Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • यो धरानमा एक्कासी आएको भलबाढी होइन : निर्वाचित मेयर हर्कराज राई
यो धरानमा एक्कासी आएको भलबाढी होइन : निर्वाचित मेयर हर्कराज राई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ ८, २०७९
Harka Raj Rai
Api Himal

सुनसरीको धरान उप महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई विजयी बन्नुभएको छ। उहाँले १५ दिन अगाडि मात्रै लौरो चुनाव चिन्ह प्राप्त गर्नुभएको थियो । सोही लौरो चुनाव चिन्नबाट चुनावी रणसंग्राममा होमिनु भएको थियो र आज उहाँले त्यही लौरो चुनाव चिन्हबाट धरान उप महानगरपालिकाको गरिमामय मेयर पदमा विजयी प्राप्त गरिसक्नु भएको छ । 

मेयर पदमा विजयी ३९ वर्षीय राईले नेपाली काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै २० हजार ८ सय २१ मतकासाथ धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएको हो भने उनका निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ५९ मत पाएका छन्। उनै नव निर्वाचित मेयर हर्कराज राईसँग नामीन्यूजले गरेको कुराकानीको संक्षिप्त सार:

तपाईँले नेकपा एमाले र काँग्रेस जस्ता ठूला दललाई समेत पराजित गर्नुभएको छ, कस्तो महसुस भइरहेको छ ? 
सर्वप्रथम त सम्पूर्ण मतदाता समर्थक, शुभचिन्तक, विरोधी, आलोचकहरु सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब रह्यो काँग्रेस र एमालेले हारे भन्ने कुरा । उहाँहरुले हार्नु भएकै छैन । उहाँहरुकै भोटरले मलाई भोट दिनु भएको छ। उहाँहरु सँगसँगै हामी सबैले जितेका छौं । यो स्वतन्त्रको जित हो सबै पार्टीले जित्नुभएको छ। यो कुनै पात्र हार्यो, जित्यो भन्नेसँग छैन। उहाँहरुको पनि चाहना भित्रदेखि यही थियो। त्यसकारण हामी सबैले एकैसाथ जितेका छौं। स्वतन्त्र साझा उम्मेदवारले जितेको छ। 

कसरी अगाडि बढ्नु हुन्छ त अब ?

Nepal Oil Corporation

म उहाँहरु सबैसँग सहकार्य र समन्वय गरेर जानेछु । म एक्लैले मेरो खुशी गर्न सक्दिन र हुँदैन पनि। त्यसकारण हामी सबै सहकार्य गरेर अगाडि बढ्ने छौं । खानेपानी मेरो पहिलो प्राथमिकता हो। खानेपानीको समाधान नभएसम्म म प्रायः फिल्डमै हुन्छु, अफिसमा बस्दिनँ । खानेपानीको समस्या भनेको प्राकृतिक पनि छ, कृतिम पनि छ। विगतमा हामीले ट्यांकरबाट पानी बाँडेको देखेका छौँ । सबै चुहावट र वितरणमा अनियमितता रोक्ने मेरो पहिलो काम हो। 

सबैलाई चकित पार्ने गरी चुनावी परिणाम तपाईंले आफ्नो पोल्टामा पार्नुभयो । के यो प्रत्याशित नै छ कि अप्रत्याशित लागिरहेको छ ? 

हामीले १० वर्ष पहिलेदेखि नै खानेपानी, स्वास्थ्य, शिक्षा, बाटोघाटो लगायतका जतिपनि मानिसको जीवनसँग जोडिएका विषय छन् ती सेवा सुविधाका विषयलाई नै अभियानको रुपमा लिएर आएका थियौं । त्यसले गर्दा मैले धरानमा आफ्नो परिचय दिइराख्नु आवश्यक नै परेन । म कहिँ कतै नपुगेको ठाउँमा जाँदा पनि मलाई चिन्नुहुन्छ भनेर सोध्दा तपाईंलाई नचिन्ने को छ होला र भन्ने प्रतिक्रिया आउँथ्यो । यसपालि चुनाव कसले जित्छ ? भनेर फेसबुकमा समर्थकहरुले बनाएको पोलमा मलाई ५/६ हजार मत आउँदा अन्य उम्मेदवारलाई दुई तीन सय आउँथ्यो। त्यतिबेलादेखि मैले नै चुनाव जित्छु जस्तो अड्कल थियो । यसर्थ यो अप्रत्याशित मलाई लागेको छैन । यो भनेको हामीले गरेको अभियान र कामलाई जनताले नजिकबाट मूल्याङ्कन गरिराख्नु भएको रहेछ भन्ने प्रमाण पनि हो। उहाँहरुले त्यसलाई गोप्य मतदानमार्फत प्रकट गरिदिनु भएको छ । यो (धरानमा) एकैचोटी र एक्कासी आएको भलबाढी होइन। 

