Top Navigation
Main Navigation
बुधबार, असार १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असार १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एसिया कप क्रिकेट : विश्वका क्रिकेट प्रेमीमाझ नेपाललाई चिनिने अवसर
एसिया कप क्रिकेट : विश्वका क्रिकेट प्रेमीमाझ नेपाललाई चिनिने अवसर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ १४, २०८०
Api Himal

काठमाडौँ । कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो।

यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे। अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित ।

तर नेपाली टोली पाकिस्तानी दर्शकले सोचेजस्तो कमजोर पनि थिएन ।  पाकिस्तानविरुद्धको उद्घाटन खेलमा नेपालले सुरुआतमै दुई विकेट हात पारेपछि त्यही रङ्गशालामा रहेका नेपाली समर्थक भने निकै उत्साहित देखिन्थे ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले मङ्गलबार भनेका थिए, “हामी पाकिस्तानभन्दा अनुभवबाहेक कुनै अर्थमा कम छैनौ। भयो पनि त्यस्तै, पाकिस्तानको मुल्तानमा बुधबारदेखि सुरु भएको एसिया कपअन्तर्गत उद्घाटन खेल नेपालले पाकिस्तानसँग अनुभवकै कारण गुमाउन बाध्य हुनुपर्यो ।

Nepal Oil Corporation

आफ्नो पक्षमा खेलको परिणाम आउन नसके पनि नेपाली खेलाडीको प्रदर्शनबाट भने विश्वका सम्पूर्ण क्रिकेट प्रेमीको ध्यान नेपालतर्फ तानिएको छ। सायद नेपालको विजय यही नै हो ।

साहित्यकार, कलाकार तथा क्रिकेट प्रशंसक रमेश रञ्जनको प्रतिक्रिया छ, “बुधबार पाकिस्तानसितको खेल प्रदर्शनपछि नेपाली खेलाडी विश्वमा फरक ढङ्गले चिनिने अवसरको निर्माण भएको छ”, उनको भनाइ छ, “खेलमा जित र हार सामान्य प्रक्रिया हो। मूल कुरा हो समर्पण र कौशल, त्यो भने नेपालले सम्पूर्ण विश्वलाई देखाउन सफल भएको छ।”

टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानको सुरुआत राम्रो थिएन । प्रारम्भमै चार विकेट गुमाउन पुगेको पाकिस्तानले सायद नेपालबाट यो अपेक्षा गरेको थिएन ।

त्यसो त खेल सुरु हुनुभन्दा पहिले, विश्वको पहिलो वरियतामा रहेको क्रिकेट टोलीका कप्तान बाबर आजम जो स्वयं पनि खेलाडीको विश्व वरियतामा पहिलो स्थानमा छन्, उनले नेपाललाई कम आँक्न नहुने प्रारम्भिक प्रतिक्रिया दिएका थिए। तर स्कोर बोर्डमा ३० ओभरमा एक सय ३० रन र चार विकेटको क्षति देखिएला भन्ने पाकिस्तानी कप्तान आजमको अनुमान सायदै पनि थिएन।

आफ्नो पहिलो वरियता कायमै राख्नुपर्ने कप्तानको दायित्वबोधले हुनसक्छ आजमलाई उत्प्रेरित ग¥यो । उनले झर्दै गएको पाकिस्तानी विकेटको क्रमलाई रोके र अन्ततः पाकिस्तानलाई निकै फराकिलो विजय दिलाए ।

पूरै ५० ओभर खेलेर ६ विकेटको क्षतिमा विजयका लागि तीन सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको पाकिस्तानका वलरको धारिलो प्रहारका कारण नै नेपालले निर्धारित सम्पूर्ण ओभरसम्म आफूलाई टिकाउन सकेन । र नेपाल २३ ओभर चार बलमा कूल एक सय चार रनमा सीमित रहन पुग्यो ।

क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी अनिलनाथ ढुङ्गाना भन्छन्– “नेपाली खेलाडीले प्राप्त अनेकौँ अवसरको लाभ लिन सकेनन्। केही क्याच छुटे भने केही खराब फिल्डिङका कारण स्कोर बोर्डमा पाकिस्तानको पक्षमा रनको सङ्ख्या थपिँदै गयो”, ढुङ्गानाको भनाइ छ, “प्रारम्भमा नेपालले महत्वपूर्ण सुरुआत गरेर आश जगाए पनि पछिल्ला ओभरमा संयम गुमाएकोजस्तो देखियो। तर यस खेलबाट नेपालले धेरैकुरा सिकेको हुनुपर्छ । अनुभव सँगालेको हुनुपर्छ। अब आगामी खेलमा यही अनुभव र सिकाइलाई प्रयोग गर्न सक्नुपर्छ।”

