Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि केन्याका कोसेइलीलाई
पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि केन्याका कोसेइलीलाई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, फागुन ६, २०७९

कास्की । सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेको छ ।

पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौडमा स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेण्डमा निर्धारिता दूरी पूरा गरी उपाधि रक्षा गरेको हो । उनी यसअघि १६औँ संस्करणमा पहिलो सहभागितामा च्याम्पियन बनेको थियो।

अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेण्डमा पार गरेको थियो । उपाधिसँगै उनले ५ लाख नगद पुरस्कार पाए ।

उपाधि विजेता स्टफेनले सुन्दर सहर पोखरामा आएर दुई पटक उपाधि जित्दा आफू खुःशी भएको बताए । पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै उनले गत वर्षको तुलनामा पुरस्कार राशी समेत धेरै भएकामा आफू हर्षित भएको प्रतिक्रिया दिए ।

यसैगरी केन्याकै धावक जुलियस मोरियकीले दुई घण्टा २० मिनेट ३७ सेकेण्डमा निर्धारित दूरी पार गरी द्धितीय बनेको छ । उनले नगद ३ लाख पुरस्कार पाए।

नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय बन्न सफल हुँदै २ लाख पुरस्कार पाए । श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेण्डमा पार गरेको हो।

केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै ३० हजार पुरस्कार पाए । म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

हाफ म्याराथनमा पुलिसका राजपुराको ह्याट्रिक

यसैगरी पोखरा म्याराथन अन्तर्गतको महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाईले जिनेको छ । यसवर्षसँगै उनले पोखराको हाफ म्याराथनकोे उपाधिमा ह्याटिक पूरा गरेको छ ।

राजपुराले निर्धारित २१ किमी दूरी एक घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गर्दैै च्याम्पियन बनेर १ लाख ५० हजार पुरस्कार पाए । उनले यसअघि विसं २०७७ र विसं २०७८ मा समेत उपाधि आफ्नो पोल्टामा पारेको थियो ।

Half Marathon-11676738128.jpg

सशस्त्र प्रहरीको एपिएफका बृन्दा श्रेष्ठले द्धितीय हुँदै १ लाख पुरस्कार पाए । उनले निर्धारित दौड एक घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गरे।

नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपानेले एक घण्टा २६ मिनेट ४९ सेकेण्डमा दौड पूरा गरी तृतीय बन्दै ७५ हजार पुरस्कार प्राप्त गरे । नेपाल पुलिसका रेखा विष्टले एक घण्टा ३२ मिनेट चार सेकेण्डमा हाफ म्याराथन सम्पन्न गरी चौथो बने । उनले १५ हजार पुरस्कार पाए।

यसैगरी १० किमी महिला दौडमा सशस्त्र प्रहरीका आशा राउत उपाधि जितेको छ । उनले निर्धारित दूरी ५० मिनेट १२ सेकेण्डमा पूरा गरे । नेपाल प्रहरीका वृष्मा कुमाल द्धितीय र नेपाली सेनाका कल्पना खड्का तृतीय भए ।

पुरुष १० किमी दौडमा नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम, सेनाकै सुवास कार्की द्धितीय र पाँचथरका दीपक सुहाङ तृतीय भए । महिला तथा पुरुष १० किमीको दौडका प्रथम,द्धितीय र तृतीयले समान क्रमश ३० हजार, २० हजार र १५ हजार पुरस्कार पाए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेको थियो । मुख्यमन्त्री अधिकारीले समेत पाँच किमी दौड पूरा गरेको थियो।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  २२:१२
##marathon
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २६, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २२, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २२, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ सीमाना पारको सम्बन्ध
  • नंः ३ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः ४ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
  • नंः ५ नामी साप्ताहिक
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्