Top Navigation
Main Navigation
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पोखरामा सुरु
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पोखरामा सुरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, वैशाख ११, २०८०

कास्की । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारा सहित पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगितामा प्रदेशका ११ जिल्ला मध्येमा मुस्ताङ बाहेकका सबै जिल्लाको सहभागिता छ ।

खेलकुदको समुचित विकास र विस्तारका लागि मूल आधारमा रुपमा रहेका विद्यालयहरुलाई केन्द्रविन्दु बनाई खेलकुद प्रतिभाको खोजी गर्दै राष्ट्र निर्माण एवं विकासमा खेलाडीको भूमिकालाई सबल, समक्ष र प्रभावकारी बनाउने उद्धेश्यले वर्षेनी राष्ट्रपनि रनिङ शिल्ड सञ्चालन हुने गरेको छ ।

गण्डकी प्रदेशस्तरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले उद्घाटन गरे । प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

Nepal Oil Corporation

उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी भएका १० वटै जिल्लाका खेलाडीहरुले मार्चपास गरेका थिए । प्रतियोगितामा छ खेलका ७२० खेलाडी सहभागी छन् ।

विद्यालयस्तरिय छात्ररछात्रा राष्ट्रपति रनिङ शिल्डमा मार्शल आर्टतर्फ उशु, तेक्वान्दो र कराते, टिम गेमतर्फ एथलेटिक्स, भलिबल र कवड्डीका खेलहरु सञ्चालन हुनेछन् ।

पोखरा रङ्गशालामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट छनोट हुने खेलाडीले यही वैशाख बैशाख १५ र १६ गते काठमाडौँमा सञ्चालन हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा सहभागिता जनाउने परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।

प्रदेशस्तरीय प्रतियोगितबाट छनोट हुन सफल खेलाडीहरुलाई एक दिने बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ। स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले उत्कृष्ट अनुशासित र सक्षम देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने लक्ष्य रनिङ शिल्डको छ ।

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गर्दै सभामुख धितालले खेलकुद स्वास्थ्यका लागि आवश्यक रहेको बताए ।

पछिल्लो समय खेलमा रुचीहरु बढेको बताए । “मनोरञ्जनको दृष्टिकोण र राष्ट्रको सानका लागि समेत खेलकुद महत्वपूर्ण छ। व्यवस्थापनका लागि केही अप्ठ्यारा रहेपनि राज्यले समेत महत्व दिँदै आएको छ” सभामुख धितालले भने ।

प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले आगामी बजेटमा खेलकुद प्रतियोगिता र खेल पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए ।

प्रदेश खेलकुद परिषद्का निर्वतमान सदस्य सचिव तेजबहादुर गुरुङले गत असोजमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशहरुमा गण्डकी प्रथम हुन सफल भएको बताए ।

उनले विद्यालयस्तरदेखीनै खेल प्रतिभा पहिचान, छनोट र विकास आवश्यक रहेको उल्लेख गरे । प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्