Top Navigation
  • Contact
Main Navigation
बुधबार, असार १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, असार १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एसियाड आर्चरीमा उत्साहित छन् खेलाडी
एसियाड आर्चरीमा उत्साहित छन् खेलाडी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, भदौ २२, २०८०

कास्की । विभागीय टोली नेपाल प्रहरीमा आबद्ध पोखराका तिलक पुनमगर हरेक दिन सबेरै पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा आइपुग्छन।

हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर त्यसपछि उहाँ ‘टार्गेट’मा केन्द्रित छन् । त्यहाँ उनी लगायत चार खेलाडी साउन पहिलो सातादेखि आर्चरीको बन्द प्रशिक्षणमा छन् ।

आगामी असोज ६ गतेदेखि मित्रराष्ट्र चीनको हाङझावमा १९औँ संस्करणको एशियाली खेलकुद (एसियाड) नजिकिँदै जाँदा मगरमा उत्साह सँगसँगै मनमा डर छ। इन्डोनेसियामा चार वर्ष अघि १८औँ संस्करणमा उहाँ एशियाली खेलकुदमा पहिलो पटक सहभागी बनेको थियो।

पहिलो सहभागितामा प्रदर्शन राम्रै भएकाले मगर यसपटक थप मेहनत गर्दै रेकर्ड सुधार्ने लक्ष्यमा छन् । अभ्यास गर्दा राष्ट्रिय रेकर्ड ६५ मिटर आसपास हानेकाले यसपटक पहिलाको रेडर्क ब्रेक गर्नेमा उनी आशावादी छन् ।

“इन्डोनेसियामा पहिलो सहभागिता भएकाले खेल्दा ‘कन्फिडेन्स’ थिएन, तर राम्रो स्कोर हानेको थिए, अहिले राम्रो तयारी गरेको छु, बिग्रन्छ कि भन्ने मनमा डर भए पनि नियमित अभ्यास र अनुभवले राम्रो गर्छु भन्ने लागेको छ”, पुनले भने। यसपटक बन्द प्रशिक्षणबाहेक पनि वर्षभरि नै अभ्यास गरेकाले आफ्नो प्रदर्शन राम्रो हुनेमा उनी आशावादी देखिन्छन्।

नेपालले एशियाली खेलकुदमा आर्चरीमा १६औँ संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । यसअघि तीन पटकको सहभागितामा केबल भाग लिनुमा मात्रै सीमित भएको छ।

नेपालले पदक जित्न सकेको छैन, तर खेलाडीमा पदकको आस भने कायमै छ । पहिलो सहभागितामा नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसयता समूहचरणबाट माथि बढ्न सकेको छैन ।

एशियाडमा आर्चरीको ‘रिकर्भ’ र ‘कम्पाउण्ड’ विधामा नेपालले प्रतिस्पर्धा गर्नेछ । रिकर्भमा तिलकसहित मञ्जु बजगाईं र कम्पाउण्डमा योगेन्द्र शेरचन तथा इमायिङ्ग राई छन् ।

कम्पाउण्ड विधामा प्रतिस्पर्धाको तयारी गरिरहेका शेरचन यसपटक सेमिफाइनलसम्म पुग्ने आफूहरुको लक्ष्य रहेको बताउँछन् । बन्द प्रशिक्षण राम्रो भए पनि पर्याप्त खेल सामग्री प्राप्त नहुँदा भने उनी चिन्तित छन् । शेरचनले आफ्नै लगानीमा खेल सामग्री जुटाएर अभ्यास गरेको बताए ।

उनले भने, “राखेपले पर्याप्त उपकरण दिएको छैन, एरोको सबै सेट मागेको थियौँ, तर एरो मात्र दिएको छ, आफैँले २ लाख ५० हजार खर्च गरेर बो किनेर अहिले अभ्यास गरिरहेको छु, गत साउन १ गतेदेखि बन्द प्रशिक्षण सुरु भएसँगै उपकरण दिएको भए हामीहरुको प्रदर्शन निखारिएर आउने थियो ।”

एसियाडमा शेरचनको यो पहिलो सहभागिता हो। प्रतियोगितालाई लिएर उनी उत्साहित छन् । आर्चरीको ओलम्पिकमै सहभागिता जनाउन लागेको जस्तो लागेको उनी बताउँछन् ।

“ओलम्पिकमा एशियाली देशहरु नै सेमिफाइनल पुग्ने गरेकाले एशियन खेलकुद पनि ओलम्पिक जस्तै लागेको छ”, खेलाडी शेरचनले भने। आर्चरीको प्रदर्शन राम्रो गर्नका लागि विदेशी प्रशिक्षकको खाँचो भएको खेलाडीको भनाइ छ।

पोखरा रङ्गशालामा सञ्चालन भइरहेको बन्द प्रशिक्षणमा वसन्त थकालीले टोलीलाई प्रशिक्षण दिएको छ । उनलाई नेपाल आर्चरी सङ्घका केन्द्री अध्यक्ष दीपक गुरुङलेसमेत साथ दिएको छ । 

प्रशिक्षक थकालीले बन्द प्रशिक्षणमा खेलाडीको स्तर छनोट चरणभन्दा राम्रो भएको बताए । खेलाडीको ‘फिजिकल फिटनेस’सँगै प्रयोगात्मक र सैद्धान्तिक पक्षलाई जोड दिएर बन्द प्रशिक्षण सञ्चालन भइरहेको उनको भनाइ छ ।

नेपाली टोलीले काठमाडौँमा एक महिना अभ्यास गरेपछि साउन १ देखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ। “बर्खामा मौसमले चुनौती दिए पनि भिजेरै अभ्यास गरिरहेका छौँ, तालिकाभन्दा पनि बढी अभ्यास गरिहरेका छौँ, खेलाडीको छनोटमा भन्दा बढी स्कोर आएको छ, प्रगति भएको छ, सकेसम्म केही न केही पदक ल्याउँछौँ भन्ने लागेको छ”, प्रशिक्षक थकालीले भने।

एसियाडका लागि आर्चरीको छनोटमा सुरुआतमा नवौँमा सहभागी २० खेलाडीमध्येबाट १६ जना छनोट गरिएको थियो। त्यसपछि तीनपटक छनोट गरी चार जनामा झारिएको बताइन्छ । 

एशियाली खेलकुद (एसियाड) को १९औँ संस्करण हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन्। नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:०२
##asiangames
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति बिहीबार, असार ४, २०८३
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २१, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १३, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्