Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • नेपाल अडिटर्स एशोसिएशन (अडान)को १७औं स्थापना दिवस भब्यतापूर्वक सम्पन्न
नेपाल अडिटर्स एशोसिएशन (अडान)को १७औं स्थापना दिवस भब्यतापूर्वक सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २१, २०७९

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आफ्नो १७औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरी भब्यताकासाथ सम्पन्न गरेको छ ।

स्थापना दिवसको शुभअवसरमा काठमाडाैमा रक्तदान, नेपाल लेखामान (NFRS for SMEs, MEs, NPOs), मौद्रिकनीति २०७९, हालै कर तथा कर विवरणमा भएका परिवर्तनका शेसनहरु समेत सञ्चालनमा ल्याएको हो ।

17th Audan day2jpg1659795355.jpg

अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सञ्चालित शो शेसनहरुमा नेपाल लेखामान शेसनको अध्यक्षता लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापा, मौद्रीकनीति शेसनको अध्यक्षता नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य एवम् निवर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका थिए ।

कार्यक्रमको अवसरमा नेपाल लेखामान (NFRS for SMEs, MEs, NPOs) शेसनमा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेको थियो ।

 कार्यपत्रमाथि एक्यानका अध्यक्ष दिपक पाण्डे, FNCCI राजश्व परामर्श समितिका सदस्य सन्दीप अग्रवाल, चेम्बर अफ कमर्शका सचिब पर्शुराम दाहाल, ग्रिल तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, एसिसिए ग्लोबलका नेपाल प्रमुख रबिन कटवालले टिप्पणी गरेका थिए ।

audan1659795552.jpg

त्यस्तै, एन.एफ.आर.एस. वारे जनचेतना नपुगेको समन्वय नभएको, लागू गर्न खर्च बढी लाग्ने भएको र हालको एसएमई., एमई को सिमामा पुनर्बिचार हुनुपर्ने तर संसारका अधिकांश देशमा मानहरु लागू भइसकेकोले नेपालमा पनि गर्नुपर्नेमा जोड दिइएको थियो ।

१७औं अडान डे को अवसरमा माननीय महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल) को प्रमुखआतिथ्यतामा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सुजनकुमार काफ्ले, नेपाल उद्योग नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपककुमार मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेशप्रसाद सिंह, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराई, अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी र संस्थापक अध्यक्ष कमल खरेल लगायतले शुभकामना दिएका थिए ।

17th Audan day.3jpg1659795354.jpg

कार्यक्रमको अध्यक्षता अडानका अध्यक्ष केदारनाथ पौडेल, सञ्चालन महासचिव प्रेमबहादुर श्रेष्ठ र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले गरेका थिए । साथै आईक्यानको नवौं परिषदबाट निर्वाचित अध्यक्ष भाष्कर सिंह लाला र उपाध्यक्ष सुजनकुमार काफ्लेलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

अडानका संस्थापक अध्यक्ष कमल खरेललाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो भने सोहि दिन काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमाला प्रमुख अतिथी टंकमणि शर्मा (दङ्गाल),अडान केन्द्रीय कार्यसमितिका अध्यक्ष केदारनाथ पौडेल र काठमाडौं जिल्ला कार्यसमतिका अध्यक्ष पुर्णबहादुर चन्दले बिमोचन गरेको थियो ।

296370444_10158810511467212_5768750999906292910_n1659796610.jpg

माननीय महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल)ले सबै लेखापरीक्षकहरु नियमनकारी निकायका सदस्य भएकाले सबैले आफैलाई  स्वनियमन गर्नुपर्ने बताएका थिए । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले NFRS for SMEs को सिमामा परिवर्तन गरी कम्तीमा ५० करोड हुनुपर्ने बताएका थिए भने अडानका अध्यक्ष केदारनाथ पौडेलले सबै सदस्यहरुको हकहित र चुनौतिका सम्बन्धमा संस्था प्रतिबद्ध रहेको बताएका थिए ।

“अडान डे” को अवसरमा नै उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै १०० जनाले रक्तदान गरेका थिए। आजै मुलुकभरका जिल्ला तथा प्रदेश समितिहरुले अन्तर्क्रिया, सेमिनार, गोष्ठी, रचनात्मक सामाजिक उतरदायित्वका क्रियाकलाप रक्तदान, बृद्धहरुलाई खाना खुवाउने, असहायहरुलाई कपडा बितरण, फलफुल र स्टेशनरी बितरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १९:४४
##Audan
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम शुक्रबार, असार २६, २०८३
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक बुधबार, असार १०, २०८३
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः २ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ३ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ४ मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
  • नंः ५ मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्