Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना उद्घाटन
आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना उद्घाटन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, चैत ७, २०७८
Api Himal

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका-३ मौवास्थित ‘आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना’ को उद्घाटन गरेको छ । 

प्रधानमन्त्री देउवाले इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानीको धारा खोलेर सो आयोजनाको उद्घाटन गरेको हो।

उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाबाट तुम्बेवा गाउँपालिका-१, २ र ३ का एक हजार ६०० घरधुरी लाभान्वित हुने बताइएको छ।

प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकलाई खानेपानी उपलब्ध गराउने संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिमा यस आयोजनाले सहयोग पुर्याउने बताए। 

Nepal Oil Corporation

“स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पु¥याउनु सरकारको दायित्व हो”, उनले भने, “सहरी र गाउँमा स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था अझैसम्म सुनिश्चित हुन सकिएको छैन्। खानेपानीकै लागि धेरै समय खर्चनुपर्ने बाध्यता अझै कायमै छ। यस्तो अवस्थाको अन्त्यका लागि स्थानीयस्तरका मुहानमा आधारित साना तथा मझौला आयोजना निर्माणमा जोड दिनुपर्छ।” 

प्रधानमन्त्री देउवाले चालु १५औँ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण भएको क्षतिको क्षतिपूर्ति, पुनःनिर्माण तथा विशेष महत्वका आयोजनाको निरन्तरतामा वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

खानेपानीमन्त्री उमाकान्त चौधरीले पहाडी क्षेत्रमा खानेपानीको मुहान संरक्षणको योजना अगाडि बढाइएको उल्लेख गर्दै लिफ्टिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत् महसुल छुटको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए।  

विसं २०७४ असारबाट सुरु गरिएको सो आयोजना ४५ करोड २० लाख ९ हजार ४०६ को लागतमा सम्पन्न भएको हो। आयोजनाबाट ८ हजारभन्दा बढी स्थानीयवासी लाभान्वित हुने आयोजनाले जनाएको छ। 

तमोर नदीको लखुवाघाटबाट विभिन्न स्थानमा रहेका सात वटा पम्पिङ ट्याङ्कीहरुको सहायताले १ हजार ३३६ मिटरमाथि मौवा डाँडामा ल्याई वितरणको व्यवस्था मिलाइएको हो। 

यस कार्यका लागि ११ केभिएको विद्युत् प्रशारण लाइन २३ किलोमिटर विस्तार गरिनुका साथै १९ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरिएको छ।

आयोजनामा प्रतिसेकेन्ड १०.९७ लिटर पानी मौवा बजारस्थित अन्तिम पम्पिङ ट्याङ्कीमा आउने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए। 

एक हजार ६०४ घरधुरीमा खानेपानी पु¥याउनुपर्ने लक्ष्य लिएको भएपनि हालसम्म करिब ९०० घरसम्म पाइपलाइन विस्तार भएको सङ्घीय खानेपानी तथा ढल आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए। 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:५३
##SherBahadurDeuba
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
मुस्ताङबासीलाई पानीको चरम पीडा
मुस्ताङबासीलाई पानीको चरम पीडा सोमबार, जेठ २७, २०८२
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य आइतबार, जेठ २६, २०८२
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।। शनिबार, जेठ २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्