Top Navigation
Main Navigation
बुधबार, जेठ १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, जेठ १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महिला प्रहरी जवान मृत्युको जाँचबुझ हुन्छ : गृहमन्त्री
महिला प्रहरी जवान मृत्युको जाँचबुझ हुन्छ : गृहमन्त्री
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, चैत ७, २०७८
Api Himal

गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका-५ मा आइतबार महिला प्रहरी जवानको मृत्युको घटनाको जाँचबुझ गरिने बताएको छ।  

गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाएको हो।

फागु पूर्णिमाका दिन यही चैत ४ गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकसमेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी तोडफोड र ढुङ्गामुढा गरेको थियो।

Nepal Oil Corporation

उक्त अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकामा उपचारको क्रममा मृत्यु भएको थियो।

“शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ”, गृहमन्त्री खाँणले भने, “छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ।”

गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। उनले कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

गृहमन्त्री खाँणले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीलाई टेलिफोन गरी कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। 

घटनामा घाइते भएका २९ प्रहरीमध्ये पाँच प्रहरीको कोशी अस्पतालमा उपचारारत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
विवाह गर्न गएका दुई युवती बिचल्लीमा
विवाह गर्न गएका दुई युवती बिचल्लीमा मंगलबार, वैशाख ३०, २०८२
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला सोमबार, वैशाख २९, २०८२
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान सोमबार, वैशाख २९, २०८२
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु सोमबार, वैशाख २९, २०८२
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र सोमबार, वैशाख २९, २०८२
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन सोमबार, वैशाख २९, २०८२
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्