कामको प्राथमिकता के रहन्छ तपाईंको ? 

म जितेर गइसकेपछि सबैभन्दा पहिले मैले खानेपानी जोहो गर्नुपर्छ । पानीको लागि लडेको करिब १० वर्ष भयो। खानेपानीको मुख्य मुद्दा नै हाम्रो मुख्य मुद्दा हो । जुन मुद्दा लिएर म जनतासामु परिचित पनि भएँ। जनताले मलाई मन पनि पराउनु भएको छ। त्यसले गर्दा खानेपानीको लागि म टाउकोले टेकेर भएपनि, जसरी भएपनि जनतालाई खुवाउँछु। आजको विजयको घोषणा औपचारिकता मात्रै हो । मैले जहिले धराने जनताको धाराभरी पानी दिन सक्छु, जुन दिन बीपी अस्पताल सुधार गर्न सक्छु, जुन दिन सूचनाको हक र अभिव्यक्तिको स्वतन्त्रता दिन सक्छु त्यो दिन मात्रै आफूलाई सफल भएको ठान्नेछु । आजको दिनलाई एउटा सामान्य र औपचारिकताको रुपमा नै मैले लिएको छु।

अब अन्य दलहरूसँग मिलेर काम गर्न चुनौती छ भन्ने प्रश्न पनि छ नि तपाईंहरुलाई ?

अरु दलहरूबाट आएका मानिसले काम गर्न दिँदैनन् भन्ने कुरा भ्रम मात्रै हो । यो चुनावमा एकले अर्कालाई लडाउनका लागि दिइएका अभिव्यक्ति मात्रै हो यो । उहाँहरु जुनसुकै पार्टीबाट आएपनि जनताको हकहित र सुशासनका लागि आउनु भएकै कारणले उहाँहरुलाई चुन्नु भएको छ । पार्टीबाट आएका मानिसहरूमध्ये पनि छानिछानि जनताले भोट हाल्नु भएको छ र जिताउनु भएको छ । म उहाँहरुलाई धरानको सुशासन र विकासको मूल धारमा समाहित गर्नेछु। उहाँहरु कन्भिन्स हुनुहुनेछ । जुनसुकै पार्टी होस् वा स्वतन्त्र होस् हामी सबै मिलेर धरानको समस्यालाई समाधान गर्नेछौँँ। सेवा सुविधा चुस्तदुरुस्त गर्ने काममा लाग्नेछौँ । 

सबै सत्तामा पुगेपछि बिग्रन्छन् भन्छन्, तपाईंचाहिँ बिग्रनु हुन्न भन्ने के ग्यारेण्टी छ ?

म बिग्रिन्न । यत्रो जनताले एउटा व्यक्तिलाई जिताईदिएको छ । उहाँहरुले गर्नु भएको विश्वासलाई मैले घात गरेँ भने मलाई पाप लाग्दैन ? म भावुक मान्छे पनि हो । देश र जनताकै लागि भनेर यो लाइनमा आएँ। बिना पार्टीको समर्थनमा जनताको विश्वासले मैले एक्लै जितेँ । मैले निरन्तर गरेको संघर्षलाई धराने जनताले विश्वास गरेर यो माया दिनुभएको छ। उहाँहरुले यत्रो माया र विश्वास गर्नुभयो, मैले धोका दिन मिल्दैन। 

तपाईंको भूमिका फेरियो नि अब त ?