नेपालका लागि पहिलो विकेट करण केसीले लिँदा उनी सामाजिक सञ्जालमा छाएका थिए । उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिए। त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो ।

पाकिस्तानले लगत्तै इमाम उल हकका रुपमा दोस्रो विकेट गुमायो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान पौडेलले रन आउट गरे। पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रुपमा गुमायो। उनलाई सन्दीप लामिछानेको बलमा दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए ।

एसिया कपअन्तर्गतको पहिलो खेलमै स्टम्पमाथिको दुई वटा जोडदार प्रहार ९रन आउट० नेपालले देखाएको उत्कृष्ट प्रदर्शन नै एक सशक्त नमूना थियो। तर दुःखद्, उत्कृष्टताको यो क्रम खेलको पूरै अवधिभरि रहन सकेन ।

जुन कुशलताका आधारमा स्टम्पमा प्रहार गरेर नेपालले दुईवटा विकेटको सफलता पाएको थियो, पछिल्ला ओभरमा नेपाली खेलाडीबाट फिल्डिङका सन्दर्भमा त्यस्तो कुशल प्रदर्शन भइरहन सकेन ।

पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रुपमा चौथो विकेट गुमायो । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका थिए । पाकिस्तानविरुद्ध नेपालले जित पनि निकाल्न सक्छ की भन्ने सम्भावनातर्फ नेपाली क्रिकेटका प्रशंसक सोच्न थालिसकेका थिए ।

तर नेपाली क्रिकेट प्रेमीको सपना पाकिस्तानी कप्तान बाबर र इफ्तिखार अहमदले चकनाचुर पारिदिए । दुवै खेलाडीले नेपालविरुद्ध शतक प्रहार गरे। बाबरले आफ्नो उत्कृष्ट खेल प्रदर्शन जारी राखे ।

एक सय तीन एकदिवसीय खेल खेलेका २८ वर्षीय कप्तान बाबरले बुधबार एक सय ३१ बल खेल्ने क्रममा ४ छक्का र १४ चौकाको मद्दतमा एक सय ५१ रन बनाए। नेपालविरुद्धको शतकसँगै बाबरले हालसम्म ५ हजार २ सयभन्दा बढी रन बनाइसकेका छन्। यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् ।

अनुभवको कमी देखिएको नेपाली टोलीको कमजोर फिल्डिङका कारण बाबरले दुईवटा जीननदान पाए । बाबरले पाकिस्तानलाई त विजयी बनाए नै आफ्नो व्यक्तिगत कीर्तिमानी तथ्याङ्कमा पनि सुधार गरे ।

१९औँ शतक, तेस्रो सबैभन्दा ठूलो रन र पाँचौँ विकेटका लागि इफ्तिखारसँगको ठूलो साझेदारी । बाबर र इफ्तिखारले पाँचौँ विकेटका लागि दुई सय १४ रनको साझेदारी निभाएका थिए ।

यही नै पाकिस्तानका लागि जितको बलियो आधार बन्यो । अर्कोतर्फ इफ्तिखारको पक्षमा पनि कीर्तिमान बन्यो–खेल जीवनकै पहिलो शतक। यस्तै पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाए ।

२८ ओभरसम्म संयमित भएर खेलेको नेपाल त्यसपछि भने खराब प्रदर्शन गर्न पुग्यो । नेपालले कमजोर बलिङ र फिल्डिङ गरेकै कारण पाकिस्तानले विशाल स्कोर बनाउन सकेको हो ।

बाबर वा इफ्तिखारमध्ये कुनै एकको पनि विकेट समयमै लिन सकेको भए नेपालले धेरै ठूलो रनको चुनौती पछ्याउनुपर्ने थिएन। बलिङ र फिल्डिङ मात्र होइन नेपालले ब्याटिङतर्फ पनि आफ्नो विगतको खेल प्रदर्शनलाई कायम गर्न सकेन। 

नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन पुग्यो। पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए । उनले कुशल भुर्तेल र कप्तान पौडेलको विकेट लिए।

