Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • योग्यताअनुसारको अवसर प्रदान गर्नेमा नम्बर वान कुमारी जब
योग्यताअनुसारको अवसर प्रदान गर्नेमा नम्बर वान कुमारी जब
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, चैत ३०, २०७८

रोजगारी, पेशा, जागिर, काम–जे भने पनि यो हरेक शिक्षित÷अशिक्षित मानिसको लागि जिविकोपार्जन गर्ने माध्यम हो। यस अर्थमा हेर्दा रोजगारी एउटा आर्थिक गतिविधि हो, जस अन्तर्गत मानिसहरूले अरूका लागि काम गर्छन्र यसको सट्टामा पारिश्रमिक पाउँछन्, जुन तलब वा ज्यालाको रूपमा हुने गर्छ। रोजगारदाता सरकार, सरकारी उद्यम, गैर- सरकारी सङ्घसंस्था वा कुनै पनि निजी सङ्गठन हुन सक्छ। रोजगारी स्थायी, अस्थायी, आंशिक वा आकस्मिक हुन सक्छ। 

हरेक मानिसको आफ्नो योग्यता अनुसारको जागिर खोज्ने र आफू र आफ्नो परिवारको लागि आरामदायी जीवनको सुरक्षा गर्ने सपना हुन्छ। तर सबैले आफुले सोचे जस्तो, र आफ्नो योग्यता अनुसारको जागिर पाउन सकेका हुँदैनन्। हैसियत अनुसार काम नभेटेर बिदेशिएका उदाहरण हाम्रै अगाडि छन्।

रोजगारीको खोजीमा युवाहरु भौँतारिइरहेका छन् र त्यस्तै युवाहरुको फाईदा उठाउँदै धेरै जब सेन्टरहरुले रोजगारीको नाममा ठगीको धन्दा चलाईरहेका छन्। विभिन्न पत्र–पत्रिकामा, तपाईंहरु नजिकैको शटर अथवा चिनेको मान्छेमार्फत जागिर लगाइदिने प्रलोभनमा कैयौँ युवाहरु ठगिएको समाचारहरु पनि केही महिना अगाडि आएका थिए। तर नेपालमा एउटा त्यस्तो रोजगार–दाता पनि छ जसले जागिर लगाइदिए मार्फत एक रुपैँया पनि शुल्क लिँदैन। त्यति मात्र हैन, जागिर खोज्न र सिभि बनाउन पनि कुनै शुल्क लिँदैन र यसले प्रदान गर्ने सम्पूर्ण रोजगारी नेपाल सरकारले तोकेको न्यूनतम मापदण्ड अनुसारको हुने गर्छ। 

झट्ट पत्याउन गार्हो नै हुन्छ जब फर्म भरेको ५ सय र जागिर लगाइदिए बापत पहिलो महिनाको तलबको ३५ देखि ५० प्रतिशतसम्म कमिशन खाने दलालहरु पाइलैपिच्छे छन्। देशमा विद्यमान यस्तै समस्यालाई केही हदसम्म भएपनि कम गर्ने उद्धेश्यले सन् २०१४ मा सन्देश भण्डारीुले कुमारी जबको स्थापना गरेको थियो। 

शुरुवाती अवस्थामा संस्थापक स्वयम्को एकल प्रयासबाट शुरु भएको संस्थाले हाल प्रतिस्पर्धीहरुभन्दा ठूलो श्रोत–साधन र ठुलो टिम बनाउन सफल भईसकेको छ। साथै मिलनसार, अनुभवि, दक्ष, एवम् सक्रिय र युवा कर्मचारीहरु संलग्न यस संस्थामा अधिकांश महिला कर्मचारीहरु कार्यरत छन्। यस्तैकारणहरुले गर्दा स्थापनाको छोटो अवधिमै कुमारी जब नम्बर एक रोजगारदाता कम्पनी हुन सफल भएको छ। 

कुमारी जबमा एन्ट्री लेभलदेखि सिनियर लेभलसम्मका कामहरु सजिलै पाईन्छन्। यसमा १ हजार जनाले दैनिक अप्लाई गर्ने गर्दछन् जसमा एक महिनामा ५ सयभन्दा बढीले रोजगारी प्राप्त गरेका छन्। कुमारी जबमा दर्ता भएका लाखौं उम्मेदवारहरु मध्ये ७० प्रतिशतभन्दा बढी अहिले राम्रो संघ-संस्थाहरुमा कार्यरत छन्।

हाल कुमारी जबसँग एसियन पेन्ट्स, बर्जर पेन्ट्स, चौधरी ग्रुप, सामसङ, पेप्सी लगायत अन्य बहु–राष्ट्रिय संस्थाहरु; पञ्चकन्या ग्रुप, विशाल ग्रुप, आइएमएस् ग्रुप, गोल्छा ग्रुप, ज्योति ग्रुप, गोएन्का ग्रुप, लक्ष्मी ग्रुप लगायत अन्य ग्रुप अफ कम्पनिज; भायोनेट, वल्र्ड लिंक, सिजी जस्ता इन्टरनेट सेवा प्रदायकहरु एवम् थुप्रै एन.जि.ओ. र आइ.एन.जि.ओहरु आबद्ध छन्।