हो। पहिले अभियन्ताको रुपमा कराउँथे। अब मेरो भूमिका र शैली परिवर्तन हुन्छ। मेरो पहल, सरोकार र दबाब रहिरहन्छ, त्यो वैधानिक हिसावले हुन्छ । पहिले पहिले अरुलाई गाली गर्थें । अब तपाईहरुले गाली गर्नु, म हाँसिरहन्छु नि ल! 

संघ र प्रदेश सरकारसँग तपाईंको समन्वय कसरी हुन्छ ?

संघ र प्रदेश सरकारबाट सहयोगको बलियो अपेक्षा छ । सहयोग नभए त सरकारको औचित्य नै सकियो नि। मैले एक भोट लिएर जितेको होइन । सार्वभौम धराने जनताले प्रतिस्पर्धीहरुमध्ये पहिलो मत लिएर जितेको मान्छे हो। म त्यहाँ गइसकेपछि स्थानीय सरकारको प्रमुख बन्ने हो । अनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वय भएन भने सरकारको औचित्य कहाँ रह्यो त ? त्यसले गर्दा पार्टी नै चाहिन्छ भन्ने छैन। सार्वभौम धराने जनताको अभिमत लिएर म जाने हो । यो पुरानो बुझाइबाट हामी मुक्त रहनुपर्छ । मैले भन्ने गरेको छु। हाम्रो परिवार पनि मिल्दैन तर, यहाँ विभिन्न परिवारबाट आएका मानिसहरु पनि मिलेर समाज चलेको छ। त्यसैगरी धरानको स्थानीय सरकारमा पनि विभिन्न पार्टीबाट आउनु भएका साथीहरुलाई म मिलाएर लैजान्छु। यहाँ कुनै कुस्ती पर्दैन।

तपाईंले अभियान चलाइरहँदा अहिलेका प्रतिस्पर्धी पार्टी तथा उनीहरुले चलाएको सरकारबाट अपमानित फिल भएको कुनै घटना छ ? 

त्यस्तो भएको थियो । मलाई मुद्दा लगाएर थुनामा पनि राखेका छन् । सबै कुरा अहिले ननिकालौँ। किनभने म एउटा नगर प्रमुख पदमा पुगिसकेको छु । डिटेलमा जाँदा नराम्रो होला । उहाँहरुले जे ठिक लाग्यो त्यो गर्नुभयो । तर, उहाँहरुले गरेको दुर्व्यवहार नै मेरो सफलताको आधार बन्यो । उहाँहरुले त्यो नगरिदिएको भए यो स्थानमा अहिले आउन सक्दिन थिएँ । म सामान्य भोटरको रुपमा रहेको मानिस एउटा बिना पार्टीको संघर्ष गरेर यहाँसम्म आइपुग्नुमा उहाँहरुले मलाई गरेको दुर्व्यवहार, आलोचना, विरोध नै मेरो सफलताको सूचक बन्न पुगेका छन्। उहाँहरुप्रति पनि म आभारी छु । मलाई अझै विरोध गर्नुभयो भने अझै माथिल्लो ठाउँमा पुग्छु कि ?

तपाईं चिनिनु भएपनि चुनाव चिन्ह लौरो त चिनिएको थिएन, १५ दिनमै कसरी चिनाउँनु भयो ? 

मैले फेसबुकको सहारा लिएको हुँ । म फेसबुक अधिकतम प्रयोगकर्ता हुँ । मेरो फेसबुकमा मात्रै ८० हजार मानिसले फलो गरेका छन्। मैले त्यही फेसबुकबाटै देश विदेशमा रहनेहरूलाई मैले राम्रो काम गरिरहेको छु भन्ने लाग्छ भने मेरो लागि आफन्त, इष्टमित्रलाई भोट मागि दिनुहोस् मेरो चुनाव चिन्ह लौरो छ भनेको थिएँ। फेसबुकबाटै घरघरमा पुग्न भ्याउँदिन, समय छैन, चुनावको क्याम्पेन गरिदिन भनेर आग्रह गरिरहेको थिएँ। उहाँहरुले राम्रै क्याम्पेन गरिरहनु भएको रहेछ। मलाई साइलेन्ट सपोर्ट गर्नेहरु धेरै हुनुहुँदो रहेछ । त्यही कारण मैले यो सफलता हात पार्न सफल भएको हुँ।
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २०:२८
##HarkaRajRai
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्