काठमाडौं । नेपाली चलचित्रको इतिहासमा पचासको दशक आफ्नै किसिमको स्वाद, शैली र कथावाचनका कारण विशेष मानिन्छ । त्यही समयको स्मरण गराउने चलचित्रमध्ये ‘ताल’ पनि दर्शकको सम्झनामा रहने एउटा चलचित्र हो ।
चलचित्रमा नायक अमृत लामा र नायिका करिश्मा मानन्धरको जोडीले पर्दामा देखाएको अभिनय र भावनात्मक प्रस्तुतिले तत्कालीन दर्शकको ध्यान खिचेको थियो । प्रेम, सम्बन्ध र जीवनका उतारचढावलाई कथाको केन्द्रमा राखिएको चलचित्रमा अमृत र करिश्माको जोडीलाई विशेष रुचिका साथ हेरिएको थियो ।
पचासको दशकमा नेपाली चलचित्रको प्रविधि आजजस्तो विकसित थिएन। सीमित स्रोत–साधनका बीच चलचित्र निर्माण हुन्थे । तर कलाकारको अभिनय, कथा र गीत–संगीतले दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्थे ।
‘ताल’ पनि त्यही समयको चलचित्र संस्कृतिको एउटा सम्झना हो । आजको पुस्ताका लागि यस्ता चलचित्र पुरानो पर्दाको कथा मात्र हुन सक्छन्, तर त्यस समयका दर्शकका लागि ती चलचित्र मनोरञ्जनसँगै भावनाको हिस्सा थिए ।
अमृत लामाको अभिनय र करिश्मा मानन्धरको आकर्षक प्रस्तुतिले ‘ताल’लाई अझ सम्झनलायक बनाएको थियो । समय फेरिएको छ, प्रविधि फेरिएको छ, चलचित्र निर्माणको शैली पनि बदलिएको छ ।
‘ताल’मा अमृत लामा र करिश्मा मानन्धरको बेताल दर्शकको सम्झनामा भने अझै ताजा छ ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०८३ १०:०५