Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चीनस्थित मनकारी नेपाली समुदायको सत्कर्म
चीनस्थित मनकारी नेपाली समुदायको सत्कर्म
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ २३, २०७८

काठमाडौ । दोस्रो लहरमा फैलिएको कोभिड-१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या र मृत्युदरको ग्राफ अस्वाभाविक रूपमा बढिरहेको समयमा अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाहेक अरु मुलुकबाट तत्काल प्राप्त गर्न निकै कठिन थियो।

महामारी उच्च विन्दुमा रहेका बेला नेपाल सरकार मात्र होइन, चिनियाँ सरकार, हाम्रा विभिन्न तहका कूटनीति, मनकारी चिनियाँ तथा नेपालीको मेहनत र भगीरथ प्रयासमा क्रमशः स्वास्थ्य सामग्री जुटाउने मामिलामा उल्लेख्य सफलता हासिल हुन पुग्यो। 

बेइजिङस्थित नेपाली राजदूतावास, क्वाङ्चौ (गान्झाउ), ल्हासा र छन्तु महावाणिज्य दूतावासका कूटनीतिज्ञ, त्यहाँस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पदाधिकारीले कोरोना नियन्त्रण प्रतिकार्यका लागि स्वास्थ्य सामग्री जुटाउन आहोरात्र खटिएका कारण अहिले चीनबाट ठूलो परिमाणमा सहयोग सामग्री प्राप्त गर्न सफलता मिलेको हो।

कोरोना सङ्क्रमणबाट अप्ठेरोमा परिरहेका नेपालीको हितका खातिर आफ्ना घरपरिवार, निजी दैनिकी काम कारवाही, अन्य चिन्ता र चासोलाई छाडेर स्वास्थ्य सामग्रीको जोहो गरी मातृभूमि पठाउने सन्दर्भमा यसपटक चीनमा रहेका नेपाली समुदायलाई पनि निकै ठूलो दबाब पर्नु स्वाभाविकै हो । 

कोरोना महामारीले विश्व आक्रान्त भइरहेका बेला चीनमा स्वास्थ्य सामग्री खरिद गर्नै पनि चुनौती रहेको र निर्यातका लागि चीनले लागू गरेको कडा र जटिल मापदण्डका कारण बजारमा पाइएका सामानको उत्पादन चिह्न, नम्बर, कम्पनी र निर्यात स्वीकृतसम्बन्धी कागजात चुस्त दुरुस्त तुल्याउनु निकै कठिन परीक्षा पास गर्नुपरेझैँ थियो।

दाता जुटाउने, मापदण्ड पुगेका गुणस्तरीय सामान किन्ने, सङ्कलन गर्ने, भण्डारण गर्ने र कसरी सक्दो छिटो नेपाल पु¥याउने भन्ने चिन्ताले सबैलाई सताउने गरे पनि प्राणवायु (अक्सिजन) अभावले मृत्युवरणमा पुग्नेको सङ्ख्या दिनहुँ बढिरहेको परिस्थिति सुनेपछि सामाजिक उत्तरदायित्वले भारी भएर उनीहरूको मन थामिनसक्नु भइरह्यो। सोही क्रममा नेपाली कूटनीतिज्ञ र समुदायलाई समेटेर ‘चीनबाट स्वयंसेवाको प्रयास’भन्ने अभियानका साथ चीनमा प्रचलित सामाजिक सञ्जाल वीच्याटमा एउटा समूह बनाइयोे ।

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ भन्ने अभियानमा आर्थिक स्रोतको जोहो, स्वास्थ्य सामग्री खरिद, सङ्कलन, भण्डारण, ढुवानी, गुणस्तरमापन र निर्यातसम्बन्धी विषय समूहमा परिणाममुखी छलफल गर्दै अघि बढ्ने दृढ अठोटसाथ करिब ७० जनाले होस्टेमा हैँसे मिलाए । उनीहरुको सामूहिक प्रयासबाट १ हजार ४०० अक्सिजन कन्सन्ट्रेटर र २० हजारभन्दा बढी एन्टिबडी टेस्ट किट सङ्कलन गरी शनिबार क्वाङ्चौबाट नेपाल पठाउने तयारी पूरा गरेपछि मात्र उक्त समूहका सदस्यले आफैँलाई राहत प्राप्त भएको महसुस गरी ठूलो श्वास फेरेका छन्। सरकारको समन्वयमा क्वाङचौ पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा सबै सामान लोड गरेर काठमाडौँ पठाएपछि मात्रै शनिबार यो सबै प्रक्रिया पूरा भएको थियो ।

आकस्मिक स्वास्थ्य सामग्री सकेसम्म छिटो स्वदेश पुर्याउन नेपाली राजदूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्साल, महावाणिज्यदूत हरिशरण पुडासैनी, एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपाने र महासचिव यमबहादुर क्षेत्री दिनरात नभनी खटिएको थियो । 

त्यसो त कोरोना सङ्क्रमण नियन्त्रण प्रतिकार्य, रोकथाम र उपचारका लागि छिमेकीलगायत विश्वसमुदायबाट खोप, औषधि र स्वास्थ्य सामग्री जुटाउने कार्यमा राष्ट्रपति, सरकारसहित  सिङ्गो मुलुक लागिपरिरहेकै छ। 

