Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असार ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
मंगलबार, असार ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • डा स्मृति शाक्यको मायावी गीत विश्वव्यापी सार्वजनिक
डा स्मृति शाक्यको मायावी गीत विश्वव्यापी सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ ५, २०८१

काठमाडौं । मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेका “मैले माया लाएको धोका दिन होइन” बोलको नयाँ गीत सार्वजनिक भएको हो।

बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद समेत रहेका बौद्धिक राजनीतिज्ञ डा अजयक्रान्ति शाक्यको शव्द रचना तथा संगीत रहेको उक्त गीतको भिडियोमा युवा पुस्ताका ढुकढुकी नै बनेका नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको बुलन्द अभिनय रहेको छ। साथमा गायिका डा शाक्यको समेत मनछुने गायनको साथमा अभिनय छ । निर्देशन नेपाली चलचित्र उद्योगका युगिन निर्देशक देवकुमार श्रेष्ठले गरेका हुन्।

गायिका तथा डा स्मृति शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । लामो समय डाक्टरी अध्ययन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर र चाहनाको विषयमा समय दिन नसकेकी डा शाक्यको गायनमा भने हालै तीनवटा गीत रेकर्ड भइसकेको छ।

त्यस मध्येको गीत “मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन” बोलको मनछुने गीतको म्युजिक भिडियोको निर्माण भएर सार्वजनिक भएको हो। मुटुरोग विशेषज्ञ डा शाक्य आफै पनि फिचरिङ भएको गीतको भिडियोमा अभिनय गर्न पाउँदा व्यापक कौतुहलता र उत्सुकता लागेको डा शाक्यले बताईन ।

यस्तै विशेषज्ञ डाक्टरले गाएको एउटा मन्त्रमुग्ध गीत संगीतमा अभिनय गर्दा आफू पनि खशी भएको र उहाँहरुको टीमसँग काम गर्न पाउँदा गौरबता लागेको नायक आकाश श्रेष्ठले बताएका छन्।

नायिका करुणा श्रेष्ठले भने गायिका डा शाक्यको गीतवाटै ज्यादै आकर्षित भएको अनि सँगै अभिनय गर्न पाउँदा डा शाक्यको शालिनतावाट प्रभावित बनेकी बताइन्। निर्देशक देवकुमार श्रेष्ठको भनाईमा डा शाक्य डाक्टरी पेशामा जसरी अग्रपंक्तीमा रहेकी छन्, त्यसैगरी नै गायन तथा अभिनयमा पनि अग्रता छ।

Dr.Smriti-Shakya-4-1716005142.jpg

रुचिको विषय गर्न आफूलाई कुनै समय नै नचाहिने र फुर्सद हुनासाथ गरिहाल्ने भएको कारण धेरै समय पश्चात तीनवटा गीत गाएर प्रकाशमा ल्याउँदा हजारौ हजारको तारिफ आउँदा अझ प्रेरणा मिलेको पनि डाक्टर शाक्यले खुशी प्रकट गरेकी छन्।

पहिलो गीतको कभर सङ मात्र बनाएर हिट भइसकेकाे अवस्थामा दोस्रो गीत फिल्मी स्टाइलमा नायक–नायिकाका साथमा आफैले गाएर अभिनय गर्न पाउँदा ज्यादै रमाइलो भएको भनेकी छन्। डाक्टर शाक्यले नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको अभिनयले पनि आफू प्रभावित भएको बताईन् ।

यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको कालजयी गीत “ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन” बोलको गीत संगीतज्ञ हरिशरण सायमीसँग कभर सङ गाएर छोटो समयमा चर्चाको शिखरमा डाक्टर शाक्य पुगिसकेकी छन्।

त्यस्तै,
केही मिठा कुरा गरौन,
दुई कदम संगै हिंडौन,
जिन्दगीको के भरोसा,
माया माया तिमी नै माया

डा अजयक्रान्ति शाक्यको शव्द तथा संगीत रहेको गीतमा डा स्मृति शाक्यको स्वर रहेको बोलको गीत छायाँकनको क्रममा रहेको गायिका डा शाक्यले बताइन । डाक्टर शाक्यको गीतको छायाँकन अति नै उत्कृष्ट रहेको जसमा फीचर फिल्मी शैलीमै सबै उपकरण तथा प्रविधिहरु प्रयोग गरेर छायाँकन गरिएको थियो।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ५ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्