Top Navigation
Main Navigation
बुधबार, साउन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • सहमतिपश्चात पेट्रोलियम पदार्थको बिक्रीवितरणमा सहज
सहमतिपश्चात पेट्रोलियम पदार्थको बिक्रीवितरणमा सहज
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, चैत २१, २०७८

काठमाडौ । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसायबीच सहमति भएपश्चात केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ। 

नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो।

निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो। 

सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए। पेट्रोलियम बिक्रेताले कमिशन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको बिक्रीवितरण रोकेका थिए।

Nepal Oil Corporation

पेट्रोलियम बिक्रेताले इन्धनको बिक्रीवितरण बन्द गर्दा देशभर इन्धनको हाहाकार देखिएको थियो। सरकारी स्वामित्वका पम्पमा सवारी साधनको लामो लाइन लागेको थियो। 

निगम र व्यवसायीबीच सहमति भएपछि आइतबार बिहानदेखि पम्पले पेट्रोलियम पदार्थ उठाउन थालेका थिए। निगमले आइतबार १ हजार ६०० किलोलिटर पेट्रोल र १ हजार १०० किलोलिटर डिजेल बजारमा पठाएको थियो।

एक हजार १०० किलोलिटर डिजेल र पेट्रोल डिपोबाट आज वितरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज भएसँगै पेट्रोलपम्प खाली देखिएका छन् भने इन्धन भर्न कुनै पनि पम्पमा लाइन बस्नुपर्ने अवस्था नरहेको उनले बताए।

निगम र समन्वय समितिबीच पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागका सम्बन्धमा आगामी जेष्ठ १५ गतेसम्ममा सक्ने सहमति भएको थियो। 

कमिशन र ढुवानी भाडा वृद्धिको माग गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आन्दोलन सुरु गरेको थियो। 

निगमले अघिल्लो महिना पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को नोक्सानी रहेको भन्दै मूल्य बढे पनि बिक्रेताले कसिमन भने नबढाउने निर्णय गरेको थियो। 

व्यवसायीले डिजेल÷पेट्रोल र मट्टितेलको बिक्रीबाट प्रतिलिटरको मूल्यबाट ३।३९५ प्रतिशत कमिसन पाउँदै आएका छन्।
 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
ईमेज च्यानलको व्यवस्थापनमा परिवर्तन 
ईमेज च्यानलको व्यवस्थापनमा परिवर्तन  मंगलबार, असार ३१, २०८२
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध मंगलबार, असार ३१, २०८२
तीन वटा प्याकेजमा सडक स्तराेन्नती तिब्र
तीन वटा प्याकेजमा सडक स्तराेन्नती तिब्र आइतबार, असार २९, २०८२
आन्दोलनले लियाे चर्काे रूप
आन्दोलनले लियाे चर्काे रूप बिहीबार, असार २६, २०८२
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली शनिबार, असार २१, २०८२
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु बिहीबार, असार १९, २०८२
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त बुधबार, असार १८, २०८२
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता  
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता   आइतबार, असार ८, २०८२
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई शुक्रबार, असार ६, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ४ उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्