Top Navigation
Main Navigation
बुधबार, पुस २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, पुस २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेलाई उत्तेजित नबनाउनुस्: अध्यक्ष ओली
एमालेलाई उत्तेजित नबनाउनुस्: अध्यक्ष ओली सरकार विध्वंशको जगमा बनेको छ : महासचिव पोखरेल
अच्युतप्रसाद नेपाल
अच्युतप्रसाद नेपाल शनिबार, मंसिर ६, २०८२

काठमाडौं । नेकपा एमालेलाई उत्तेजित नबनाउन अध्यक्ष केपी शर्मा ओलीले अनुराेध गरेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित भव्य जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संविधानविपरीतका कदम चालेर देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउँदै यस्ताे अनुराेध गरेका हुन् । 

सरकारले अनधिकृत सिफारिस, राजनीतिक दबाब र राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर बनाएको सरकार नै अहिलेको राजनीतिक संकटको मूल कारण भएको उनको दाबी गर्दै एमाले जनताकै पार्टी भएकाे ठाेकुवा गरेका छन् । 

अध्यक्ष ओलीले भने, “एमालेलाई उत्तेजित र नजिक्याउन खोजिएको छ । यस्ता गैर–संवैधानिक अभ्यास रोकिएनन् भने मुलुक थप संकटमा पर्छ । सरकार हटाइ प्रतिनिधिसभा पुनर्स्थापना गर्नु अहिलेको मुख्य राजनीतिक आवश्यकता हो ।” उनले सबै राजनीतिक दललाई संविधान र लोकतन्त्र जोगाउन एकजुट हुन आह्वान गरे ।

ओलीले हालै २३ गतेको घटनालाई योजनाबद्ध रूपमा म्यापिङ गरी, छानेर घर–घरमा आगजनी गर्ने काम भएको बताए । २४ गतेको आन्दोलनका कारण हिंसा भयो भन्ने सरकारी प्रचार गलत र भ्रामक भएको उनको भनाइ थियो ।

उनका अनुसार पर्खाल भत्काउने, फलाम काट्ने, सार्वजनिक सम्पत्ति जलाउनेजस्ता गतिविधि सिंगो योजनाअनुरूप भए, जसलाई सरकारले ‘जनआन्दोलन’को नाममा लुकाउन खोजेको छ । उनले अन्तरिम सरकारलाई नै भ्रष्टाचार र षड्यन्त्रको दोषी ठहर गर्दै, “सरकारले आफैं पत्र बनायो, आफैंले जेनजीलाई पढायो, अनि त्यसकै परिणामस्वरूप बारामा आक्रमण गरियो,” भनेर आरोप लगाए ।

ओलीले प्रहरी प्रमुखको सरुवा पनि सोही ‘डिजाइन’ अनुसार गरिएको दाबी गर्दै सरकारको मनसाय लोकतन्त्र कमजोर पार्ने रहेको उल्लेख गरे । 

अध्यक्ष ओलीले एमालेलाई उत्तेजित नबनाउन सरकारलाई चेतावनी दिदैँ भने, “एमाले आज पनि जनतामाझ सबैभन्दा लोकप्रिय शक्ति हो । त्यसैले अबिलम्ब प्रतिनिधिसभा पुनर्स्थापना गरिनुपर्छ । यही बाटो सही हो, यही बाटो संविधानअनुरूप हो ।”

उनले जेएनजी (जनताको नयाँ जनमत) ले उठाएका मागहरू समाधान गर्न पनि पुनर्स्थापित संसदमार्फत कानुनी बाटो खोज्न सकिने सुझाव दिए । सबै दललाई ‘सरकारको जन्ती नबन्न’ आग्रह गर्दै उनले भने, “पुनर्स्थापना नै एकमात्र विकल्प हो, सबै दल त्यसैमा केन्द्रित हुनुपर्छ ।”

हालै गठन भएको ‘युथ भोलिन्टियर फोर्स’ को भूमिका उल्लेख गर्दै अध्यक्ष ओलीले यसले समाजमा शान्ति–सुरक्षा सहयोग पुर्‍याउने बताउँदै, “जनताले डराउनुपर्दैन, यो बल जनताको सुरक्षाका लागि हो,” भनेर विश्वास दिलाए ।

सरकार विध्वंशको जगमा बनेको छ : महासचिव पोखरेल

सोही कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार ‘विध्वंशको जगमा’ बनेको आरोप लगाए । उनका अनुसार सरकार निर्वाचन गराउने भूमिकामा छैन, बरु देशलाई झन् अन्योलतर्फ धकेलिरहेकाे छ ।

पोखरेलले भने, “यो परिवर्तन जनताको परिवर्तन होइन । यदि जनताको परिवर्तन हुन्थ्यो भने जनताको सहभागिता रहन्थ्यो । यो त आन्दोलनबाट होइन, आतंक र हिंसाद्वारा गरिएको परिवर्तन हो ।”

कार्यक्रमका अन्य वक्ताहरूले पनि वर्तमान सरकार चुनाव गराउन असमर्थ रहेको जिकिर गर्दै शीघ्र स्थिरताका लागि राजनीतिक सहमति आवश्यक भएको उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर मंगलबार, पुस २२, २०८२
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल सोमबार, पुस २१, २०८२
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ शुक्रबार, मंसिर २७, २०८२
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली शुक्रबार, मंसिर २७, २०८२
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ?
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ? मंगलबार, मंसिर २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ सत्य आफैमा एउटा ठूलो तन्त्र हो
  • नंः ३ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ काठमाडौंमा चिसो बढ्यो
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्