साथै यस संस्थासँग एफवान सफ्ट, फुडमान्डु, टाइगर प्यालेस, हुलास, साथीमार्ट, केएल दुगर, एमभि दुगर जस्ता थुप्रै प्रतिष्ठित संस्थाहरु पनि आबद्ध छन्। कुमारी जबमा अकाउन्टिङ, सेल्स र मार्केटिङदेखि लिएर आइ.टि र टेलिकम्युनिकेसन तथा एन.जि.ओ र आइ.एन.जि.ओहरुका लागि पनि प्रशस्तै अवसरहरु आइरहन्छन्। 

कुमारी जब नेपालको एक मात्र मानव सेवा संशाधन परामर्श कम्पनी हो जसले २०१४ देखि एउटै छानामुनि मानव संशाधन सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले तीनकुनेस्थित आफ्नो कार्यालय र अनलाइन जब पोस्टिङ् सर्भिसमार्फत मानव संशाधन सम्बन्धि सम्पूर्ण सेवाहरु दिँदै आइरहेको छ। यस संस्थाले रिक्रुटमेन्ट (भर्ती), जब पोस्टिङ्, पेरोल आउटसोर्स, तालिम लगायत सबै प्रकारका मानव संशाधन सम्बन्धि सेवा प्रदान गर्छ। 

हरेक दिन विभिन्न व्यापारिक समुहहरु र संघ-संस्थाहरुलाई योग्य उम्मेदवारहरु तथा रोजगारीको खोजीमा रहेका उम्मेदवारहरुलाई उपयुक्त रोजगारी प्रदान गर्न सफल कुमारी जबले देशमा विद्यमान बेरोजगारीको समस्यालाई केही हदसम्म भए पनि कम गर्दै आइरहेको छ। 

रोजगारीको खोजीमा रहेका उम्मेदवार र रोजगार–दाताहरुबीच सिधा सम्पर्क गर्नको निम्ति रिक्रुटिङको लागि सर्वोत्कृष्ट माध्यम, प्रविधि र प्ल्याट्फर्म बनाउँदै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइ विश्वव्यापी रोजगार प्रदायक हुने लक्ष्य कम्पनीले लिएको छ।

कर्मचारीहरुको टर्न-ओभरलाई कम गर्न र मानव संशाधनमूलक गतिविधिहरु सञ्चालनमा आउन सक्ने जोखिमहरु कम गर्न आज-भोलि बैँक, वित्तीय संस्था, ग्रुप अफ कम्पनिज, इन्टर्नेट कम्पनिज, प्राइभेट फर्म्स, एन.जि.ओ र आइएनजिओहरु, उद्योगहरु लगायत धेरैजसो कम्पनीहरुले कर्मचारी आउटसोर्स गर्न थालेका छन्। र यसका लागि अधिकांश कम्पनीहरुको पहिलो रोजाईमा कुमारी जब नै पर्दछ। 

यसको वेबसाइट www.kumarijob.com मा गएर कम्पनीहरुले आफ्नो आवश्यकता दर्ता गरी पोस्ट गर्न सक्छन्, साथै संघ–संस्थाहरुलाई उपयुक्त उम्मेदवार पूर्ती गर्ने हेतुले यस कम्पनीले विशेष रिक्रुट्मेन्ट प्रविधि पनि अपनाउँछ। यति मात्र नभएर यसले रोजगारी सुनिश्चितताको लागि आवश्यक तालिमहरु पनि दिने गर्दछ।

तालिम लिन चाहने व्यक्ति, विद्यार्थी लगायत कुनै पनि संस्थामा कार्यरत कर्मचारीहरुलाई कुमारी जबले आवश्यकताको अध्ययन गरी विभिन्न किसिमका तालिम पनि दिन्छ। साथै यो कम्पनीले प्रविधिको प्रयोग गरी गुणस्तरीय सि.भि. पनि निःशुल्क रुपमा बनाइदिन्छ। 

कुमारी जबको वेबसाइट अथवा यसको कार्यालयमै गएर जुनै पनि स्तरको कामहरुको बारेमा बुझ्दा, त्यहाँ काम गर्न निवेदन दिँदा र काम पाइसकेपछि पनि काम खोज्ने मानिसले कुनै पनि प्रकारको शुल्क कहिल्यै पनि तिर्नु–पर्दैन। किनभने परिश्रमी र योग्य उम्मेदवारहरुलाई देशमै उचित अवसरको व्यवस्था मिलाइनुपर्छ भन्ने कुमारी जबको मान्यता रहेको छ।
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १८:३१
##KumariJob
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महिनावारी सुकेपछि हुने चर्को गर्मी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्