Top Navigation
Main Navigation
शनिबार, वैशाख १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, वैशाख १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • सपना बोकेर आएकी थिएँ, असाध्यै खुशी छु : एथलेटिक्स कीर्तिमानी चौधरी
सपना बोकेर आएकी थिएँ, असाध्यै खुशी छु : एथलेटिक्स कीर्तिमानी चौधरी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज २९, २०७९

कास्की । बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो । विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर उनले जिल्लास्तरीय प्रतियोगिता खेल्न सुरु गर्यो ।

जिल्लामा राम्रो गरेपछि उनी विभागीय टोलीको नजरमा परे । नेपाली सेनामा आबद्ध भएपछि चौधरीलाई खेलका लागि अझ राम्रो वातावरण मिल्यो ।

विभागीय टोलीमा रहेर खेलकुदमा केन्द्रित भएर लागिरहँदा चौधरीको खेल जीवनमा आज ठूलो सफलता मिलेको छ ।

पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला १०० मिटर दौडमा यसअघिको कीर्तिमान तोड्दै सरस्वतीले स्वर्ण पदक जितेपछि उनी असाध्यै खुशी छन् ।

सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदा उनको खेल जीवनमा उत्साह थपिएको छ।

यसअघि हिटमा लुम्बिनी प्रदेशका निशा चौधरीले १२ दशमलव १५ सेकेण्डको कीर्तिमानलाई फाइनलमा सरस्वतीले तोडिन्। निशाले निर्धारित दूरी पूरा गर्न १२ दशमलव २२ सेकेण्डको समय लगाएको थियो ।

यसअघि देवीमाया पनेरुको नाममा रहेको १२ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान निशाले १२ दशमलव १५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएको थियो ।

यसअघि दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण पदक हासिल गरेको थियो । त्यसबेला उनले १२ दशमलव १९ सेकेण्डमा निर्धारित दूरी पार गरेको थियो ।

आठौँदेखि नै उनको मनमा नयाँ कीर्तिमान कायम गर्नुपर्दछ भन्ने लागिरह्यो तर उनी ठ्याक्कै आजै रेकर्ड राख्छु भन्ने चाहिँ नसोचेको बताउँछन्।

उनले भनिन्, “जिल्लास्तरीय खेल्दादेखि नै सबैले तिमीले राम्रो गर्छौ, भन्नुहुन्थ्यो, आफूलाई कमजोर सोचेको थिइनँ। राष्ट्रिय कीर्तिमानको सपना बोकेर नै प्रतियोगिता खेल्न आएको हुँ । सक्छु कि सक्दिन भनेर मनमा लागिरहन्थ्यो। कीर्तिमान बनाउँदा अहिले असाध्यै खुशी छु ।”

चौधरी आफ्नो खेल जीवनको सफलतामा धेरै गुरुको साथ रहेको बताउँछन् । कीर्तिमान राख्नका लागि ठूलो मेहनत गरेको भन्दै उनले यसलाई कायमै राख्न थप मेहनत गर्ने बताएकी छन् ।

“जिल्लास्तरीय प्रतियोगितामा विद्यालयबाट विक्रमचन्द्र गुरुले ल्याउनुभयो । पछि आर्मीमा जोइन भएपछि त्यहाँ खेलको राम्रो वातावरण बन्यो, पछि ओलम्पिकसमेत खेलेँ”, चौधरीले भनिन् । उनी विसं २०७४ देखि विभागीय नेपाली सेनामा आबद्ध छन्।

यसैगरी पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरीको एपिएफका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेको छ। उनले निर्धारित दौड १० दशमलव ५६ सेकेण्डमा पूरा गरेको हो ।

पार्कीले यसअघि सन् १९९९ मा रामकृष्ण चौधरीले १० दशमलव ७१ सेकेण्डको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो। एथलेलिक्टमा एकैदिन सात स्वर्ण पदकको छिनोफानो भएको छ ।

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि पोखरामा थप विभिन्न १२ खेल भएका छन् । असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु भएका हुन् ।

प्रतियोगिताअन्तर्गतका केही खेल असोज २३ देखि नै सुरु भएका थिए । अधिकांश प्रदेशका आठ जिल्लामा खेल भइरहेका छन्। आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । 

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका ६ हजार १ सय ५७ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १९:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
ड्रग्स घर–घरकी कहानी भनेझै सबैको समस्या...
ड्रग्स घर–घरकी कहानी भनेझै सबैको समस्या... शनिबार, वैशाख ५, २०८३
एनआरएनए अध्यक्ष डा हेमराज शर्माको प्रतिबद्धता : "अब संगठनलाई नयाँ उर्जा र दृष्टिकोणकासाथ अगाडि बढाउँने।"
एनआरएनए अध्यक्ष डा हेमराज शर्माको प्रतिबद्धता : "अब संगठनलाई नयाँ उर्जा र दृष्टिकोणकासाथ अगाडि बढाउँने।" शनिबार, चैत ७, २०८२
मौनअवधिकाे चलखेललाई विशेष निगरानी गरिएकाे छ : निर्वाचन आयुक्त, सगुन शम्शेर राणा
मौनअवधिकाे चलखेललाई विशेष निगरानी गरिएकाे छ : निर्वाचन आयुक्त, सगुन शम्शेर राणा बुधबार, फागुन २०, २०८२
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा    
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा     शनिबार, पुस २६, २०८२
महान्यायाधिवक्ता भण्डारीले के भने ?
महान्यायाधिवक्ता भण्डारीले के भने ? बिहीबार, असोज २, २०८२
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी शनिबार, भदौ १४, २०८२
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर 
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर  शनिबार, भदौ ७, २०८२
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल शनिबार, साउन ३२, २०८२
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई शनिबार, साउन १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
  • नंः ५ नामी साप्ताहिक
विचार
पहिलो माया अमर माया
पहिलो माया अमर माया दीपक विवश आँशु
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास NamiNews- नामीन्यूज
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्