Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज १२, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्छन्।

सांसद थिङसँगको संवादमा उनले भने, "विकासमा केन्द्रित हुनु ‘माननीय’को रहर होइन, बाध्यता हो।” विधायकको मुख्य जिम्मेवारी कानुन र विधि निर्माण मात्र केन्द्रित हुनुपर्ने भनिए पनि अन्यथा भयो भनी आरोप लगाउनु उचित नहुने उनको तर्कछ।

सांसद थिङ भन्छन्, “निर्वाचनका बेला विकास निर्माणका लागि प्रस्ताव गर्दै सशर्त भोट मागेपछि प्रणाली स्थापित नभएको मुलुकमा विकासमा सहभागी भइएन भने नेताप्रति हेर्ने दृष्टिकोणमा फरक आउँछ।”

सांसदको समस्या बुझ्न र राज्यमा प्रणाली बसाल्न राजनीतिक दल, सरकार र नागरिक समाजको पहल र प्रयत्न जरुरी रहेको बताउँदै नेपाली कांग्रेस संसदीय दलका सचेतक थिङ भन्छन्, “जनताको काम एउटा पनि नहुँदा निरासा हुने परिस्थितिले विधायकलाई अप्ठेरो परेको अवस्था छ।”

विसं २०४७ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेकी थिङ विसं २०५१ मा बहुमुखी क्याम्पस सिन्धुलीको स्ववियू कोषाध्यक्ष र विसं २०६४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बने ।

पार्टीको बाह्रौँ, तेह्रौँ र चौधौँ महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित उनी विसं २०७४ मा कमलामाई  नगरपालिकाको उपमेयरको प्रत्याशित हुँदै विसं २०७९ मा प्रतिनिधिसभा सदस्य बन्न सफल भए।

पार्टी केन्द्रीय सदस्यसमेत रहनभएकी सांसद थिङ संसद्मा पुगेपछि संसार नै जितौँला भन्ने सोच नभए पनि एउटा असल विधायिका बनेर निस्कनुपर्छ भन्ने मान्यतामा दृढ छन्।

संसदमा गत दश महिनाको अनुभव सुनाउँदै उनी भन्छन्, “सदनमा पुगेपछि अचम्मै धेरै काम गरौँला भनेर सोचेको होइन, तर राम्रो कानुन बनाएर असल विधायिका बन्छु भन्ने सोचेकी थिए, हेर्दै जाऔँ बाँकी समय सकेसम्म राम्रै काम गरौँला भन्ने छ।”

नेत्री थिङले लोकतान्त्रिक संसदीय अभ्यासमा एउटा पार्टी दलको बहुमत नभएको अवस्था सबैकोे सहारा लिन पर्ने र सबैबीच मनोभावना नमिलेसम्म संसद् अघि नबढने अवस्थाले प्राथमिकता र लक्षित विषय प्रभावित हुने गरेको दृष्टान्त सुनाए।

निर्वाचनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको चयनदेखि सरकार गठनसम्मको जिम्मेवारी पूरा गर्न केही समय खर्चनुपरेको घटना स्मरण गर्दै उनले भने, “विविध कारणले कानुन निर्माणमा अलि ढिलाइ भएको हो। कामै नगरेको भन्ने होइन।”

असल संसदीय अभ्यासका लागि नीतिभन्दा नियति नै खराब देखिएको बताउँदै उनले दल विशेषका नियतिमा शङ्का गर्नुपर्ने अवस्था रहेको विचार प्रकट गरे। सांसद थिङ भन्छन्, “सरकारमा हुँदा एकदमै ठीक देखिएको विषय प्रतिपक्षमा हुँदा आफैले ल्याएको र बोलेका विषय गलत हुने प्रवृत्ति छ, यसले समग्रमा नियम कानुनभन्दा नियतिमै खोट र शङ्का गर्नुपर्ने अवस्था देखिन्छ। यसमा प्रश्न उठेकाले तत्काल सुधारको खाँचो छ।”

मुलुकको सर्वोच्च संस्था सदनमा पुगेको जनप्रतिनिधिले संसदीय नियमावली, कानुन र संविधानको परिधिभित्र रही कस्ता शब्द चयन गर्ने, कस्तो प्रस्तुति दिने भन्ने विषयमा गहन अध्ययन र अभ्यासको आवश्यतामा उनले जोड दिए।

सांसद थिङले भने, “सदनमा बोल्ने वाक स्वतन्त्रता छ, तर त्यो संविधानको अधिनमा रही मर्यादित शब्द प्रयोग हुनुपर्छ। त्यो ज्ञान जनप्रतिनिधिमा हुनुपर्छ। आवेगमा आएर दिइने अभिव्यक्तिलाई असल अभ्यास भन्न सकिन्न। रेकर्डबाट हटाउने गरी बोल्नु भनेको अमर्यादित नै हुन्छ।”

एक प्रश्नको जवाफमा उनले मुलुक हाक्ने राजनीतिक नेतृत्वकै सन्तति उच्च माध्यमिक शिक्षा सकेपछि स्वदेशमा बस्ने मनस्थिति नदेखिएको घटना सुनाउँदै उनले भने, “युवालाई जन्मभूमि नेपालमै बस्न, त्यो वातावरण बनाउन आवश्यक छ, शिक्षा क्षेत्रमा देखिएको माफिया प्रवृत्ति पनि दोषी छ, चिकित्सक र नर्स पर्याप्त खोल्न दिएको भए यस्तो स्थिति हुने थिएन। हालको शिक्षा नीतिमा व्यापक परिवर्तन गर्नुपर्छ ।”

जिल्ला वा निर्वाचन क्षेत्रको विकास निर्माणका लागि बजेट व्यवस्थापन र आयोजना समावेश गर्न मन्त्रालयको कोठा र चोटामा धाउनु सांसदको पनि बाध्यता भएको बताउँदै सचेतक थिङ भन्छन्, “विधि र प्रणाली स्थापित नभएकाले त्यो अवस्था सिर्जना गरेको हो।”

उनले सांसदले विकास निर्माणमा हाल हाल्न हुन्न भन्ने विषय नेपाली समाज र जनतामा चेतना आएर प्रणाली स्थापित भई नसकेकाले केही बेथिति देखिएको बताए।

नेत्री थिङले संसद् विकास कोषका लागि प्रस्तावित रकम असल नियतले प्रयोग भएको खण्डमा नतिजा राम्रो आउने भए पनि दुरुपयोगको इतिहास रहेकाले अदालतको आदेशलाई पनि मनन गर्न आवश्यक रहेको धारण व्यक्त गरे।

उनले भने, “सांसदलाई विकास  निर्माणका लागि होइन, असल नियम र कानुन बनाउनका लागि जनताले पठाएका हुन्, सरकारले पनि जनप्रतिनिधिलाई त्यो विषयमा मात्र केन्द्रिकृत हुने व्यवस्था मिलाउनुपर्छ।”
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:०७
##sushilathing
प्रतिक्रिया दिनुहोस्
थप विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य आइतबार, असार २१, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्