Top Navigation
Main Navigation
आइतबार, वैशाख ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महानगरका नीति, योजना र निर्णयमा कुनै विवाद छैन : प्रमुख शाक्य
महानगरका नीति, योजना र निर्णयमा कुनै विवाद छैन : प्रमुख शाक्य
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, चैत ४, २०७८

काठमाडौ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद नरहेको जानकारी गराएको छ।

महानगरका क्षेत्रगत काममध्ये मूर्तअमूर्त सम्पदा जोगाउन, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न लिइएका नीति, बनाइएका योजना र त्यसको कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा जानकारी गराउँदै प्रमुख शाक्यले यस्तो बताएको हो। 

उजले केही पुराना योजनालाई लिएर मात्रै आलोचना गरिएको पनि बताए। जनप्रतिनिधिका रूपमा पदवहाली भएपछि काठमाडौँ महानगरले सम्पदा पुनर्निर्माण, संरक्षण र प्रवद्र्धनका लागि गरेका कामका विषयमा जानकारी गराएको  हो। 

“संस्थागत निर्णयमा गर्दा पदाधिकारीबीच छलफल र परामर्श हुन्छ, महानगरका निर्णय गर्ने, योजना बनाउने पद्धति छ, जिम्मेवारी छ, त्यसैअनुरूप भएका कुनै पनि योजनामा विवाद छैन, हामीले सम्पदा संरक्षण र प्रवद्र्धनका काम गर्दा प्राचीन स्मारक ऐन, २०१३ को कानूनी व्यवस्थालाई नाघेका छैनौँ”, प्रमुख शाख्यले भने। 

प्रमुख शाक्यका अनुसार भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइस्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १५० भन्दा बढी सम्पदाको पुनःनिर्माण गरिसकिएको छ।

ती भौतिक सम्पदासँग सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधि सम्बन्धित रहेका र त्यसलाई चालचलन चलाउन आवश्यक पर्ने परम्परागत जात्रा पर्व सञ्चालन गर्ने, यसका लागि आवश्यक पर्ने बाजागाजा, नाच, वेशभूषा, खाना तथा चलनलाई लोप हुन नदिनका लागि विशेष ध्यान दिइएको उनले बताए।  

प्रमुख शाक्यले भने, “महानगरले सम्पदा क्षेत्रमा वार्षिक एक अर्बभन्दा बढी रकम विनियोजन गर्ने गरेको छ, ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ को नारालाई सार्थक बनाउन कला, भाषा, साहित्य, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन, निर्माण एवं पुनः निर्माणको कामलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेका छौँ।” 

महानगरपालिकाले महानगरभित्र मात्र नभई उपत्यकाभित्रका अन्य नगरपालिका र भगिनी सम्बन्ध भएका विभिन्न नगरका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा सहकार्य र साझेदारी गर्दै यथासम्भव सहयोग गर्दै आइरहेको उनले जानकारी दिए। 

उनका अनुसार लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकासलगायतका काम भएको छ।

प्रमुख शाक्य निर्वाचित हुनुअघि नै कार्यान्वयनमा आएका योजनालाई लिएर आलोचना गर्ने काम भएको पनि जानकारी दिए। 

रानीपोखरी पुनःनिर्माणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रमुख शाक्यले यहाँको पुनःनिर्माणको काम आफू प्रमुख भएर आउनुअघि नै सुरु भएको उल्लेख गर्दै क्रमागत रूपमा चलेका योजनालाई निरन्तरता मात्र दिएका उनले स्पष्ट पारे।  

“रानीपोखरीसँगै सञ्चालनमा रहेका सबै योजनाका विषयमा सरोकारवालासँग छलफल गर्न खुल्ला थियौँ, जसले हाम्रो आलोचना गरे, उनीहरुले कहिल्यै पनि वास्तविकताका विषयमा सोधेनन्, केवल बाहिर कुरा मात्र गरिरहे”, उनले दुखेसो पोखे। 

नेपालको संविधानले मुलुकको मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदा, भाषा आदिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय मूर्त एवं अमूर्त कला, संस्कृति, सम्पदा, भाषा, लिपि, सङ्गीतको संरक्षण एवं सम्वद्र्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्राप्त छ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  २२:४३
##bidyaSundarShakya
प्रतिक्रिया दिनुहोस्
थप समाज
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः २ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः ३ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ४ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ५ बोल्नै नपर्ने खाजा घर
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्