ललितपुर । ललितपुर युवा व्यवसायी तथा विभिन्न संघसंस्था मार्फत मानव कल्याणमा समर्पित हुँदै आएका रोकेश अवालेले समावेश्य सिद्धान्तमा आधारित भई ललितपुर उद्योग वाणिज्य सङ्घको असोज २३ र २४ गते हुने निर्वाचनमा कार्य समिति सदस्य पदका लागि वाणिज्यतर्फबाट स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् ।
युवा उद्यमीहरूलाई प्रेरणादायी भूमिका निर्वाह गरी तिनको काँधमा काँध मिलाई हिँड्ने विशेष उद्देश्य लिएर निर्वाचनमा होमिएका अवाले लामो समयदेखि कम्प्युटर तथा सूचना प्रविधि क्षेत्रमा व्यवसाय गर्दै आएका एक सफल व्यवसायी हुन् । हाल उनी इन्फोवेज कम्प्युटर सिस्टमका सञ्चालक तथा गोल्डेन टेम्पल मल्टी बिजनेस प्रालिका निर्देशकका रूपमा कार्यरत छन् ।
विश्वभरिका प्राय देशहरू उद्योग वाणिज्य क्षेत्रमा युवाहरूको सहभागिता र भूमिकाकै कारण विकसित भएको दृष्टान्तलाई आत्मसात गर्दै नेपालमा पनि युवाहरूलाई उद्योग व्यवसायमा अधिक मात्रामा संलग्न गराई साना तथा मझौला व्यवसायीहरूको हितमा आफूलाई समर्पित गराउने मुख्य एजेण्डा बोकेका अवालेलाई विजयी गराउन सके हाल ललितपुरको उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधान हुने कुराको महसुस अहिले सर्वत्र हुन थालेको छ ।
नामी साप्ताहिक
प्रकाशित मिति: शनिबार, असोज २४, २०८३ ०९:५३