Top Navigation
Main Navigation
सोमबार, मंसिर २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper सोमबार, मंसिर २५, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
सोमबार, मंसिर २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
NCELL NCELL
विजनेश
  • Home
  • विजनेश
  • आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सङ्घ र प्रदेशको अठोट
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सङ्घ र प्रदेशको अठोट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असार ४, २०७९
Budget

काठमाडौँ । सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्तरूपमा आगामी आवमा कूल २१ खर्ब बराबरको बजेट खर्च गर्ने भएका छन्।

सङ्घीय सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते सङ्घीय संसद्को दुईवटै सदनको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गरेको थियो । यस्तै, प्रदेश सरकारका तर्फबाट अर्थमन्त्रीहरूले यही असार १ गते बजेट सार्वजनिक गरिसकेका छन्।

सङ्घीय सरकार र प्रदेश सरकारको कूल २० खर्ब ९९ अर्ब २९ करोड बराबरको बजेट प्रस्तुत भएको देखिन्छ। आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न सङ्घीय सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजन गरेको छ।

कूल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बराबरको बजेट विनियोजन गरिएको छ।

सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुनेछ।

सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउनेछ । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहार्ने गरी प्रबन्ध गरिएको छ।

प्रदेशतर्फको हिसाब गर्दा कूल ३ खर्ब ५ अर्ब ४६ करोड २६ लाख बराबरको बजेट आगामी आवका लागि प्रस्तुत गरेका छन्। प्रदेश सरकारहरूले पनि सङ्घीय सरकारले जस्तै अर्थतन्त्रको उन्नयन, उत्पादकत्व वृद्धि, आत्मनिर्भर अर्थतन्त्रको निर्माण तथा कृषि क्षेत्रको विकासलाई नै मूलरूपमा प्राथमिकतामा राखेका छन्।

कर्णाली प्रदेश सरकारको बाहेक अरु सबै प्रदेशले आगामी आवको बजेटमा उल्लेख्यरूपमा वृद्धि गरेका छन्। चालु आवको तुलनामा ४४ अर्ब ४६ करोड बराबर बजेट वृद्धि गरेका छन् । 

प्रदेश-१ को बजेट ३९ अर्ब ७३ करोड 

प्रदेश-१ ले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट प्रस्तुत गरेको छ। प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङ्बोले प्रदेशसभामा प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा ७ अर्ब २७ करोड बढी हो।

प्रदेश-१ सरकारले चालु आवका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको विनियोजन गरेको थियो। कूल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३ दशमलव ६ प्रतिशत, पूँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात् १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ रु तीन करोड बराबर थियो ।

प्रदेश एकलाई सङ्घीय सरकारले १९ अर्ब ९ करोड ९१ लाख बराबरको वित्तीय हस्तान्तरण गरेको छ। त्यसमा समानीकरणतर्फ ९ अर्ब ८२ लाख, सशर्त अनुदानतर्फ ८ अर्ब ६९ करोड, विशेष अनुदानतर्फ ५९ लाख ४७ करोड ५० लाख, समपुरक अनुदानतर्फ ९२ लाख बराबर उपलब्ध गराउनेछ ।

मधेस प्रदेश : ४६ अर्ब ८८ करोड

मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत), पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) र सःशर्त अनुदानतर्फ १६ करोड २४ लाख ५४ हजार २०० (०.३५ प्रतिशत) बजेट विनियोजन गरेको छ।

मधेस प्रदेशको बजेट चालु आवको तुलनामा १३ अर्ब ९ करोड बढी हो । मधेस प्रदेशले चालु आवमा ३३ अर्ब ७९ करोडको बजेट सार्वजनिक गरेको थियो । त्यसमा चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत, पूँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात् ०.३० प्रतिशत बजेट विनियोजना गरिएको थियो ।

आगामी आवका लागि सङ्घीय सरकारले मधेस प्रदेशलाई १९ अर्ब १५ करोड ९ लाख बराबरको बजेट उपलब्ध गराएको छ। त्यसमा समानीकरणतर्फ ७ अर्ब ८१ करोड ५८ लाख, विशेष अनुदानतर्फ १० अर्ब ६ करोड ५१ लाख, समपुरकतर्फ ४९ करोड अनुदान उपलब्ध हुनेछ ।

