Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असोज २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असोज २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण
विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ १९, २०८०

काठमाडौ । बिशाल पौडेल र सनम मुलगुठीले काठमाडौमा जारी ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन् ।

एशियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा बिशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेको हो ।

body Building11693885772.jpg

तेश्रो स्थानमा थाईल्याण्डका बालान्कन पठान सिरावत रहे। याक एण्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधा तर्फ सनमले स्वर्ण जितेकी हुन्। उनले हङ्गकङ्ग चाईनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । तेश्रो स्थानमा कोरियाकी किम सोयुन रहिन्।

Sanam Mulguthi  7-1693887315.jpg

नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोडे । उनी भियतनामका बुइ दाक फि भु सँग पछाडी परेका थिए। मलेसियाका अज्री विन अस्मत सेफ्रिले कास्य पाए ।

यस्तै अर्को पदक नेपालले ६० केजी तौलमा हात पार्या भने अश्मिन बाबु गरुङ्गेले रजत र कमल भण्डारीले कास्य पाए। यस विधामा थाईल्याण्डका जिराफन पोङ्गकामले स्वर्ण जिते।

च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनिय शारीरिक सुगठन ७५ केजीसम्म र ७५ केजी माथि, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ बर्ष र मुनी, महिला फिटनेस फिजिक १६५ सेमी सम्म, १६५ सेमीमाथि, महिला टिनेज एथलेट फिजिक १५–१८ बर्ष, महिला स्विम सुट खुल्ला, महिला जुनियर मोडल फिजिक २१ बर्ष मुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ बर्ष, ५० देखि ६० बर्ष र ६० बर्ष माथी गरि १५ बिधामा प्र्रतिस्पर्धा भएको थियो।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।

body Building111693886943.jpg

दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुने च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धा गर्ने सवै देशका खेलाडी, अफिसियल र डेलिगेट्सहरु नेपाल आईसकेकाछन्।

सो अवसरमा शारीरिक सुगठन खेलको विकासमा योगदान गरेवापत विभिन्न ब्यक्तित्वहरुलाई स्वर्ण, रजत र कास्य पदकले सम्मान गरिएको थियो।

जसमा ज्ञानेन्द्र नकर्मी, अजय बज्राचार्य, रुजेश शाही, ननिता बज्राचार्य, निर्मला महर्जन, राजेश उपाध्याय, महेश्वर महर्जन, राजन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका थिए।

यस्तै राजेशबहादुर श्रेष्ठ, इश्वर श्रेष्ठ, शंकरमान उदाश, बाबुकाजी मानन्धर, प्रतापकाजी बरिया, दिनेश श्रेष्ठ, अनिललाल श्रेष्ठले रजत र सुरेश सुवेदी, रेणुका श्रेष्ठ, बिनिता राई, सूर्य प्रसाद जोशी, विजयत्तम रत्न बज्राचार्यले कास्य पदक प्राप्त गरेका थिए।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:३०
##bodybuilding
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं बिहीबार, भदौ ४, २०८३
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु सोमबार, साउन २५, २०८३
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी  सोमबार, साउन १८, २०८३
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति बिहीबार, असार ४, २०८३
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्