Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेलाई उत्तेजित नबनाउनुस्: अध्यक्ष ओली
एमालेलाई उत्तेजित नबनाउनुस्: अध्यक्ष ओली सरकार विध्वंशको जगमा बनेको छ : महासचिव पोखरेल
अच्युतप्रसाद नेपाल
अच्युतप्रसाद नेपाल शनिबार, मंसिर ६, २०८२

काठमाडौं । नेकपा एमालेलाई उत्तेजित नबनाउन अध्यक्ष केपी शर्मा ओलीले अनुराेध गरेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित भव्य जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संविधानविपरीतका कदम चालेर देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउँदै यस्ताे अनुराेध गरेका हुन् । 

सरकारले अनधिकृत सिफारिस, राजनीतिक दबाब र राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर बनाएको सरकार नै अहिलेको राजनीतिक संकटको मूल कारण भएको उनको दाबी गर्दै एमाले जनताकै पार्टी भएकाे ठाेकुवा गरेका छन् । 

अध्यक्ष ओलीले भने, “एमालेलाई उत्तेजित र नजिक्याउन खोजिएको छ । यस्ता गैर–संवैधानिक अभ्यास रोकिएनन् भने मुलुक थप संकटमा पर्छ । सरकार हटाइ प्रतिनिधिसभा पुनर्स्थापना गर्नु अहिलेको मुख्य राजनीतिक आवश्यकता हो ।” उनले सबै राजनीतिक दललाई संविधान र लोकतन्त्र जोगाउन एकजुट हुन आह्वान गरे ।

ओलीले हालै २३ गतेको घटनालाई योजनाबद्ध रूपमा म्यापिङ गरी, छानेर घर–घरमा आगजनी गर्ने काम भएको बताए । २४ गतेको आन्दोलनका कारण हिंसा भयो भन्ने सरकारी प्रचार गलत र भ्रामक भएको उनको भनाइ थियो ।

उनका अनुसार पर्खाल भत्काउने, फलाम काट्ने, सार्वजनिक सम्पत्ति जलाउनेजस्ता गतिविधि सिंगो योजनाअनुरूप भए, जसलाई सरकारले ‘जनआन्दोलन’को नाममा लुकाउन खोजेको छ । उनले अन्तरिम सरकारलाई नै भ्रष्टाचार र षड्यन्त्रको दोषी ठहर गर्दै, “सरकारले आफैं पत्र बनायो, आफैंले जेनजीलाई पढायो, अनि त्यसकै परिणामस्वरूप बारामा आक्रमण गरियो,” भनेर आरोप लगाए ।

ओलीले प्रहरी प्रमुखको सरुवा पनि सोही ‘डिजाइन’ अनुसार गरिएको दाबी गर्दै सरकारको मनसाय लोकतन्त्र कमजोर पार्ने रहेको उल्लेख गरे । 

अध्यक्ष ओलीले एमालेलाई उत्तेजित नबनाउन सरकारलाई चेतावनी दिदैँ भने, “एमाले आज पनि जनतामाझ सबैभन्दा लोकप्रिय शक्ति हो । त्यसैले अबिलम्ब प्रतिनिधिसभा पुनर्स्थापना गरिनुपर्छ । यही बाटो सही हो, यही बाटो संविधानअनुरूप हो ।”

उनले जेएनजी (जनताको नयाँ जनमत) ले उठाएका मागहरू समाधान गर्न पनि पुनर्स्थापित संसदमार्फत कानुनी बाटो खोज्न सकिने सुझाव दिए । सबै दललाई ‘सरकारको जन्ती नबन्न’ आग्रह गर्दै उनले भने, “पुनर्स्थापना नै एकमात्र विकल्प हो, सबै दल त्यसैमा केन्द्रित हुनुपर्छ ।”

हालै गठन भएको ‘युथ भोलिन्टियर फोर्स’ को भूमिका उल्लेख गर्दै अध्यक्ष ओलीले यसले समाजमा शान्ति–सुरक्षा सहयोग पुर्‍याउने बताउँदै, “जनताले डराउनुपर्दैन, यो बल जनताको सुरक्षाका लागि हो,” भनेर विश्वास दिलाए ।

सरकार विध्वंशको जगमा बनेको छ : महासचिव पोखरेल

सोही कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार ‘विध्वंशको जगमा’ बनेको आरोप लगाए । उनका अनुसार सरकार निर्वाचन गराउने भूमिकामा छैन, बरु देशलाई झन् अन्योलतर्फ धकेलिरहेकाे छ ।

पोखरेलले भने, “यो परिवर्तन जनताको परिवर्तन होइन । यदि जनताको परिवर्तन हुन्थ्यो भने जनताको सहभागिता रहन्थ्यो । यो त आन्दोलनबाट होइन, आतंक र हिंसाद्वारा गरिएको परिवर्तन हो ।”

कार्यक्रमका अन्य वक्ताहरूले पनि वर्तमान सरकार चुनाव गराउन असमर्थ रहेको जिकिर गर्दै शीघ्र स्थिरताका लागि राजनीतिक सहमति आवश्यक भएको उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्