संकेत देखिएको छ ।

यो केवल एक सय पाँच रुपैयाँको प्रश्न होइन । यो राज्यको नियामक भूमिकामाथिको प्रश्न हो । सडक अवरुद्ध हुनु प्राकृतिक विपत्ति हो । तर, त्यसबाट बढेको ढुवानी लागत तत्काल उपभोक्ताको भान्सामा सार्नु राजनीतिक निर्णय हो । सरकारले चाहेको भए वैकल्पिक ढुवानीमा सहुलियत दिन सक्थ्यो, उद्योगीलाई अस्थायी राहत दिन सक्थ्यो वा मूल्य वृद्धि रोक्न सक्थ्यो । तर, सबैभन्दा सजिलो विकल्प रोजियो–नागरिकलाई थप पैसा तिराउने । 

यहीँ सरकारको राजनीतिक अर्थशास्त्र देखिन्छ । नाफा निजी क्षेत्रको, तर संकटको भार जनताको । उद्योगीहरू भन्छन्–ग्यास नै नपाउनु भन्दा महँगोमा पाउनु राम्रो । यो तर्क खतरनाक छ । अभाव सिर्जना भएपछि उपभोक्ताको विकल्प समाप्त हुन्छ र त्यही विकल्पहीनतालाई मूल्य बढाउने आधार बनाइन्छ । बजारको यही मनोविज्ञानलाई नियन्त्रण गर्न राज्य चाहिन्छ । तर, यहाँ नियामक निकाय स्वयं मूल्य समायोजनको बाटो खोल्न व्यस्त देखिएको छ ।

आपूर्तिमन्त्री भने ग्यासको अभाव नभएको बताउँछिन् । भारतबाट पर्याप्त ग्यास आइरहेको छ, समस्या काठमाडौंसम्म ल्याउने मात्र हो । यदि समस्या ग्यासको उपलब्धताको होइन, ढुवानी व्यवस्थापनको हो भने व्यवस्थापनको असफलताको मूल्य उपभोक्ताले किन तिर्ने ? 

विपत्तिमा सरकारले नागरिकलाई ‘एकजुट हुनुपर्छ’ भनिरहेको छ । तर, एकजुटताको अर्थ नागरिकले मात्र महँगो मूल्य तिर्नु र उद्योगीले लागतको नाममा मूल्य बढाउनु हो भने त्यो एकजुटता होइन, असमान भार बाँडफाँट हो । 

आज ग्यासको मूल्य अस्थायी रूपमा बढाइएको भनिएको छ । सडक खुलेपछि पुरानै मूल्यमा फर्काइने आश्वासन पनि छ । तर, नेपालमा बढेको मूल्य घट्ने सुनिश्चितता कति बलियो हुन्छ भन्ने प्रश्न नयाँ होइन । यस घटनाले एउटा खतरनाक नजिर स्थापित गर्न सक्छ–भोलि सडक अवरुद्ध भयो भने मूल्य बढ्ने, आपूर्ति संकट आयो भने उद्योगीले लागतको नाममा उपभोक्तालाई थप भार थोपर्ने र नियामक निकाय मौन बस्ने । विपत्ति प्राकृतिक हुन सक्छ, तर त्यसको व्यवस्थापन राजनीतिक हुन्छ । 

ग्यासको मूल्यवृद्धिले फेरि देखाएको छ–नेपालमा संकट पर्दा बजार स्वतन्त्र हुँदैन, तर नागरिक भने असुरक्षित हुन्छन् । नियामक निकाय उद्योगीका लागि लचकदार बन्छन् र सरकार ‘स्थिति सहज हुँदैछ’ भन्ने वक्तव्यमा सीमित हुन्छ ।  अन्ततः प्रश्न ग्यासको एक सय पाँच रुपैयाँको होइन । प्रश्न यो हो–विपत्तिमा राज्य नागरिकको अभिभावक हो कि बजारको सहजकर्ता ? 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०७:१४
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान शुक्रबार, असोज ३०, २०८३
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान बिहीबार, असोज २९, २०८३
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता बुधबार, असोज २८, २०८३
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी शनिबार, असोज २४, २०८३
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट शुक्रबार, असोज २३, २०८३
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा शुक्रबार, असोज २३, २०८३
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् ।
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् । बिहीबार, असोज २२, २०८३
पासपोर्टमा सरकारको लापरबाही किन ?
पासपोर्टमा सरकारको लापरबाही किन ? शुक्रबार, असोज १६, २०८३
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी 
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी  बिहीबार, असोज १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः २ 'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
  • नंः ३ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ४ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः ५ नामी साप्ताहिक
विचार
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्