Top Navigation
  • Contact
Main Navigation
बुधबार, असार ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, असार ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
दीपक विवश आँशु
दीपक विवश आँशु आइतबार, चैत १२, २०७९

मलेसिया । साहित्यको वाद,दर्शन र सिद्धान्त भन्दा फरक लेखनमा जोड दिने अनि कला–संस्कृति, जाति, धर्म, विश्वास, मान्यता, चिन्तन, भुगोल र समान स्नेह विचार राख्न मन पराउने । कल्पनाशक्ति र विश्लेषणात्मक शक्तिको भरपुर प्रयासबाट साहित्यलाई हेर्ने युवा गजलकार तथा गायक हुन् विमल भेट्वाल ।

Gazal Bhetwal 41679841910.jpgझापा जिल्ला साविक शिवगञ्ज गा.वि.स वडा नं. ३ हवल्दार चौंक हाल कन्काई नगरपालिका वडा नं ३ नयाँबस्ती सुरूङ्गा झापा निवासी युवा गजलकार विमल भेट्वालले शिवगञ्जको श्री नव–किरण विद्या मन्दिर वोर्डिङ् स्कूलबाट एस.एल.सी उतिर्ण गरेका हुन् । दमकको मोडल कलेजबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेर विर्तामोडको (कोहेड) कलेजमा व्याचलरसम्मको अध्ययन सकेर वैदेशिक रोजगारीको यात्रा तय गरेका थिए ।

सानोमा अत्यन्तै सरल र सोझो स्वभावका विमल गाउँमा हुने भजन कृतन मण्डलीको पछि लाग्ने र रातभर भजन सुन्न र गाउन औधी रुचि राख्दथे । उनको त्यो रुचि देखेर बुबा चन्द्रप्रसाद भेट्वालले उनलाई हार्माेनियम किनेर ल्याई दिनु भएको थियो । त्यसपछि त उनले संगीतमा उधुम नै मच्चाउन थाले । गाउँघरमा हुने हरेक कार्यक्रम र स्कूलमा हुने सबै कार्यक्रमहरूमा भाग लिन थाले ।

यसै सन्दर्भमा स्कूलमा हुने सांगीतिक कार्यक्रममा भाग लिने सन्दर्भमा उनको सहपाठी विमला मैनालीसँग भेट भयो। विमलासँग उनको सांगीतिक जोडी बलियो तवरले बाँधियो । ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो । नारायण गोपाल र तारादेवीको स्वरमा रहेको रत्नशमशेर थापाको उक्त गीत गाईसकेपछि उनै दुई सहपाठी स्टेजबाट तल झर्दै गर्दा तालीको गड्गडाहटसँगै दर्शक दिर्घाबाट अत्यन्तै स्यावासी पाए ।

उनै सांगीतिक जोडीले एक दिन श्री जन आदर्श मा.वि शिवगञ्जको कार्यक्रममा सामेल भए । त्यहाँ यो लेखक दिपक विवश आँँशु र दिपक उदास नयनको सांगीतिक टोली थियो र त्यही टोलीसँग भेट भएपछि विमलको जमघट उनै टोलीसँग कालान्तरसम्म रह्यो। पछि दिपक विवश आँशुको नेतृत्वमा एउटा सांगीतिक समूह श्री सुनगाभा प्रतिभा मञ्चको गठन भयो । उक्त मञ्चबाट जिल्लाभरि र जिल्ला बाहिर अनेकन सांगीतिक कार्यक्रमहरूमा सामेल हुँदै गयो।

Gazal Bhetwal 21679842089.jpg

यसै बीच उनले नेपाली गजल र रूवाईको अध्ययन गर्न थाले । त्यसो त गजल लेखनमा यो लेखक दिपक विवश आँशुको साथ सहयोग र सल्लाह भने अनवरत रूपमा पाउने गर्दथे । उनै आँशुलाई उनले लेखेको कैयौं गजल लेख्दा लेख्दै देखाउँथे । उनको गजलको पहिलो श्रोता आँशु नै हुने गर्दथे ।

उनको तारिफ र गाली दुबै पाउँदा विमल दङ्ग हुने गर्दथे । विमलले कसैलाई खुशी र दु:खी पार्न गजल लेख्दैन थिए । आत्म सन्तुष्टिको लागि उनले कयौं रचनाहरू रच्ने गर्दथे । गजल होस् वा रूवाई उनले लेखेका हरेक शेर र पंक्तिहरूलाई शब्द-शब्दमा भाव व्यक्त गर्न माहिर उनको गजल सुनेर कैयौ पटक स्जेटबाट उनलाई अंकमाल गर्दै मायालु भाव व्यक्त नगर्ने सायदै थिए। आँखा बन्द गरेर मनमा खेलेका अनेकौं भावलाई गजलमा उतार्ने उनको तारिफ योग्य केही गजल र रूवाईहरू यहाँ पस्कन मन लाग्यो ।