भुर्तेलले चार बल खेल्दै दुई चौका हिर्काउँदै आठ रन बनाए। यस्तै पौडेल बिना रन बनाइकन आउट भए । यस्तै नेपालले तेस्रो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो । उनलाई नशिम शाहले आउट गरे।

क्रिकेट समीक्षकहरुका अनुसार नेपालले गल्तीबाट सिक्ने चेष्टा गरेन । फिल्डिङ त प्रभावकारी रहेन नै, बलिङ पनि परिणाममुखी हुन सकेन। त्यस्तै ब्याटिङक्रम पनि चल्न सकेको देखिएन । सोमपाल कामी (२८), आरिफ शेष (२६) र गुलसन झा (१३) बाहेक कसैले पनि दोहोरो अङ्कमा स्कोर बोर्डमा योगदान पुर्याउन सकेनन् ।

एसोसिएट राष्ट्रको हैसियतबाट पहिलोपटक खुड्किला उक्लिएको नेपालले एकै पटक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेस्ट क्रिकेटमा राम्रो अनुभव सँगालिसकेका देशसँग खेल्न पाउनु अत्यन्तै महत्वपूर्ण उपलब्धि हो।

यस आधारमा नेपालको पाकिस्तानसँगको पराजय धेरै बढी अनपेक्षित र अस्वभाविक होइन । तर यति धेरै अन्तरले पराजय बेहोर्नुपर्ने स्थिति पनि होइन्। क्रिकेट समीक्षक विश्वमणि दाहाल भन्छन्– “नेपाल सायद मनोवैज्ञानिक रुपमा पो कमजोर भयो कि रु सीप र क्षमताका आधारमा नेपाललाई कमजोर टोली मान्न सकिन्न।”

नेपाली खोलाडीमा उत्साह त थियो तर त्यस उत्साहका भरमा आफ्नो पक्षमा परिणाम रुपान्तरण गर्न आवश्यक पर्ने अनुभवको कमी थियो। र यही अनुभवजन्य सीपमा नेपालपछि पर्दा पाकिस्तान विजयी भएको क्रिकेटका विश्लेषक बताउँछन्।

नेपालले सन् २००२ मा भएको आइसीसी यु–१९ वल्र्डकपमा पाकिस्तानलाई पराजित गरेको थियो । नेपालले उक्त खेलमा पाकिस्तानलाई ३० रनले हराएको थियो।  नेपालले त्यो बेला पाकिस्तानलाई हराएर विश्वमै सनसनी मच्चाएको थियो। 

त्यो खेललाई नेपाल र पाकिस्तानका खेलाडी सम्झिरहेका थिए । त्यसलै मङ्गलबार सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै पाकिस्तानका कप्तान बाबरले नेपालसितको खेललाई सहजरुपमा नलिने बताएका थिए ।

नेपालको विगतको प्रदर्शन सम्झिँदै कप्तान पौडेलले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका थिए । तर खेल हो, जहाँ सधैँ जितैजित मात्र पनि हुँदैन। सधैँ पराजय मात्र पनि भोगिँदैन ।

अब नेपाल पाकिस्तानसितको खराब प्रदर्शनलाई बिर्सिदै भारतसितको खेलमा फेरि लयमा फर्किने योजनाका साथ मैदानमा उत्रिन चाहन्छ। र पक्कै पनि नेपाली टोली आफ्ना प्रशंसकलाई निराश बनाउन चाहँदैन ।

क्रिकेटमा नेपालका तीन वटा सपना छन्। एउटा एसिया कप क्रिकेट, दोस्रो विश्वकप क्रिकेट प्रतियोगिता तथा तेस्रो टेष्ट राष्ट्रका रुपमा मान्यता प्राप्त गर्नु। बुधबार पाकिस्तानसित खेलेर नेपालले एसिया कप खेल्ने सपना पूरा गरेको छ।

अब बाँकी दुई सपना पूरा गर्नबाट पनि नेपाल टाढा छैन । निकट भविष्यमै नेपाल ती दुवै लक्ष्य पूरा गर्ने बाटोमा अग्रसर भएर लागेको छ। भनिन्छ, लक्ष्य पछ्याउँदै गए एक न एक दिन पक्कै पूरा हुन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०९:२७
##cricket #asiacup
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ बजार अनुगमनले लियाे तीव्र रूप
  • नंः ४ सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
  • नंः ५ मन्त्रिपरिषदले गरेका निर्णयहरु
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्