Top Navigation
  • Contact
Main Navigation
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • किवीको उत्पादन बढ्यो इलाममा
किवीको उत्पादन बढ्यो इलाममा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, चैत ३, २०८०
Kiwi Fruit ilam

फिक्कल, इलाम । सन्दकपुर गाउँपालिका-३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किवीखेती गर्दै आएको छ।

किसान खतिवडाले सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किवीखेतीमा लागेको बताएको हो।

“किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै विरुवा उत्पादन गरी किवीखेती सुरु गरेको हुँ,” उनले भने। सोही वडाका अर्का किसान देवेन्द्र सुवेदीले अलैँची उत्पादन हुने पाँच रोपनी क्षेत्रमा किवीखेती गरेको छ।

“अलैँचीको विकल्पका रुपमा किवीखेती विस्तार गरेको छु,” उनले भने, “अलैँचीमा विभिन्न रोग लाग्ने र मूल्यमा उतारचढाव हुन थालेपछि विकल्पमा किवीखेती गरेको हुँ।”

किवी प्रतिकिलो १ सयदेखि २ सय ५० सम्म बिक्री हुने गरेको सन्दकपुर गाउँपालिका-५ जमुनाका किसान युवराज भट्टराईले बताए। “यहाँ उत्पादन गरिएको किवी बेच्नका लागि बजारको समस्या छैन। व्यापारीहरुले बगानबाटै गे्रडिङ गरी प्रतिकिलो ७० देखि १ सय सम्ममा खरिद गर्दछन्।” उनले भने, “बजार पुर्याउन सकियो भने प्रतिकिलो २ सय ५० सम्ममा सजिलै बिक्री हुन्छ।”

जिल्लामा किवी खेती गरिरहनुभएका सापकोटा र सुवेदी प्रतिनिधि पात्र मात्र हुन्। किवी खेतीमा उनीहरु जस्तै किसानहरुको आकर्षण बढेपछि किवी उत्पादन बढेकोे कृषि ज्ञान केन्द्र इलामले जनाएको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष ३२ दशमलव ५ प्रतिशतले किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७ सय ७८ दशमलव ८ मेट्रिक टन किवी उत्पादन भएको छ। यस वर्ष ८ सय ९० हेक्टर क्षेत्रमा किवी खेती गरिएको छ।

अघिल्लो आव ०७९/८० मा ७ सय असी हेक्टर क्षेत्रमा किवी खेती गरिएकोमा २ हजार ८ सय ५२ मेट्रिक टन किवी उत्पादन भएको थियो। किसानले करेसाबारीमा समेत किवी खेती गर्न थालेपछि उत्पादन वृद्धि भएको हो।

गत आवमा उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ६५ थियो। चालु आवमा बढेर प्रतिहेक्टर ४ दशमलव २५ पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ। एक बोटमा २ सय किलोसम्म उत्पादन हुने किवी मकैबारी, चियाबारी र अलैँचीसमेत मासेर रोप्न थालिएको छ।

रोपेको ३ वर्षदेखि उत्पादन दिने किवीले लगातार ५० वर्षसम्म उत्पादन दिने किसानको भनाइ छ। जिल्लाको इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा व्यावसायिक किवी खेती हुँदै आएको छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:०६
##ilam
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
कटारी नगरपालिकाको ९७ करोड ४६ लाखको आगामी बजेट सार्वजनिक
कटारी नगरपालिकाको ९७ करोड ४६ लाखको आगामी बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे बिहीबार, जेठ २१, २०८३
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप बिहीबार, जेठ २१, २०८३
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न आइतबार, जेठ १७, २०८३
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ३ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
  • नंः ४ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ५ हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्