काठमाडौ । नेपाल पौडी संघको आयोजनामा विगतमा हुँदै आएको एनएसए कप च्याम्पियनसिपको तेश्रो संस्करण मंसिर तेश्रो साता हुने भएको छ।
मंसिर २० र २१ गते हुने १३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मा विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघले जनाएको हो।
च्याम्पियनसिपको अनुमानित लागत २० लाख रहेको छ । आर्थिक ब्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद् लगायत विभिन्न दाता, संघ, संस्थाहरुको प्रायोजनबाट पूर्ति गरिने नेपाल पौडी संघले जनाएको छ ।
च्याम्पियनसिपको लागि अनलाईन आवेदन खुला भईसकेको र च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि swimnepal.com बाट मात्र अनलाईन फर्म भर्नु पर्ने पौडी संघले बिज्ञप्तीमा जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०८२ १८:३६