Top Navigation
Main Navigation
आइतबार, जेठ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, जेठ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • बन्याे ६ महिनामै खेल्न योग्य नीजि क्रिकेट रङ्गशाला
बन्याे ६ महिनामै खेल्न योग्य नीजि क्रिकेट रङ्गशाला
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस २, २०८०
Extra Tech International Cricket Stadium
Api Himal

भैरहवा, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एकल लगानीमा नीजि रङ्गशाला निर्माण भएको छ।

अष्ट्रेलियामा बस्ने गुल्मीका विनोद कुँवरले तिलोत्तमा नगरपालिका-१७ दरखसवामा साढे ५ विगाह जग्गामा एकल लगानीमा क्रिकेट मैदान बनाउन थालेको हो।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदान नाम राखिएको यो काम पूरा गर्न उनी दुई महिना यता कर्मभूमि छाडेर नियमित रुपमा मैदानमा क्रियाशील रहेको छ।

यो मैदानका लागि जग्गा बाहेक ४० करोड लगानी लाग्नेछ। यो लगानी चरणवद्ध रूपमा लगाउने र समयमै पूरा गर्ने कुँवरको योजना रहेको छ।

Nepal Oil Corporation

भविष्यमा क्रिकेटको लागि मैदान मात्र नभई त्यहीबाट नै क्रिकेट आवासीय क्रिकेट एकेडेमी सञ्चालन गर्ने कुंवरको योजना रहेको छ।

असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य शुरु भएको हो। ३ हजार ट्रिपर माटो राखेर मैदान सम्म्याइएको छ। मैदान र पिचमा दुबो लगाउने काम सम्पन्न गरिएको छ। 

मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ। पिच बनाइएको छ। साइड स्क्रिनको काम यो हप्तामै सम्पन्न हुने तयारीमा छ।

माघबाट दोस्रो चरणको काम शुरु हुनेछ । यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरूको ५ हजार क्षमताको निर्माण कार्य शुरु गरिने छ।

चैतबाट साइडको सानो मैदानको काम पनि शुरु हुनेछ । जहाँ प्रशिक्षण गर्न मिल्नेछ।

अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य शुरु हुनेछ। प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

२०८० साल जेठ २९ गते शिलान्यास भएको मैदानको ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको एक्स्ट्रा ओभल प्रालिका निर्देशक विनोद कुँवरले बताए। यो अवधिमा १८ प्रतिशत काम सकिएको उनले जनाए।

रुपन्देहीमै निजि क्षेत्रबाट क्रिकेट मैदान निर्माण पछि यहाका खेलप्रेमीहरु हौसिएका छन्। यसले यस क्षेत्रमा खेलको विकास गर्न थप टेवा पुग्ने उनीहरुको भनाइ छ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा एक्ट्राकेटका ब्राण्ड एम्बेसडर शक्ति गौचनले खेलको पूर्वाधार विकास गर्न सके धेरै उत्कृष्ट खेलाडी उत्पादनमा बल पुग्ने भएकाले सबै प्रदेशमा यस प्रकारका मैदान तयारी गर्नुपर्ने सुझाव दिए।

देश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले निजी क्षेत्रबाट क्रिकेटको विकासमा भएको लगानीले उत्साह थपेको बताए।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:४७
##cricket #stedium #tilottama #rupandehi
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप खेलकुद
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने सोमबार, पुस ८, २०८१
लाेकप्रिय समाचार
  • नंः १ राजवादीहरुले भ्रमको खेती गरे : महासचिव पोखरेल
  • नंः २ सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
  • नंः ३ चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्