Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सूचना-प्रविधि
  • Home
  • सूचना-प्रविधि
  • सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ ७, २०८०
Api Himal

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताएको छ।

उनले मन्त्रालय सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा रहेको उल्लेख गर्दै यसको महत्वपूर्ण आधार स्वनियमन र सचेतनालाई मानिएको बताएको हो।

हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यदल बनाएर यो काम गरिरहेका छौं’– मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले ‘डिजिटल हिंसालाई सम्बोधन गर्ने कानुन निर्माणः चुनौती र समाधान’ विषयक सरोकारवालाहरुसँगको अन्तक्र्रियालाई सम्बोधन गर्दै मन्त्री शर्माले भने– ‘अहिलेसम्मका अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि स्वनियमन र सचेतनामै जोड दिनु उपयुक्त देखिएको छ।’

प्रयोगकर्ता र सामाजिक सञ्जाल सञ्चालन गर्ने प्लेटफर्मले स्वनियमन गर्ने, त्यसका लागि ब्यापक साइबर सचेतना जागृत गर्ने र त्यति गर्दा पनि सामाजिक सञ्जालबाट समाजका विभिन्न तप्काले हिंसा महसुस गर्ने सामग्री प्रकाशन/प्रसारण भएमा नियमन र कानुनी कारबाहीको बाटोमा जाने बिधि नै उपयुक्त हुने उनले स्पष्ट गरे ।

Nepal Oil Corporation

‘सामाजिक सञ्जालमा के गर्न हुन्छ र के गर्न हुँदैन, के गर्दा कुन कानुनअनुसार के सजाय हुन्छ भन्ने बिषय धेरैलाई थाहा नभएको देखियो’– उनले भने– ‘कसैले जानीजानी अपराध गर्छ भने उ सजायको भागिदार हुनैपर्छ तर थाहा नभएर गल्ती गर्ने अवस्था आउन नदिन स्वनियमन र सचेतनामै जोड दिनुपर्छ भन्ने लागेको छ।’

साइबर सुरक्षा र साइबर शिक्षा अब देशको प्राथमिकताको क्षेत्र भएको उल्लेख गर्दै सरकारी, गैरसरकारी, निजी क्षेत्र, सञ्चारमाध्यम सबैले यसमा ध्यान दिनुपर्ने बेला आएको पनि मन्त्री शर्माले बताए।

‘सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन ऐन नै आवश्यक भएको महसुस छ’– उनले भने– ‘तर, ऐन आजको आजै संभव छैन, त्यसैले ऐनको पनि तयारी गर्दै जाने र तत्कालका लागि निर्देशिका वा नियमवाली जारी गर्ने तयारी भएको छ, संभवतः यो महिनाभित्र हामीले यसको तयारी पूरा गर्छौं ।’

यसरी कानुन वा निर्देशिका निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखिने उनले स्पष्ट गरे । ‘हामीले ठूलो बलिदानीपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हो, यसमा कुनै दायाँबायाँ हुन सक्दैन’– मन्त्री शर्माले भने– ‘स्वतन्त्रतालाई दुरुपयोग गरेर सामाजिक सञ्जालमा जे पनि लेख्न, बोल्न र गर्न पाइन्छ भन्ने प्रवृत्ति बढको छ, यसतर्फ ध्यान दिनैपर्छ ।’

विगतमा सामाजिक सञ्जालको नियमन कसरी गर्ने वा गर्ने कि नगर्ने भन्ने सन्दर्भमा फरक फरक धारणा रहेको भए पनि अहिले नियमन आवश्यक रहेकोमा सबै क्षेत्रमा एक मत देखिनु सकारात्मक घटनाक्रम भएको उल्लेख उनले भने– ‘एक दुई वर्षअघि यही विषय उठाउँदा बिरोध हुने गरे पनि अब नियमन गर्न हामीले ढिला गरिरहेका छौं भन्ने जुन धारणा सबै क्षेत्रबाट आइरहेको छ, यो जनस्तर र सबै क्षेत्रको आवाज बुझेर नै हामीले कानुन निर्माणको तयारी थालेका हौं।’

सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार पारी मन्त्रालयको वेबसाइटमा राखिने र त्यसमा आउने उपयुक्त राय सुझावलाई समेट्ने प्रतिबद्धता पनि मन्त्री शर्माले व्यक्त गरे । अर्को एक सन्दर्भमा उनले कानुन निर्माणको सवालमा धेरै क्षेत्रमा स्वार्थ टक्कराउने अवस्था र कानुन बनाउन समस्या हुने स्थिति रहेको उल्लेख गर्दै सबै क्षेत्रलाई समेटेर एउटै कानुन बनाउनुभन्दा पनि फरक क्षेत्रको फरक कानुन बनाउनेतर्फ मन्त्रालय लागेको जानकारी दिए ।

कार्यक्रममा सरोकारवालाहरुले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्न अनिवार्य भइसकेको उल्लेख गर्दै नियमन गर्ने कानुन बनाउँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पनि ध्यान दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:१५
##rekhasharma
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल आइतबार, भदौ १६, २०८१
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ शुक्रबार, जेठ २५, २०८१
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बिहीबार, वैशाख २०, २०८१
सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएकाे छ : मन्त्री शर्मा
सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएकाे छ : मन्त्री शर्मा बिहीबार, माघ २५, २०८०
सोलुदुधकुण्ड-७ का वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा
सोलुदुधकुण्ड-७ का वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा सोमबार, माघ १५, २०८०
काउन्सिलद्वारा लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई सुझाव
काउन्सिलद्वारा लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई सुझाव मंगलबार, माघ ९, २०८०
प्रहरी अनुरोध : भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु
प्रहरी अनुरोध : भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु बुधबार, मंसिर ६, २०८०
टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा १० वटा रिट दायर
टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा १० वटा रिट दायर शुक्रबार, मंसिर १, २०८०
टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय
टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय सोमबार, कात्तिक २७, २०८०
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्