Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिमा नयाँ समिकरण
राजनीतिमा नयाँ समिकरण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, मंसिर १२, २०७९

हरेक एक दशकको युगमा नेपालमा केही न केही परिवर्तन हुने गरेको छ । त्यो परिवर्तनको छनक मंसीर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको आम निर्वाचनवाट देखाइसकेको छ । नेपाली जनतामा कति धेरै वितृष्णा नेपाली राजनीतिप्रति देखिएको छ भन्ने कुरा चुनावी परिणामले देखाइसकेको छ । 

नयाँ युवा पुस्तालाई पुरानै बूढा पुस्ताको खैजडी तालको राजनीति पटक्कै मन पर्न छाडेको यो चुनावी परिणामले देखाइसकेको छ । माउपार्टीहरुलाई पाखा लगाउंदै स्वतन्त्र तथा स्वतन्त्रको नाममा स्थापना भएका नयाँ पार्टीहरुले यो चुनाववाट स्थान जमाएका छन् । जसमा धेरै नयाँ पुस्ताका संभावना वोकेका युवाहरु छन् । माउपार्टीवाट जितेका उही पुराना बूढा अनुहार नै बढी छन् । 

फेरि पनि उही बूढो र पुरानो पुस्ताकै वर्चश्व रहने गरी राजनीतिक गठबन्धनको सरकार बन्न पुगेको खण्डमा सो गठबन्धित सरकारले अहिलेको चुनावपछि बढीमा एक वर्ष वा डेढ वर्षभन्दा अधिक समय टिक्न सक्ने क्षमता गुमाउनेछ । यसले गर्दा पुरानो पुस्ताप्रतिको युवाको आक्रोश अझै चुलिएर जाने निश्चित छ ।

हाल गठबन्धन गरेर आ–आफ्ना सामूहिक स्वार्थ पूरा गर्नको लागि गरिएको गठबन्धनका बीचमा दरार पैदा हुन थालेपछिका दिनमा कुकुर–बिरालाको जसरी यिनका बीचमा कुटामार हुन थाल्नेछ । यसरी अहिलेको गठबन्धन ध्वस्त भएपछिका कालखण्डमा गठबन्धनकै कुनै टुक्राले सत्ताले गरेका कुकर्मको भण्डाफोर गर्न बाध्य बन्ने त नभनौँ आफ्ना स्वार्थ पूरा गराउने अस्त्रको रुपमा उपयोग हुने धेरै संभावना हुन्छ। स्वतन्त्रका नाममा सत्तामा पुगेका नयाँ मान्छे तथा पार्र्टीसंग सत्ता टिकाउने वहानामा माउपार्टीहरु सांसद किनबेचमा जाने अर्को डरलाग्दो स्थितिमा जान सक्ने संभावना पनि छन् ।

यदि आम चुनावमा गठबन्धनले विजय हासिल गरेर सत्ताको बागडोर सम्हाले पनि बाँकी सबैलाई सन्तुष्ट बनाउन नसकेका कारण एक–अर्काका खराब कामको एक–अर्काले पर्दाफास गर्दै जानुपर्ने बाध्यात्मक अवस्था आइपर्नेछ । यस अवस्थामा उनीहरुका गोप्यता स्वतः बाहिर छताछुल्ल हुनेछन् । 

त्यसपछि आम जनताको आक्रोश उनीहरुको विरुद्धमा खनिनुका साथै गठबन्धन हराएर जानेछ । त्यति भएर पनि सत्ताको मोहले नछाडेपछि सामान्य जनता सडकमा उत्रिएर विद्रोहको तयारीमा लाग्नुपर्ने अवस्था सिर्जना हुनेछ । 

यस्तो स्थिति सिर्जना हुनुअघि नै सत्तामा पुगेका पुराना तथा नयाँ पार्टीका नेता सवैले ठूलै अभ्यास गर्न र गराउन आवश्यक छ । नेपाली जनताभन्दा माथि अरु कोही छैन भनेर सपथ खाएर नेपाली जनताकै नाममा काम गर्न र गराउन आवश्यक छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ पासपोर्टमा सरकारको लापरबाही किन ?
  • नंः ५ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्