Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बुधबार, चैत १५, २०७९
Nami News
Nepal Investment Mega Bank Ltd. Nepal Investment Mega Bank Ltd.
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पपुवा न्यूगिनीमाथि नेपालको ५२ रनले विजयी
पपुवा न्यूगिनीमाथि नेपालको ५२ रनले विजयी
Nami News
Nami News बिहीबार, फागुन २५, २०७९
Nepal Oil Corporation Nepal Oil Corporation

काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर २ सय ९७ रन बनाएको हो। 

जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रनमा सीमित बन्यो ।

जितसँगै नेपालले ३३ खेलमा ३४ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ । समान ३३ खेल खेलको पपुवा न्यूगिनी ९ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

नेपालका लागि ओपन आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे । खेलमा आशिफ शेखले सर्वाधिक ११० रन बनाए । कुल ११० बल खेलेका उनले २ छक्का र १२ चौका प्रहार गरेका थिए ।

आशिफको यो पहिलो एक दिवसीय शतक हो । उनी एक दिवसीयमा खेलमा शतक प्रहार गर्ने नेपालका लागि पाँचौ खेलाडी बने। यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।

शतकसँगै आशिफले एक दिवसीय खेलमा १ हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने उनी नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एक दिवसीयमा एक हजार रन पूरा गरेका थिए ।

साथै नेपालका लागि ब्याटर कुशल भुर्तेलले ४५ रन, भिम सार्कीले ४४ रन, रोहित पौडेलले ३० रन बनाए । साथै आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन र दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछोनले ७ र सोमपाल कामीले ४ र कुशल मल्लले २ रन बनाए। बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीको सुरुवात राम्रो रह्यो । पहिलो विकेट ११ दशमलव दुई ओभरमा ७७ रनमा झरेको थियो। पपुवा न्यूगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए ।

साथै असाद भालाले ४२, रिले हेकुरेले २० रनको योगदान गरे । नेपालको जितमा सन्दीप लामिछानेले चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए ।

विभिन्न सात राष्ट्र सहभागी यस सिरिजमा नेपालले अब तीन खेल खेल्न बाँकी छ । पपुवा न्यूगिनीसँगको एक र युएईसँगको दुई खेलमा विजयी भए नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ ।

लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ। स्कटल्यान्ड र ओमानले जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ ।

बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन्।

नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित चौथो स्थानमा छ । कुल ३२ खेल खेलेको युएइ ३१ अङ्कका साथ छैटौ स्थानमा छ ।

नेपालले जारी शृङखलाको आफनो दोस्रो खेल यही फागुन २८ गते युएईसँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:४३
##iccworldcup
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
शैलुङ्ग अल्ट्रा म्याराथनमा सुमन र अनिताले जिते उपाधी
शैलुङ्ग अल्ट्रा म्याराथनमा सुमन र अनिताले जिते उपाधी आइतबार, चैत ५, २०७९
विश्वकप क्रिकेट क्वालिफायरमा नेपाल 
विश्वकप क्रिकेट क्वालिफायरमा नेपाल  बिहीबार, चैत २, २०७९
विश्वकप क्रिकेट लिग-२ : युएईमाथि नेपालको जित
विश्वकप क्रिकेट लिग-२ : युएईमाथि नेपालको जित सोमबार, फागुन २२, २०७९
पपुवा न्युगिनीमाथि नेपालकाे शानदार जित
पपुवा न्युगिनीमाथि नेपालकाे शानदार जित शुक्रबार, फागुन १९, २०७९
विश्वकप क्रिकेट लिग-२ खेल्न लामिछाने युएई प्रस्थान
विश्वकप क्रिकेट लिग-२ खेल्न लामिछाने युएई प्रस्थान बुधबार, फागुन १७, २०७९
आईसीसी यू-१९ एसिया छनोटमा मलेसियामाथि नेपालको सानदार जित
आईसीसी यू-१९ एसिया छनोटमा मलेसियामाथि नेपालको सानदार जित मंगलबार, फागुन १६, २०७९
सन्दीपलाई विदेश जाने अनुमति सर्वोच्चले दिएन
सन्दीपलाई विदेश जाने अनुमति सर्वोच्चले दिएन शुक्रबार, फागुन १२, २०७९
एपिएफ सडनडेथमा भाग्यमानी सावित
एपिएफ सडनडेथमा भाग्यमानी सावित शुक्रबार, फागुन १२, २०७९
शुरु भयो सूर्य नेपाल वेस्टर्न ओपन गल्फ
शुरु भयो सूर्य नेपाल वेस्टर्न ओपन गल्फ बुधबार, फागुन १०, २०७९
लोकप्रिय
  • नंः १ साहित्य  ज्वरो
  • नंः २ विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
  • नंः ३ उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा प्रतिष्ठित व्यवसायी कार्कीको उम्मेदवारी
  • नंः ४ अलौकिक शक्तिपीठ पाथीभरा धाम
  • नंः ५ को बन्दैछ आइजिपी ?
विचार
अस्थिर जीवनशैली
अस्थिर जीवनशैली Nami News
शिक्षामा राजनीति
शिक्षामा राजनीति Nami News
तरल राजनीतिले निम्त्याएको तरलता
तरल राजनीतिले निम्त्याएको तरलता Nami News
सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा Nami News
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्