Top Navigation
Main Navigation
मंगलबार, भदौ २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कति कुर्ने ?
कति कुर्ने ?
उमेश रेग्मी
उमेश रेग्मी शनिबार, माघ ७, २०७९

श्रीमतीलाई एकछिन कुराएर दुई चार हरफ सकाई हाल्छु भनेर लेख्न बसेको मैले नौ महिना कुर्न परेको थियो पृथ्वी देख्न पनि । आमाको गर्भमा बस्दा देखिनै कुर्न जानेको म अरुलाई कुराउन पनि खप्पिस भइसकेको कुरा गर्छन मलाई चिन्नेहरू ।

सानोमा आमाको हातबाट लिटो खान कुरेको बेलादेखि अहिले श्रीमतीले भान्छाबाट कहिले खान बोलाउँछिन भनेर कुरेको बेलासम्म, कैयौ कुरेका अनुभवहरु बटुली सकेको छु मैले ।

हरेक दिन अफिस जान बस कुर्छु । अफिस पुगेपछि घर फर्किने समय कुर्छु । महिना कहिले सकिन्छ भन्दै तलब थाप्ने दिन कुर्छु । प्रमोसन पाउने आशामा हाकिमको ढोकामा घण्टौ घण्टासम्म कुर्छु ।

मिठो खान विहे ब्रतवन्ध को निम्तो कुर्छु । राम्रो लाउन दशैँ तिहार कुर्छु । चोथाले बुढीको मुखबाट केहि राम्रो कुरा पनि निश्किन्छ कि भनेर कुरेको विहे भएदेखि नै हो ।

Nepal Oil Corporation

आफ्ना उट्पट्याङ्ग कथाहरु पत्र पत्रिकामा छापिएलान भनेर कुरेको पनि निकै भइसक्यो । यी र यस्ता अनगिन्ति कुराहरु म हरेक दिन कुरिरहेकै हुन्छु ।

यी त मेरा कुराइका कथाहरु भए । अब एकछिन अरुको पनि कुरा गरौँ ।

कमलनगरको कृष्णेले कलधाराबाट पानी थाप्न हरेक दिन कुर्नै पर्छ । खरीपाटीको खड्ग प्रसाद खैरिनीको मायाप्रितीमा फसेर विदेश जान कुरेको एक जुग भइ सक्यो ।

गितापुरको गोतामे जागिर पाउने आशामा मन्त्रीको ढोका कुरया कुरैइ छन् । घडी हेर्दै घर जाने बस कुरेका घर्ति बुढा आफ्नो छोरो अरबबाट फर्कने बाटो कुरिरहेका छन् ।

चर्तिकला देखाउँदै हिड्ने चमेली चोरको फन्दामा परेदेखि न्याय माग्दै अदालतमा कुरिरहेकी छिन् । छाता ओढ्दै हिडेको मेरो छोरो पानी थामिने बेला कुरिरहेको छ ।

जनकपुरको जयराम रेल आउने बाटो कुरिरहेको छ । झम्सिखेलको झलकमान नशामा झल्लु हुन सँगै पिउने साथी कुरिरहेको छ । कारण सानो होस् या ठुलो, कुरेर बस्ने सबै छन् यहाँ । केटा केटि, युवा, बृद्ध नकुर्ने कोहि छैनन् । कसैलाई नकुर्ने त त्यहि एउटा समय मात्र रहेछ, जो निरन्तर आफ्नै वेगमा दौडीरहेछ ।

भगवान त समय भन्दा पनि सक्तिशाली भन्थे तर उनी नै आफ्ना भक्त कुरिरहेका छन् । उता भक्तहरु भगवान खोज्दै मन्दिरमा कुरेर बसेको जुगौदेखि नै हो ।

कोही मस्जिदमा कुरिरहेछन् त कोहि गिर्जाघरमा । भगवानको दर्शन गराई दिने आश्वाशन दिदै धुर्त साधुहरु सारा समाजलाइ कुराइरहेका छन् । धर्मको व्यापारले पुरै संसारलाई नै अनिश्चितताको बाटोमा कुराई राखेको छ ।

धर्म कर्मको कुरा एकछिन छोडेर अन्य विषय हेर्ने हो भने, सिङ्गै देश विकाश कुरिरहेको छ । युवा नेताहरु बुढाहरु कहिले खुस्केलान र हाम्रो पालो आउने हो भन्दै कुरिरहेका छन् ।

सत्ता पक्ष विदेशी अनुदानले भुँडी भर्ने दिन कुरिरहेको छ । बिपक्षी दल सत्तामा जाने अवशर कुरिरहेको छ । व्यापारी ग्राहक कुरिरहेको छ । बिरामी डाक्टर कुरिरहेको छ । भ्रष्टाचारी घुस कुरिरहेको छ । तस्कर एअरपोर्टमा सुन कुरिरहेको छ । दलाल आसामी कुरिरहेको छ ।

