Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • शैलुङ्ग अल्ट्रा म्याराथनमा सुमन र अनिताले जिते उपाधी
शैलुङ्ग अल्ट्रा म्याराथनमा सुमन र अनिताले जिते उपाधी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, चैत ५, २०७९

काठमाडौ । नेपालका सुमन कुलुङ्गले शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन २०७९ को उपाधी जितेका छन् ।

५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनट ५८ सेकेण्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङ्ग ७ घण्टा २ मिनट ५६ सेकेण्डकासाथ महिलातर्फ अनिता राईले उपाधी जितेका हुन् ।

विजयी भएबापत कुलुङ्ग र राईले नगद ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

altra marathoon-1679232109.jpg

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको अल्ट्रा म्याराथनको पुरुषतर्फ दोश्रो स्थानमा बेद बहादुर सुनार रहे । उनले उक्त दुरी ५ घण्टा २९ मिनट ४० सेकेण्डमा पूरा गरेका हुन्। सुनारले नगद ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै ५ घण्टा ४४ मिनट २२ सेकेण्ड समयका साथ दुर्गाराज बुढा तेश्रो स्थानमा रहे । बुढाले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन्।

बागमती प्रदेश खेलकुद विकास समितिको विशेष सहयोगमा आयोजित अल्ट्रा म्याराथनको महिलातर्फ ७ घण्टा ३७ मिनट २२ सेकेण्ड समयमा साथ मञ्जु रावत द्वितीय र ७ घण्टा ४४ मिनट ५८ सेकेण्ड समयका साथ रसिला तामाङ तृतीय भए ।

Humi Budha Magar-1679232193.jpg

रावतले नगद ४० हजार र रसिलाले नगद १५ हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । ५५ कि.मि. को अल्ट्रा म्याराथनको पुरुषतर्फ अमेरिका, युकेका ४ विदेशी सहित २२ जना र महिलातर्फ ५ जनाको सहभागिता रहेको थियो ।

सुनापती गाउँपालिका, दोरम्बा शैलुङ्ग गाउँपालिका र खाँडादेवी गाउँपालिकाको सह-आयोजनामा भएको प्रतियोगिताको २५ कि.मि.को पुरुषतर्फ मोहनदेव जोशी ३ घण्टा ८ मिनट ३९ सेकेण्ड समयका साथ पहिलो, ३ घण्टा १० मिनट १० सेकेण्ड समयका साथ देवराज महतारा दोश्रो र ३ घण्टा १४ मिनट १५ सेकेण्डका साथ होमलाल श्रेष्ठ तेश्रो भए ।

यस्तै महिलातर्फ ४ घण्टा १९ मिनट ५४ सेकेण्ड समयका साथ नितु तामाङ पहिलो, ४ घण्टा २२ मिनट ४८ सेकेण्डका साथ राज्यलक्ष्मी रावल दोश्रो र ४ घण्टा ५५ मिनट ३६ सेकेण्ड समयका साथ स्विडेनकी लिन्या गोल्सेटर ९ीष्ललभब न्यकिबभतचबच० तेश्रो भईन् ।

विजयी खेलाडीहरुले क्रमश ३५, २० र १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस विधामा पुरुषतर्फ न्युजिल्याण्डका १ खेलाडीका साथै ६१ जना र महिलातर्फ स्विडेनकी १ खेलाडीका साथ २१ जनाको सहभागिता रहेको थियो।

रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजना र सुनापती शैलुङ्ग अल्ट्र म्याराथन आयोजना तथा ब्यवस्थापन समितिको ब्यवस्थापनमा भएको प्रतियोगिताको ५ कि.मि. तर्फको स्पर्धामा पुरुषतर्फ मिङ्गामार सिंगी तामाङ्ग र महिलातर्फ हुमी बुढा मगर जित हात पारे ।

मिङ्गामार २८ मिनट ३३ सेकेन्ड र हुमीले ३८ मिनट ३ सेकेण्डका साथ दुरी पूरा गर्दै पहिलो स्थान प्राप्त गरेका थिए । पुरुषतर्फ २८ मिनट ५८ सेकेन्डका साथ प्रताप खड्का दोश्रो र ३० मिनट ५६ सेकेण्डका साथ टंक कार्की तेश्रो भए ।
महिलातर्फ ४४ मिनट २५ सेकेण्ड समयका साथ अनुषा तामाङ दोश्रो र ४५ मिनट ५५ सेकेण्ड समयका साथ लक्ष्मी श्रेष्ठ तेश्रो भए ।

विजयी खेलाडीहरुले क्रमशः २० हजार, १० हजार र ५ हजार नगदका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । ५ कि.मि.कातर्फ ५६ पुरुष र २६ महिलाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन संघिय सांसद पुर्णबहादुर तामाङ (कान्छा राम) र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले संयुक्त रिवन काटेर उद्घाटन गरेका थिए ।

altra marathoon1679232048.jpg

रामेछाप जिल्लाको सुनापती ३, हिलेदेवीबाट सुरु भएको म्याराथन सुनापती गाउँपालिकाको विभिन्न स्थान हुँदै रामेछापको चर्चित देवस्थल खाँडादेवी मन्दिर, खाँडादेवी गाउँपालिकाको विभिन्न स्थान र दोरम्बा शैलुङ्ग गाउँपालिकाको विभिन्न स्थान हुँदै करिव ३२ सय मिटरको उचाईमा रहेको शैलुङ्गमा पुगेर समाप्त भएको थियो ।

विजयी खेलाडीहरुलाई रामेछाप जिल्लाका संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छा राम), बागमती प्रदेशका सांसद युवराज चौलागाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सुनापती गाँउपालिकाका प्रमुख ठुलो कान्छा तामाङ, दोरम्बा शैलुङ्ग गाउँपालिकाका प्रमुख मैनबहादुर मोक्तान, खाँडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठ, रामेछाप जिल्ला समन्वय समितिकी प्रमुख चिनादेवी खड्का कार्की, अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन धावक मिरा राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २६, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २२, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २२, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ सीमाना पारको सम्बन्ध
  • नंः ३ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः ४ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
  • नंः ५ नामी साप्ताहिक
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्