यसबीचमा सहयोग जुटाउने कार्यमा नेपाललाई ठूलो सहयोग पनि प्राप्त भइरहेको छ । छिमेकी मुलुक भारत र चीनबाट सहयोगस्वरुप ठूलो परिमाणमा खोप प्राप्त भयो भने अमेरिका, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड लगायत मुलुकबाट स्वास्थ्य सम्बन्धी सामग्री प्राप्त भइरहेको छ ।

गैरआवासीय नेपाली सङ्घ चीन, अष्ट्रेलिया र अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट ५३३, साङ्घाइ जेड बौद्ध मन्दिरबाट ५००, शेष घलेको एमआइटी ग्रुप फाउण्डेशनबाट २२० र सोवर एक्सनहङकङबाट २०० गरी १ हजार ४५३ थान अक्सिजन कन्सन्ट्रेटर क्वाङ्चौमा सङ्कलन गरिएको थियो ।

नेपालको बीआइए फाउण्डेशन र चीनको वल्र्ड हार्मोनी फाउण्डेशनको समन्वयमा क्वाङतोङ (ग्वाङदोङ) हसिन साइन्टिफिक कम्पनीले उपलब्ध गराएको २० हजार ८० टेस्ट किट पनि त्यहीँ सङ्कलन गरिएको जानकारी दिइएको छ।

सङ्कलित स्वास्थ्य सामग्री नेपाल पठाउने क्रममा जहाजमा राखेपछि रातभरिको अनिदोले सुस्ताएको आवाजमा एनआरएनए चीनका अध्यक्ष न्यौपाने भने, “बल्ल सन्तोषको श्वास फेरेको छु ।” ग्वान्जाओ विमानस्थलमा राष्ट्रियध्वजावाहक जहाजमा स्वास्थ्य सामग्री राख्ने क्रम चलिरहेका बेला महासचिव क्षेत्रीले  भने, “जीवन रहे पो जगत् रहन्छ, राष्ट्रियता र आफ्नोपन रहन्छ।”

मातृभूमिमा परेको समस्यासँग जुध्न विभिन्न मुलुकमा पसिना बगाइरहेका नेपालीले गरेको प्रयास साकार भएकामा उनले आभार पनि व्यक्त गरे। चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेको नेतृत्व र निर्देशन तथा सबैको सामूहिक प्रयासबाट २२ करोड बराबरको सामान पठाउन सफल भएको भनी नियोग उपप्रमुख लम्सालले सबैप्रति धन्यवाद ज्ञापन गरे।

चीनमा सङ्कलन गरेर नेपाल पठाइएको सामग्री यतिमा मात्रै सीमित नभई चीनमा रहेका समाजसेवी राजनारायण शाहले ४० लाखमा खरिद गरेको ३७ थान अक्सिजन कन्सन्ट्रेटर स्थलमार्ग हुँदै काठमाडौँ आउने क्रममा रहेको बताइएको छ।

अर्का मनकारी मोहन डोटेलको समन्वयमा चीनकै यीउका नेपाली समुदाय र चिनियाँ नागरिकबाट सङ्कलित रकमबाट किनिएको १५ थान कन्सन्ट्रेटर र ५० बाकस रेगुलेटर पनि स्थलमार्गबाट काठमाडौँ ल्याइँदैछ ।

सोही समूहको प्रयासमा चाइना मिडिया कल्चरल ग्रुपले उपलब्ध गराएको झण्डै रु ५० लाख बराबरको केएन–९५ मास्क नेपाल–चीन सीमा नजिक पुगिसकेको नियोग उपप्रमुख लम्सालले जानकारी दिए । 

साङ्घाइ जेड मोनास्ट्रीले २०० कन्सन्ट्रेटरबाहेक उपलब्ध गराएको झण्डै २ करोड ३० लाख बराबरको पिपिइ, केएन–९५ मास्कलगायतका सामग्री पनि स्थलमार्गबाट नेपालतर्फ प्रस्थान गरिसकेको छ ।

ल्हासा हुँदै तातोपानी नाकासम्मको ढुवानी, भन्सार र निर्यातको प्रक्रियाको समन्वय ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले गरिरहेको छ । चीनस्थित महावाणिज्य दूतावासले यसअघि नै पनि सहयोगस्वरुप प्राप्त सामग्री नेपाल पठाइसकेको छ । 

चीनले ठूलो परिमाणमा अनुदानमा दिएको अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन रेगुलेटर ५६० थान र भेन्टिलेटर १० थान पनि निगमकै जहाजबाट काठमाडौँ पठाइएको नेपाली राजदूतावासले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १२:४३
##China
प्रतिक्रिया दिनुहोस्
थप समाज
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की आइतबार, असोज १८, २०८३
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक 
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक  शनिबार, असोज १७, २०८३
रूम नं १९४
रूम नं १९४ शुक्रबार, असोज १६, २०८३
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला शुक्रबार, असोज १६, २०८३
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ रूम नं १९४
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
  • नंः ४ स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
  • नंः ५ त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्