गजल र रूवाईहरू : –

संगीतको औपचारिक शिक्षा उनले झापा दमकमा अध्ययन गर्दा लिएका थिए । उनले गायक तथा संगीतकार नन्दी किशोर सिवाकोटीको संगतले संगीतको शिक्षा लिएको बताउँछन् । आधुनिक र गजल गायनमा पोख्त विमल आफ्नै रचना र संगीतमा कैयौं गजलहरू सृजना गरेका छन् । दुःखको कुरा त यहाँ छ, उनी जस्तो प्रतिभा हालसम्म सधै ओझेलमा परेका छन्। उनलाई कयौं प्रस्ताव आएपनि उनले आफ्नो सृजनाहरू बजारमा ल्याउन कुनै मन दिएका छैनन् । आशा गरौं उनका सृजनाहरू मुर्त बनाउन फेरि तपाईं–हामीले एकपटक प्रयास गर्ने पो  हो कि ?

प्रस्तुत छ–विमल भेट्वाल ’उदाश’ का केही गजल तथा रुवाईहरु ।

गजल →(१)

विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो !
बेहोशीमा विताएको अन्धकार त्यो रातै मीठो ।

मेरा  कुनै  साँझहरू  मात्तिएको  बखतमा !
गाली गर्छ कोही भने गाली को त्यो बातै मिठो ।

नवीन संसार रचिदिन्छ  छिन् भर मै लिएपछि ।
यस्तो अजीव चिज दिने साहुनीको त्यो हातै मीठो ।

निष्कर्षमा जिन्दगीको बिछ्यौना त माटो नै हो ।
मरेपछि  माया  गर्ने  मानिसको  त्यो जातै मिठो ।।

गजल →(२) 

पिरतीको चोट पनि काट्दो रहेछ रक्सीले नै ।
मृत्यु सँग जीवन पनि साट्दो रहेछ रक्सीले नै

आफ्नो भन्दा उसकै माया धेरै गर्दा एक्लो बने
एक्लो जीवन जीउन पनि, आँट्दो रहेछ रक्सीले नै

मन  भित्रका  ब्यथाहरू  हजारौं  नै  भए  पनि
पिउँदा ब्यथा छैन जस्तो, ढाट्दो रहेछ रक्सीले नै

बेचैन  र  दुःखी  जीवन  जीउनु  पर्ने  भए पछि
लाज र डरको पर्दा पनि फाट्दो रहेछ रक्सीले नै

गजल →(३)

अँधेरीमा  मुस्कुराउने  दुखी  त्यो  जुन  होला !
आश्वासनको माया दियौ सम्झि पछि रुन होला ।

सपनीमा सङ्गीतको रागमा गाउने गीतहरु !
विपनीमा विरहको रूखो–रूखो धुन होला ।

हाम्रो प्रीत नबनोस है बिहानीको सित प्रिय !
तिम्रो माया हिरा, मोति, सुन,चाँदी कुन होला ।

चाखी हेर्न नपाइने तिम्रो मनमा कुन्नी के छ
मेरो मनमा तिमी बाच्ने निस्पापको खुन होला

सुसाएर  पानी  बग्दा  मुस्कुराउँछ  किनार  पनि
आँखीर पानी बगी जान्छ किनार एक्लै हुन होला

               ༺ रुवाई ༻ 

के लेखुम हजुर रेगीस्तानले सुख दिलाएका कुरा
नुनिलो पसीना पसेर सधैं आँखा चिलाएको कुरा
घरको दुख सम्झिएर परदेशिएको एक युवक
बाकसमा लास, रगत बालुवामा बिलाएका कुरा

              ༺रुवाई ༻

मलाई घाम र जुन उस्तै लाग्छ
उज्याली उनी र सुन उस्तै लाग्छ
उनी भन्छिन् म त तल्लो जात रे
तर उनको र मेरो खुन उस्तै लाग्छ

            ༺ रुवाई ༻

यो मन दुख्दा लगाउने मलम बनोस् तिम्रो माया
लैला मजनु कथा लेख्ने कलम बनोस् तिम्रो माया
मलाई कतै ठेस लागे तिमी, मैले समाउने हात हुनु 
जस्तै दुख पर्दा पनि नटुट्ने फलाम बनोस् तिम्रो माया

नामी साप्ताहिक
 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
  • नंः २ सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
  • नंः ३ कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
  • नंः ४ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ५ उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्