काठमाडौँ । नेपालकाे एकमात्र न्यूजपाेर्टल तथा एप डेभलपर कम्पनी सफ्टनेट प्रा लि ले खेलप्रेमीहरुका निम्ति स्पोर्ट्स प्रेडिक्सन एप ‘खेलरो’ विकसित गरेको छ ।
अब नेपाली खेलप्रेमीहरूले क्रिकेटको सम्भावित नतिजा अनुमान गरी अंक कमाउन र लिडरबोर्डमा प्रतिस्पर्धा गर्न सक्नेछन्। सफ्टनेटद्वारा निर्मित ‘खेलरो’ एप बेटिङ नभई विशुद्ध ज्ञान र अनुमानमा खेल्नका लागि यो प्लेटफर्ममा कुनै शुल्क लाग्ने छैन।
अन्तर्राष्ट्रिय फुटबलबाट यात्रा शुरु गरेको ‘खेलरो’ एपले नेपाली क्रिकेटलाई समेट्दै खेलप्रेमीहरूका निम्ति अझ अन्तरक्रियात्मक र रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। ‘खेलरो’ स्पोर्ट्स एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको एप डेभलपर कम्पनीले जनाएको छ।
सफ्टनेट प्रा लि नेपालकै एक उत्कृष्ट तथा प्रतिष्ठित न्यूजपोर्टल र एप निर्माण कम्पनी हो, जसले अहिलेसम्म हजारौं वैयक्तिक, कमर्शियल न्यूजपोर्टल र एपहरु विकसित गरिसकेका छन् ।
यस्तैगरी भविष्यमा पनि 'ग्राहकको रोजाई नै हाम्रो सन्तुष्टी' उक्तिलाई ध्यानमा राख्दै युगको मागअनुरुप परिमार्जित न्यूजपोर्टल र एपहरु निर्माण गर्दै जाने कम्पनीका प्रबन्ध निर्देशक सुनिल रिजालले बताए ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३ २१:१३