Top Navigation
Main Navigation
बुधबार, मंसिर १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, मंसिर १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपालसँग नामिबिया पराजित
नेपालसँग नामिबिया पराजित त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खला
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, फागुन १८, २०८०
Nepal Cricket Team

काठमाडौँ । करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाअन्तर्गत भएको खेलमा नामिबियालाई ३ रनले पराजित गरेको छ।

जितका लागि १ सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रनमा समेटेको हो।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई ८ रन मात्रै दिएका थिए।

योसँगै अन्ततः नेपालको जित सुनिश्चित भएको हो। यो जितसँगै २ अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना प्रबल बनाएको छ। नामिबियाको यो हारपछि पनि अङ्तालिकामा भने समान २ अङ्क नै छ।

नेदरल्यान्डसको २ खेलमा ४ अङक रहेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो। त्यस्तै नामिबिया हिजो भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो।

आजको खेलमा नामिबियाका लागि कप्तान जेजे स्मिथले अर्धशतक प्रहार गरेका थिए। उनले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५० रन जोडेका हुन्।

त्यस्तै जान फ्रिलिङ्कले ३७ रन जोडे भने जेपी कोट्जेले २५ र माइकल भने लिङ्गेनले १० रन बनाए। रुबेन ट्रम्पलम्यानले १४ रन जोड्दा जेन ग्रिनले अविजित २३ रन बनाएका थिए।

बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान २/२ विकेट लिए भने अभिनाश बोहोराले १ विकेट लिएका थिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रनको योगफल बनाएको थियो।

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गर्दै उनले ३७ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाएका हुन्। कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए भने आरिफले आउट हुनुअघि २४ बलमा ४ चौकाको सहायताले ३१ रन जोडेको थिए।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै १ चौका र ३ छक्काको ससहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा ३ छक्काको मद्दतमा २३ रन जोडेका थिए।

त्यस्तै दीपेन्द्र सिंह ऐरी ८ बलमा २ चौका प्रहार गर्दै १६ रनमा आउट भए। कप्तान पौडेल ९ बलमा २ चौका प्रहार गर्दै १० रनमा आउट भएका थिए।

त्यस्तै सुरुवाती ब्याट्सम्यान आसिफ शेख १ रनमा आउट हुँदा करण केसीले ७ र सोमपाल कामी २ रनमा आउट भएका थिए।

बलिङतर्फ नामिबियाका बेन शिकाङ्गोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले २ विकेट झारेका थिए। त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान १/१ विकेट लिए।

अब नेपालले भोलि नेदरल्यान्डसँग खल्नेछ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:४८
##Cricket
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात बिहीबार, असोज २३, २०८२
युनिटी कप: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
युनिटी कप: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित आइतबार, असोज १२, २०८२
गोठाटार डोजाङद्वारा अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई सम्मान
गोठाटार डोजाङद्वारा अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई सम्मान शनिबार, असोज ४, २०८२
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
  • नंः ४ अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण
  • नंः ५ गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्