काठमाडौ । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको डिएनए शाखामा कार्यरत प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराएका व्यक्तिको पहिचानका लागि जैविक नातेदारको रगतको नमूना सङ्कलन गरी डिएनए परीक्षण गरिने बताएको छ ।
पोखरेलका अनुसार डिएनए परीक्षण व्यक्ति पहिचान गर्ने भरपर्दो वैज्ञानिक विधि हो । उनका अनुसार बुबा वा आमा हराएको अवस्थामा छोरा वा छोरीमध्ये एकजनाको रगतको नमूना लिएर परीक्षण गर्न सकिन्छ ।
त्यस्तै, छोरा वा छोरी हराएको अवस्थामा बुबा वा आमामध्ये एक जनाको नमूना लिएर पहिचान गर्न सकिन्छ। हराएका व्यक्तिका बुबा, आमा तथा छोरा-छोरी कोही नभएको अवस्थामा दाजुभाइ वा दिदीबहिनीको डिएनए नमूना लिएर पनि जैविक सम्बन्धका आधारमा पहिचान गर्न सकिने उनले बताए।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ २१:०६