Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै छौँ : एमाले नेत्री बलम्पाकी मगर
कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै छौँ : एमाले नेत्री बलम्पाकी मगर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, कात्तिक २०, २०८०
नेकपा (एमाले) की नेत्री रणकुमारी बलम्पाकी मगर
Api Himal

काठमाडौँ । “जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र राष्ट्रका जल्दाबल्दा विषय सदनमा शून्य, विशेष र आकस्मिक समयमा निरन्तर उठाउँदै आएकी छु।”

नेत्री बलम्पाकीसँगको संवाद’ मा नेकपा (एमाले) की नेत्री रणकुमारी बलम्पाकी मगर यसरी जनताका माग र आवश्यकता सम्बोधन नभएकामा असन्तुष्टि पोख्दै आफूहरूले कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दैआएको बताउँछन्।

उनले सांसदको मुख्य काम अहिले करिब ४० कानुन तत्काल बनाउनैपर्ने रहेकामा किन ढिलासुस्ती भयो भन्ने बुझिनसक्नु रहेको प्रतिक्रिया दिए। उनले भने, “सदनमा यो मेरो पहिलो प्रवेश हो । यसबीचमा सदन  नियमित भएन। कानुन निर्माणमा तपाईँहरूले ध्यान दिनुभएन भन्ने जनताको आरोप छ, यस मामिलामा सरकार स्वयं तात्नुपर्ने हो, हामीले मात्र भनेर हुँदोरहेन छ।”

सदनमा राजनीतिक दलको सिट सङ्ख्या र त्रिकोणात्मक शक्ति सन्तुलनले राजनीतिलाई सहजरूपमा अघि बढाउन चुनौती खडा गरेको जनाउँदै नेत्री बलम्पाकीले सरकार बचाउने र टिकिरहने मनस्थितिले भ्रष्टाचार, महँगी र अनियमितताका विषयमा तै चुपमैचुपको स्थिति बनेको विचार प्रकट गरे।

Nepal Oil Corporation

उनी भन्छन्, “कुटपिट, हत्या, अपहरणमा संलग्न व्यक्तिलाई सरकारले नै संरक्षण दिइरहेको घटना एकपछि अर्को गर्दै बाहिरिएको अवस्थाले समाज र जनतामा राजनीतिप्रति वितृष्णा र अविश्वास पैदा भएको छ।”

धारा, पानी, बाटो, सडक, पोखरी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकास निर्माणको काम स्थानीय र प्रदेश सरकारको जिम्मेवारीभित्रका विषय  भए पनि त्यसमा सांसद संलग्न हुने स्थिति राम्रो नभएको उनले प्रतिक्रिया दिए। न्यूनतम उपस्थिति सङ्ख्या अपुग भई विधेयक ‘फेल’ हुने अवस्था आउन दिन नहुने पक्षलाई सांसद स्वयंले हेक्कामा राख्न जरुरी रहेको बताउँदै ओखलढुङ्गामा जन्मेर  सिन्धुलीलाई कर्मथलो बनाउँदै आएका उनी  भन्छन्, “एउटा विधायक हुनाका नाताले हाम्रो सर्वोच्च जिम्मेवारी कानुन नै निर्माण गर्नु हो।” उनीसँग विसं २०४६ को आन्दोलनपछि अनेरास्ववियुको सदस्यता लिई पद्मकन्या कलेजका स्ववियु सचिव र काठमाडौँ जिल्ला सचिव तथा पार्टी काठमाडौँ–ओखलढुङ्गा सम्पर्क मञ्चका सदस्य भई काम गरेको अनुभव पनि छ।

‘भोट’ माग्ने बेला गरिएको वाचानुरूप मतदाताले कुवा, पँधेरो, धारा र पाइपका लागि अनुरोध गर्नु चाहिँ तिनको अधिकार भएको बताउँदै उनले आफूले मन्त्रालयका कोठा–चोटा नधाएर हुनसक्छ, प्रस्ताव गरेका एउटै योजनामा पनि बजेटमा परेन भने।

आफूहरूले मत दिएर पठाएकाले जनप्रतिनिधिबाट यति काम होस् भन्ने जनतामा आशा हुनु स्वभाविक रहेको बताउँदै सांसद बलम्पाकीले बजेट विनियोजनमा भएको विभेदप्रति सत्तापक्षका सांसदले नै सदनमा उभिएर मौन बसेको तथा विरोध गरेको घटनाले असन्तुष्टिलाई नै पुष्टि गरेको जिकिर गरे।

