Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कति कुर्ने ?
कति कुर्ने ?
उमेश रेग्मी
उमेश रेग्मी शनिबार, माघ ७, २०७९

श्रीमतीलाई एकछिन कुराएर दुई चार हरफ सकाई हाल्छु भनेर लेख्न बसेको मैले नौ महिना कुर्न परेको थियो पृथ्वी देख्न पनि । आमाको गर्भमा बस्दा देखिनै कुर्न जानेको म अरुलाई कुराउन पनि खप्पिस भइसकेको कुरा गर्छन मलाई चिन्नेहरू ।

सानोमा आमाको हातबाट लिटो खान कुरेको बेलादेखि अहिले श्रीमतीले भान्छाबाट कहिले खान बोलाउँछिन भनेर कुरेको बेलासम्म, कैयौ कुरेका अनुभवहरु बटुली सकेको छु मैले ।

हरेक दिन अफिस जान बस कुर्छु । अफिस पुगेपछि घर फर्किने समय कुर्छु । महिना कहिले सकिन्छ भन्दै तलब थाप्ने दिन कुर्छु । प्रमोसन पाउने आशामा हाकिमको ढोकामा घण्टौ घण्टासम्म कुर्छु ।

मिठो खान विहे ब्रतवन्ध को निम्तो कुर्छु । राम्रो लाउन दशैँ तिहार कुर्छु । चोथाले बुढीको मुखबाट केहि राम्रो कुरा पनि निश्किन्छ कि भनेर कुरेको विहे भएदेखि नै हो ।

आफ्ना उट्पट्याङ्ग कथाहरु पत्र पत्रिकामा छापिएलान भनेर कुरेको पनि निकै भइसक्यो । यी र यस्ता अनगिन्ति कुराहरु म हरेक दिन कुरिरहेकै हुन्छु ।

यी त मेरा कुराइका कथाहरु भए । अब एकछिन अरुको पनि कुरा गरौँ ।

कमलनगरको कृष्णेले कलधाराबाट पानी थाप्न हरेक दिन कुर्नै पर्छ । खरीपाटीको खड्ग प्रसाद खैरिनीको मायाप्रितीमा फसेर विदेश जान कुरेको एक जुग भइ सक्यो ।

गितापुरको गोतामे जागिर पाउने आशामा मन्त्रीको ढोका कुरया कुरैइ छन् । घडी हेर्दै घर जाने बस कुरेका घर्ति बुढा आफ्नो छोरो अरबबाट फर्कने बाटो कुरिरहेका छन् ।

चर्तिकला देखाउँदै हिड्ने चमेली चोरको फन्दामा परेदेखि न्याय माग्दै अदालतमा कुरिरहेकी छिन् । छाता ओढ्दै हिडेको मेरो छोरो पानी थामिने बेला कुरिरहेको छ ।

जनकपुरको जयराम रेल आउने बाटो कुरिरहेको छ । झम्सिखेलको झलकमान नशामा झल्लु हुन सँगै पिउने साथी कुरिरहेको छ । कारण सानो होस् या ठुलो, कुरेर बस्ने सबै छन् यहाँ । केटा केटि, युवा, बृद्ध नकुर्ने कोहि छैनन् । कसैलाई नकुर्ने त त्यहि एउटा समय मात्र रहेछ, जो निरन्तर आफ्नै वेगमा दौडीरहेछ ।

भगवान त समय भन्दा पनि सक्तिशाली भन्थे तर उनी नै आफ्ना भक्त कुरिरहेका छन् । उता भक्तहरु भगवान खोज्दै मन्दिरमा कुरेर बसेको जुगौदेखि नै हो ।

कोही मस्जिदमा कुरिरहेछन् त कोहि गिर्जाघरमा । भगवानको दर्शन गराई दिने आश्वाशन दिदै धुर्त साधुहरु सारा समाजलाइ कुराइरहेका छन् । धर्मको व्यापारले पुरै संसारलाई नै अनिश्चितताको बाटोमा कुराई राखेको छ ।

धर्म कर्मको कुरा एकछिन छोडेर अन्य विषय हेर्ने हो भने, सिङ्गै देश विकाश कुरिरहेको छ । युवा नेताहरु बुढाहरु कहिले खुस्केलान र हाम्रो पालो आउने हो भन्दै कुरिरहेका छन् ।

सत्ता पक्ष विदेशी अनुदानले भुँडी भर्ने दिन कुरिरहेको छ । बिपक्षी दल सत्तामा जाने अवशर कुरिरहेको छ । व्यापारी ग्राहक कुरिरहेको छ । बिरामी डाक्टर कुरिरहेको छ । भ्रष्टाचारी घुस कुरिरहेको छ । तस्कर एअरपोर्टमा सुन कुरिरहेको छ । दलाल आसामी कुरिरहेको छ ।