बागमती प्रदेश : ७० अर्ब ९३ करोड ९२ लाख

बागमती प्रदेशले आगामी आवका लागि ७० अर्ब ९३ करोड ९२ लाख बराबरको बजेट प्रस्तुत गरेको छ। बागमती प्रदेश सरकारका अर्थमन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा बागमतीको १३ अर्ब २१ करोड बढी हो।

सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेश सरकारले चालु आवका लागि ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक गरेको थियो। त्यसमा चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार र पूँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार विनियोजन गरेको थियो।

सङ्घीय सरकारले आगामी आवका लागि सो प्रदेशलाई २० अर्ब ३२ करोड ६६ लाख बरारबरको अनुदान उपलब्ध गराएको छ। त्यसमा सो प्रदेशलाई समानीकरण अनुदानतर्फ ८ अर्ब ४० करोड ४६ लाख, सशर्त अनुदान १० अर्ब ९ करोड २० लाख, विशेष अनुदान ७९ करोड र समपुरक अनुदान १ अर्ब ४ करोड उपलब्ध गराउनेछ। 

लुम्बिनी प्रदेश : ४२ अर्ब ६३ करोड ५७ लाख

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा १ अर्ब ६८ करोड बढी हो । 

प्रदेश सरकारले चालु आवका लागि ४० अर्ब बराबरको बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष २०७८/७९ का लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार तथा पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार बजेट विनियोजन भएको थियो। स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको थियो।

सङ्घीय सरकारले लुम्बिनी प्रदेशका लागि समानीकरण अनुदान ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदान ८ अर्ब ७१ करोड २२ लाख, ३८ करोड ३५ लाख विशेष अनुदान र समपुरकमा ७३ करोड ९० लाख गरी रु १८ अर्ब ४७ करोड ६४ लाख उपलब्ध गराएको छ।

गण्डकी प्रदेश : ३५ अर्ब ९० करोड ९० लाख

त्यस्तै गण्डकी प्रदेश सरकारको तर्फबाट आगामी आवका लागि अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । आगामी आवको बजेट चालु आवको तुलनामा ५ अर्ब ८७ करोड बढी हो।

चालु आवका लागि सो प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट ल्याएको थियो । त्यसमा १३ अर्ब ६ करोड ४७ लाख चालुतर्फ १६ अर्ब ७३ करोड ४६ लाख पूँजीगत तथा २४ करोड वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको थियो।

त्यसमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड पाएको थियो। सशर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँट ७ अर्ब ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने प्रदेश सरकारको अनुमान थियो ।

गण्डकी प्रदेशले आगामी आवका लागि सङ्घीय सरकारबाट १६ अर्ब ५४ करोड ३२ लाख बजेट पाएको छ। त्यसमा समानीकरण अनुदान ७ अर्ब ९२ करोड ७९ लाख, ससर्त अनुदान ६ अर्ब ९१ करोड ८३ लाख, विशेष ८६ करोड र समपुरक अनुदान ८३ करोड ३० लाख पाउनेछ ।

कर्णाली प्रदेश : ३२ अर्ब ६१ करोड ६१ लाख

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री विन्दमान विष्टले प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा ३ अर्ब ९३ करोडले कम हो।

चालु आवका लागि कर्णाली सरकारले ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत गरेको थियो । त्यसमा पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालुतर्फ ११ अर्ब ४९ करोड २७ हजार ७० हजार बजेट विनियोजन गरिएको थियो। यस्तै कर्णालीमा समानीकरण अनुदान १० अर्ब ७२ करोड ६४ लाख, विशेष अनुदान ५ अर्ब ६९ करोड ६७ लाख र ६६ करोड ८० लाख समपुरकलगायत कूल १८ अर्ब ३० करोड ६१ लाख हस्तान्तरण हुनेछ।

सुदूरपश्चिम प्रदेश : ३६ अर्ब ७४ करोड ६४ लाख

सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री प्रकाश रावलले आगामी आवका लागि ३६ अर्ब ७४ करोड ६४ लाख बजेट प्रस्तुत गरेको छ। जुन चालु आवको तुलनामा ६ अर्ब बढी हो। 

सो प्रदेश सरकारले चालु आवका लागि ३० अर्ब ३३ करोडको बजेट प्रस्तुत गरेको थियो। कूल विनियोजितमध्ये चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार र पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रहेको थियो।