देश र दुनियाँको अध्ययन, तयारी, प्रस्तुति र जनतासँग भिजेर गरिएको कामले नै अवसर दिन्छ भन्ने मान्यतामा दृढ नेत्री बलम्पाकीले पार्टीमा महिला भएकै कारण विभेद भएको खासै घटना भने नरहेको प्रतिक्रिया दिए।

असल सांसद अभ्यास

कतिपय विषयमा प्रखररूपमा सदनमा कुरा राख्न दलभित्र प्रोत्साहन गरिएको घटना सुनाउँदै सांसद बलम्पाकीले असल र अब्बल सांसद (गुड पार्लियामेन्टरियन) को पहिचान बनाउन आफ्नो दल र नेतृत्वले विज्ञ उपलब्ध गराई आवश्यक राय, परामर्शसमेत उपलब्ध गराउँदैआएको जानकारी दिए।

उनी भन्छन्, “दलबीच झगडा हुँदा देशको विकास पछि धकेलिन्छ । अरूलाई प्रेरणा दिलाउन र असल सांसदको भूमिका खेल्ने सिलसिलामा सदनमा मैले सधैँ सकारात्मक नै भएर विषयवस्तु राख्दैआएकी छु।”

आफू कानुनको विद्यार्थी र अनुभवी नभएकाले गैरसरकारी विधेयकबारे आवश्यक जानकारी नभएको  स्वीकार्दै उनले सदनमा ल्याइएको विधेयकमा कसरी संशोधन राख्ने र प्रस्तुत हुने भन्ने विषय मात्र आफूले सिकिरहेको नै स्पष्ट गरे। उनले भने, “एउटा सांसदले जनताले किन पठाएका हुन्, जिम्मेवारी र कर्तव्य के हो, कुन कुरा बोल्न हुन्छ वा हुँदैन भनेर बुझ्न आवश्यक छ, गैरजिम्मेवारी र फितलो प्रस्तुति गर्न हुन्न, यसतर्फ चेत र चेतना बढाउनुर्छ।”

एक प्रसङ्गमा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्यले भने, “कतिपयले सोचेको हुनुपर्छ अर्को पटक माननीय वा यो पदमा आइन्न, मौका यही हो। भ्रष्टाचारमा संलग्नलाई दह्रो कारबाही भए फेरि गर्न  डराउँथे।” ललिता निवास, सुन तस्करी र नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नलाई कारबाही गरिएको भए राजनीतिक नेतृत्वप्रति विश्वास जाग्ने थियो तर घटनाको फितलो अनुसन्धानले जनतामा भरोसा कमजोर छ भनी प्रतिक्रिया दिए।

हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली खर्चिलो भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा चुनौती खडा गरेको बताउँदै सांसद बलम्पाकीले चुनावका बेला गरिएको लाखौँ–करोडौँ खर्च उठाउने प्रवृत्तिले भ्रष्टाचार मौलाइरहेको विचार प्रकट गरे।

निर्वाचन प्रणालीमा सुधार गरी सबै समानुपातिक गरिएमा कम खर्चिलो होला कि भन्ने आफूलाई लागेको बताउँदै उनले नभए आमसभा, घरदैलोजस्ता खर्चिलो र विकृतिजन्य कार्यलाई रोकेर सामाजिक सञ्जालबाट मात्र प्रचार–प्रसारमा सीमित तुल्याउनुपर्छ भने।

रु १० लाखको योजना अघि बढाइँदा भ्रष्टाचारकै कारण रु २ लाख पनि खर्च नहुने गरेको उदाहरण प्रस्तुत गर्दै उनले जनतामा पनि स्वच्छ, योग्य र निष्ठालाई भन्दा ‘हाइफाइ’ र तडकभडक गर्नेलाई रोज्ने गलत प्रवृत्ति देखिएकाले त्यसलाई सच्याउनुपर्ने धारणा राखे।

मुलुकको शिक्षा पद्धति सीपमूलक र व्यावसायिकमूलक नहुँदा युवा–विद्यार्थी विदेशिन बाध्य भएको घटना सुनाउँदै नेत्री मगरले शिक्षकले पनि विद्यार्थीलाई स्वदेशमा रहनभन्दा विदेश जानै प्रेरित गरेकाले पनि समस्या भयावह बनिरहेको प्रतिक्रिया दिए।

सामूहिक खेती, बस्तुभाउ पालन, कृषि प्रवद्र्धनका लागि आवश्यक सिँचाइ व्यवस्था नगरिँदा गाउँबस्ती उजाड भएको बताउँदै उनले यस अवस्थामा तत्काल सुधार नगरिए केही वर्षभित्रै स्वदेशमा युवा पङ्क्ति नभेटिने कुरातर्फ ध्यानाकर्षण गराए।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:२१
##ranakumaribalampakimagar
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्