किसान रोपाई ढिलो भयो भन्दै मनसुन कुरिरहेको छ । तपाई हामी बजार भाउ कहिले सस्तो होला भन्दै कुरिरहेका छौ । दायरा फराकिलो गरेर विदेशतिर हेर्ने हो भने देखि पनि कुर्नेहरुको लश्कर प्रशस्तै देखिन्छ ।

अमेरिका बस्ने माइकल चन्द्रमा जाने दिन कुर्दैछ । बेलायती जोन क्यान्सरको औषधी आउने दिन कुरिरहेको छ ।     
जापानको अकाने विना उपकरण आकाशमा उड्न सक्ने प्रविधि कुरिरहेको छ ।

चाइनाको झिंग संसार भर सुरुङ्ग मार्गबाट यात्रा गर्न सकिन्छ भन्दै सुरुङ्ग निर्माणको शुरुवात कुरिरहेको छ । यिनीहरुको जस्तो अरु विदेशीका पनि कुराइ देख्दा मलाई आफ्नो कुराइ निरर्थक लाग्छ ।

आखिर कुर्ने नै हो, पाउने नपाउने भन्ने कुरा भविष्य कै गर्भमा छ त्यसैले अर्थपूर्ण र निरर्थक जे भए पनि के फरक पर्यो र भन्नुहोला पाठकहरुले तर मलाई चाही कुर्नुको पनि केहि महत्व भए राम्रो हुन्थ्यो भन्ने लाग्छ जस्तै बगैचामा प्रेमिकालाई कुर्नु, विहेपछि ससुरालीको निम्तो कुर्नु, कान्छी सालीसँग आँखा छोपी खेल कुर्नु, जेठानसँग दुई पेग लगाउने साइत कुर्नु अनि सालोलाई काम अह्राउने वहाना कुर्नु, सबै अर्थपूर्ण कुराई नै हुन् नि, हैन र !

कुर्ने र कुराउनेको बिचमा परेको खण्डमा हुने हविगतको छुट्टै महात्म्य गाउने जमात पनि ठुलै भेटिन्छ । म पनि कसरि अपवाद हुन सक्थे र ! यी दुई कुर्ने र कुराउनेको बिचमा जाँतोमा दाल दलिए झैँ धेरै चोटी दलिनु परेको छ मैले ।

एउटा सामान किन्ने भनेर लगेकी श्रीमतीले जब दश वटा पसलमा दश थोक किन्दा कुराउँछिन् एकतिर अनि अर्कोतिर पसलेले कुराउँछ, तब आफू जाँतोमा पिंधिये भन्दा केहि कम महसुस हुँदैन मलाई ।

मेरो यो अनुभव सबै श्रीमानहरुको हो भन्ने कुरामा मलाई यति यकिन छ कि जति यहाँका नेताहरुले देश विकाश एकातिर पैसो जति खल्तितिर भन्ने नारामा जनतालाई कुराएर आफैलाई सपारेको स्थिति जस्तो ।

अरु उदाहरणहरु पनि छन् कति तर यतिखेर दिमागले काम नगरिदिँदा आफू स्वयमलाई र मेरा पाठकहरुलाई कुर्ने र कुराउनेको बिचमा पिंधिनु परेको गजबको अनुभव बोध हुन थालिरहेको छ । को पिंधियो, कसले कुरायो र कसले कुर्नु पर्यो भन्ने कुरा पनि नेताहरुको भाषण झैँ केहि अर्थ न बर्थको हुन पुगेको छ ।

यसै क्रममा मेरो लेखाई कतिखेर सकिन्छ र बजार जाउँ भनेर कुरेकी श्रीमतीको धैर्यताको बाँध भत्किने बेला भइसकेछ, नजिकै आएर बड्बडाउन थालिन्, “कति कुर्नु ! कुर्नेको पनि सिमा हुन्छ नि । कुर्दा कुर्दा थाकी सके म त।“ 

मैले उनीलाई अरु कुराउन चाहिन बरु आफ्ना पाठकहरु नै समझ्दार छन् भन्दै आफ्नो यो लेख्ने क्रमलाई यहि नै थाँती राखेँ । अब यो अधुरो कथालाई पूरा नगरुन्जेलसम्म पाठकवृन्दहरु कुरेर बस्नुहोस्, म चाहीँ बिदा माग्छु ।

- नामी साप्ताहिक

-उमेश रेग्मी , लण्डन ।
 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १०:१०
##waiting
प्रतिक्रिया दिनुहोस्
थप समाज
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः ५ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्