विनियोजनमध्ये अन्तर सरकारी वित्त हस्तान्तरणअन्तर्गत १ अर्ब ७२ करोड ४५ लाख, वित्तीय व्यवस्थातर्फ ३० करोड विनियोजन गरिएको थियो । प्रदेश सरकारले आव २०७७र७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको थियो ।

सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशलाई १७ अर्ब ५५ करोड ८३ लाख वित्तीय हस्तान्तरण गर्नेछ। त्यसमा समानीकरण अनुदानतर्फ ९ अर्ब ७५ करोड रहेको छ। सशर्त अनुदानतर्फ ६ अर्ब ९८ करोड ८० लाख, विशेष अनुदान ९७ करोड ७८ लाख र समपूरकमा ७६ करोड ५० लाख उपलब्ध गराउनेछ।

सङ्घीय सरकारले प्रदेशमा गर्ने वित्तीय हस्तान्तरणतर्फ समानीकरणअन्तर्गत न्यूनतम अनुदान सबै प्रदेशमा गरेर जम्मा १५ अर्ब ३५ करोड ८० लाख, सूत्रमा आधारित अनुदान ४३ अर्ब ७७ करोड ३ लाख र कार्यसम्पादनमा आधारित अनुदान २ अर्ब ३० करोड ३८ लाख गरी कूल ६१ अर्ब ४३ करोड २१ लाख व्यवस्था गरिएको छ।

प्रदेशमा पठाइएको बजेटमध्ये चालु ७७ अर्ब ९२ करोड १ लाख र पूँजीगततर्फ ५१ अर्ब ५४ करोड ५ लाख बराबर छ।
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १९:३१
##Budget
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सेयर कारोबार नेप्सेमा सर्किट लागेर बन्द
सेयर कारोबार नेप्सेमा सर्किट लागेर बन्द आइतबार, मंसिर २४, २०८०
निर्माणाधीन ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
निर्माणाधीन ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’ आइतबार, मंसिर २४, २०८०
अलैँचीपछि अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा
अलैँचीपछि अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा आइतबार, मंसिर २४, २०८०
पञ्चकुुण्डमा पानी जमेपछि साहसिक यात्रा गर्नेको लर्को
पञ्चकुुण्डमा पानी जमेपछि साहसिक यात्रा गर्नेको लर्को बिहीबार, मंसिर २१, २०८०
फुतफुते झरनाले पर्यटकलाई लोभ्यायो     
फुतफुते झरनाले पर्यटकलाई लोभ्यायो      बुधबार, मंसिर २०, २०८०
शेयर काराेबारमा दोहोरो अङ्कको गिरावट
शेयर काराेबारमा दोहोरो अङ्कको गिरावट मंगलबार, मंसिर १९, २०८०
हडैयामा निर्माणाधीन पक्की पुल भत्किन थाल्यो
हडैयामा निर्माणाधीन पक्की पुल भत्किन थाल्यो मंगलबार, मंसिर १९, २०८०
अटोचालक अनिता सारुको अनुभव : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ
अटोचालक अनिता सारुको अनुभव : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ मंगलबार, मंसिर १९, २०८०
नेप्से परिसूचकमा गिरावट
नेप्से परिसूचकमा गिरावट आइतबार, मंसिर १७, २०८०
लोकप्रिय
  • नंः १ सुत्केरी व्यथा लागेपछि पानसराले बाटोमै जन्माइन् बच्चा
  • नंः २ अटोचालक अनिता सारुको अनुभव : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ
  • नंः ३ ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति
  • नंः ४ उदयपुरकाे कटारी-१ कालीखोलाबाट जग्गा नापी शुरु
  • नंः ५ नामी साप्ताहिक
विचार
ट्रेकिङमा चिसोको प्रभाव, सावधानी अपनाऔं
ट्रेकिङमा चिसोको प्रभाव, सावधानी अपनाऔं NamiNews- नामीन्यूज
अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या
अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या NamiNews- नामीन्यूज
लभ बम्बिङ र लैङ्गिक हिंसाको पुनःपरिभाषा
लभ बम्बिङ र लैङ्गिक हिंसाको पुनःपरिभाषा NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रहरी अनुरोध : भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु
प्रहरी अनुरोध : भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु NamiNews- नामीन्यूज
टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा १० वटा रिट दायर
टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा १० वटा रिट दायर NamiNews- नामीन्यूज
टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय
टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय NamiNews- नामीन्यूज
Krishi Samagri Company Limited Krishi Samagri Company Limited
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्