Top Navigation
Main Navigation
शनिबार, कात्तिक ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, कात्तिक ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विश्वकप क्रिकेट लिग-२ : युएईमाथि नेपालको जित
विश्वकप क्रिकेट लिग-२ : युएईमाथि नेपालको जित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, फागुन २२, २०७९

काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो ।

नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । जवाफमा युएई ४५ ओभरमा सबै विकेट गुमाउँदै  १८७ रनमा सीमित बन्यो ।

युएईका लागि ओपनर मुहम्मद वासिम शून्य रनमा आउट भएका थिए भने अर्का ओपनर आसिफ खानले ८२ रनको योगदान दिए ।

Nepal Oil Corporation

त्यसैगरी आर्यन लाक्राले ५० रन जोडे भने वृत्य अरविन्दले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

युएईलाई १८७ रनमा समेट्ने क्रममा नेपालका दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट झारे भने आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए ।

आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । त्यस्तै सन्दीप लामिछानेले २७ तथा करण केसीले १७ रन बनाए ।

युएईका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए । यस खेलसँगै नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अङ्कका साथ अङ्क तालिकाको पाँचौं स्थानमा उक्लेको छ।

यता युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अङ्कका साथ छैटौँ स्थानमा छ ।

सन् २०१९ देखि जारी उक्त प्रतियोगितामा नेपालको विदेशमा हुने यो अन्तिम त्रिकोणात्मक शृङ्खला हो । शृङ्खलाअन्तर्गत नेपालले पपुआ न्युगिनीसँगको दुवै खेल जितेको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  २०:५०
##icccricket #cricket #nepal #uae
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात बिहीबार, असोज २३, २०८२
युनिटी कप: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
युनिटी कप: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित आइतबार, असोज १२, २०८२
गोठाटार डोजाङद्वारा अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई सम्मान
गोठाटार डोजाङद्वारा अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई सम्मान शनिबार, असोज ४, २०८२
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
  • नंः २ कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
  • नंः ३ दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान
  • नंः ४ तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
  • नंः ५ यस्ताे छ, आज देशभर मौसम 
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्