Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न सताक्षीधाम साहित्यिक संगम 
शारदा बजगाईँ
शारदा बजगाईँ शनिबार, असोज ३, २०८३

झापा । सताक्षीधाम साहित्य संगम को आयोजनामा १६१औँ मोती जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। आयोजित कार्यक्रममा साहित्यकार, गजलकार तथा स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसिद्ध गजलकार विवस बलिभद्र कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा साहित्यकार बिन्दू दाहाल मुकदर्शक, भीम दाहाल, हरि पराजुली, अभागी थेगुवा लगायत साहित्यप्रेमी तथा विभिन्न स्रष्टा तथा गजलकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली साहित्य, विशेषतः गजल, साहित्यिक समालोचना तथा सिर्जनाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका साहित्यकार मोतीराम भट्टको साहित्यिक योगदानलाई स्मरण तथा सम्मानका साथ चर्चा गरिएको थियो ।

उनले नेपाली साहित्य विकासमा पुर्‍याएको योगदान, गजल विधाप्रतिको लगाव तथा साहित्यिक चिन्तन र समालोचनात्मक क्षेत्रमा पुर्‍याएको योगदानलाई सहभागीहरूले स्मरण गरेका थिए ।

मोती जयन्तीका अवसरमा आदिकवि भानुभक्त आचार्यलाई चिनाउन गरिएको प्रयास तथा गजल परम्पराका अग्रणी व्यक्तित्व मोतीराम भट्टको साहित्यिक योगदानलाई समेत स्मरण गर्दै नेपाली गजलको विकासक्रम, वर्तमान अवस्था र साहित्यिक सिर्जनाका विविध पक्षमाथि चर्चा गरिएको थियो।

मोतीराम भट्टले नेपाली साहित्यमा गजल विधाको विकास र विस्तारमा पुर्‍याएको योगदान नेपाली साहित्यको इतिहासमा विशिष्ट रहेको वक्ताहरूले बताएका थिए ।

कार्यक्रममा ४० भन्दा बढी कवि कवयित्रीहरूको सहभागिता रहेको थियो । हरि पराजुली, अश्विन धिताल, नारदमणि न्यौपाने, अनिल आचार्य, सन्तोष लावती, शारदा बजगाई, लोकमणि गौतम, श्रीप्रसाद खरेल, यादवप्रसाद घिमिरे, नारायण भट्टराई, वीरेन्द्र बस्नेत, क्षितिज मैनाली, तनुजा खतिवडा लगायतले गजल तथा कविता प्रस्तुत गरेको थियो ।

कार्यक्रमको सञ्चालन यादव घिमिरेले गरेको थियो । कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका उपाध्यक्ष तथा कोषाध्यक्ष पदमप्रसाद दाहाल र लोकमणि गौतमले सदस्यहरूको समन्वय तथा सहजीकरण गरेको थियो ।

सताक्षीधाम साहित्य संगमका पदाधिकारी, सदस्य, उपस्थित स्रष्टा तथा गजलकारहरूको सक्रिय सहभागितामा उत्कृष्ट गजल वाचन गर्दै सम्पन्न कार्यक्रमले साहित्यिक सिर्जना, गजल लेखन, समालोचना र स्रष्टाहरूबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ ।

कार्यक्रमले नेपाली साहित्यका अग्रज स्रष्टाहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउँदै साहित्यिक गतिविधिलाई निरन्तरता दिनुपर्ने सन्देशसमेत दिएको छ ।

नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  ०९:१७
#motijayanti
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ? आइतबार, जेठ २४, २०८३
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव सोमबार, जेठ ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्