काठमाडौ । 'गुणस्तरको नाममा रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको ब्यापार नगरौं' भन्ने मूल आह्वानकासाथ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटीका प्रमुख कार्यकारी अधिकृत उमेश ढकाललाई ज्ञापन-पत्र बुझाएको छ।

तीन घण्टा लामो छलफल पश्चात् अर्को वार्तापछि शुल्क समायोजनमा सहमति जुटाएर मात्र अघि बढ्ने नेपाल रेडक्रस सोसाइटीका कार्यकारी अधिकृत उमेश ढकाल, केन्द्रीय रक्त सञ्चार सेवाका अप्राबिधिक निर्देशक दिव्यराज पौडेल र उप-निर्देशक डा. प्रकाश यादबले संयुक्तरूपमा प्रतिबध्दता ब्यक्त गर्दै पुरानै परिक्षण शुल्कमा हाललाई कार्यान्वयन गर्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिएको छ।
'गुणस्तरीय परिक्षण गरि निस्शुल्क रगत र रगतबाट तयार पारिएका रक्त(तत्वहरू वितरण गर्नु नै स्वयंसेवी रक्तदाताहरूले दान मार्फत प्रदान गरिएको रगतको उच्च सम्मान र इज्जत प्रदान गर्नु हो' नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको भनाई छ।
छलफल कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज १३ वडा नगर समितिका अध्यक्ष नीरू महर्जन, १९ वडा नगर समितिका अध्यक्ष बिनोद खड्गी, २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित, २४ वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकार, २० वडा नगर समितिका सचिब राजेश मानन्धर, ३० वडा नगर समितिका सदस्य राधेश्याम मिश्र त्यसैगरी सदस्य निशान थापा र सुबोध शाक्य लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८ ०८:१४