Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • ENEnglish
  •   E-paper
बुधबार, साउन २५, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक हुने
एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक हुने
Nami News
Nami News मंगलबार, असार ७, २०७९
NEB

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।

अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताए। “सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गरिने तयारीमा छौँ । ” उनले भने।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।

यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०९:२७
##NationalExaminationsBoard
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन विद्यालयलाई बोर्डको निर्देशन बिहीबार, साउन १९, २०७९
अपरेशन भएपछि के खाने ? के नखाने ?
अपरेशन भएपछि के खाने ? के नखाने ? शनिबार, साउन १४, २०७९
एसइई परीक्षाको नतिजा आज सार्वजनिक हुने
एसइई परीक्षाको नतिजा आज सार्वजनिक हुने बुधबार, साउन ११, २०७९
कोरोना सङ्क्रमणबाट १ जनाको निधन, ५६८ सङ्क्रमित
कोरोना सङ्क्रमणबाट १ जनाको निधन, ५६८ सङ्क्रमित सोमबार, साउन ९, २०७९
कोरोना सङ्क्रमितको सङ्ख्यामा बृद्धि
कोरोना सङ्क्रमितको सङ्ख्यामा बृद्धि बुधबार, असार २९, २०७९
नेपालमा सङ्क्रमण दर बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन 
नेपालमा सङ्क्रमण दर बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन  शनिबार, असार १८, २०७९
उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री देउवा
उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री देउवा मंगलबार, असार १४, २०७९
हैजाका बिरामी बढ्याे, सतर्कता अपनाउन आग्रह 
हैजाका बिरामी बढ्याे, सतर्कता अपनाउन आग्रह  मंगलबार, असार १४, २०७९
नशारोग विशेषज्ञ : मस्तिष्कघात हुनेबित्तिकै विशेषज्ञ उपचार सेवा पाए पूर्ववत् अवस्थामा फर्किन्छ 
नशारोग विशेषज्ञ : मस्तिष्कघात हुनेबित्तिकै विशेषज्ञ उपचार सेवा पाए पूर्ववत् अवस्थामा फर्किन्छ  सोमबार, असार १३, २०७९
लोकप्रिय
  • नंः १ गगन थापाको चुनावी क्षेत्रमा समाजसेवी शिवराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी घोषणा
  • नंः २ सुनिता बुढाक्षेत्री र अमृत खातीको आवाजमा ‘नाइ भन्छ मायाले’ सार्वजनिक
  • नंः ३ नेपाल अडिटर्स एशोसिएशन (अडान)को १७औं स्थापना दिवस भब्यतापूर्वक सम्पन्न
  • नंः ४ तामाकोशीका कुलवहादुर घिसिङले जिते डिशहोम नगद १ लाख
  • नंः ५ सप्तकोसीले धार सोझ्याउँदा उदयपुर र सप्तरी क्षेत्र प्रभावित
विचार
वर्षेनीको बाढी-पहिरो समस्या
वर्षेनीको बाढी-पहिरो समस्या Nami News
एसईई परीक्षाकाे नतिजामा गिरावट
एसईई परीक्षाकाे नतिजामा गिरावट Nami News
निरङ्कुस लोकतन्त्र
निरङ्कुस लोकतन्त्र कपिल अर्याल
सूचना-प्रविधि
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ Nami News
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  Nami News
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्