किसान रोपाई ढिलो भयो भन्दै मनसुन कुरिरहेको छ । तपाई हामी बजार भाउ कहिले सस्तो होला भन्दै कुरिरहेका छौ । दायरा फराकिलो गरेर विदेशतिर हेर्ने हो भने देखि पनि कुर्नेहरुको लश्कर प्रशस्तै देखिन्छ ।

अमेरिका बस्ने माइकल चन्द्रमा जाने दिन कुर्दैछ । बेलायती जोन क्यान्सरको औषधी आउने दिन कुरिरहेको छ ।     
जापानको अकाने विना उपकरण आकाशमा उड्न सक्ने प्रविधि कुरिरहेको छ ।

चाइनाको झिंग संसार भर सुरुङ्ग मार्गबाट यात्रा गर्न सकिन्छ भन्दै सुरुङ्ग निर्माणको शुरुवात कुरिरहेको छ । यिनीहरुको जस्तो अरु विदेशीका पनि कुराइ देख्दा मलाई आफ्नो कुराइ निरर्थक लाग्छ ।

आखिर कुर्ने नै हो, पाउने नपाउने भन्ने कुरा भविष्य कै गर्भमा छ त्यसैले अर्थपूर्ण र निरर्थक जे भए पनि के फरक पर्यो र भन्नुहोला पाठकहरुले तर मलाई चाही कुर्नुको पनि केहि महत्व भए राम्रो हुन्थ्यो भन्ने लाग्छ जस्तै बगैचामा प्रेमिकालाई कुर्नु, विहेपछि ससुरालीको निम्तो कुर्नु, कान्छी सालीसँग आँखा छोपी खेल कुर्नु, जेठानसँग दुई पेग लगाउने साइत कुर्नु अनि सालोलाई काम अह्राउने वहाना कुर्नु, सबै अर्थपूर्ण कुराई नै हुन् नि, हैन र !

कुर्ने र कुराउनेको बिचमा परेको खण्डमा हुने हविगतको छुट्टै महात्म्य गाउने जमात पनि ठुलै भेटिन्छ । म पनि कसरि अपवाद हुन सक्थे र ! यी दुई कुर्ने र कुराउनेको बिचमा जाँतोमा दाल दलिए झैँ धेरै चोटी दलिनु परेको छ मैले ।

एउटा सामान किन्ने भनेर लगेकी श्रीमतीले जब दश वटा पसलमा दश थोक किन्दा कुराउँछिन् एकतिर अनि अर्कोतिर पसलेले कुराउँछ, तब आफू जाँतोमा पिंधिये भन्दा केहि कम महसुस हुँदैन मलाई ।

मेरो यो अनुभव सबै श्रीमानहरुको हो भन्ने कुरामा मलाई यति यकिन छ कि जति यहाँका नेताहरुले देश विकाश एकातिर पैसो जति खल्तितिर भन्ने नारामा जनतालाई कुराएर आफैलाई सपारेको स्थिति जस्तो ।

अरु उदाहरणहरु पनि छन् कति तर यतिखेर दिमागले काम नगरिदिँदा आफू स्वयमलाई र मेरा पाठकहरुलाई कुर्ने र कुराउनेको बिचमा पिंधिनु परेको गजबको अनुभव बोध हुन थालिरहेको छ । को पिंधियो, कसले कुरायो र कसले कुर्नु पर्यो भन्ने कुरा पनि नेताहरुको भाषण झैँ केहि अर्थ न बर्थको हुन पुगेको छ ।

यसै क्रममा मेरो लेखाई कतिखेर सकिन्छ र बजार जाउँ भनेर कुरेकी श्रीमतीको धैर्यताको बाँध भत्किने बेला भइसकेछ, नजिकै आएर बड्बडाउन थालिन्, “कति कुर्नु ! कुर्नेको पनि सिमा हुन्छ नि । कुर्दा कुर्दा थाकी सके म त।“ 

मैले उनीलाई अरु कुराउन चाहिन बरु आफ्ना पाठकहरु नै समझ्दार छन् भन्दै आफ्नो यो लेख्ने क्रमलाई यहि नै थाँती राखेँ । अब यो अधुरो कथालाई पूरा नगरुन्जेलसम्म पाठकवृन्दहरु कुरेर बस्नुहोस्, म चाहीँ बिदा माग्छु ।

- नामी साप्ताहिक

-उमेश रेग्मी , लण्डन ।
 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १०:१०
##waiting
प्रतिक्रिया दिनुहोस्
थप समाज
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्