Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • ‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा ### जय नेपाल हलमा चलचित्रकर्मीको जमघट, दुई फरक सिर्जनाले बोके मानवीय भावनाका कथा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २३, २०८३

काठमाडौं । प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक संवेदना र मानवीय भावनालाई कलामार्फत उजागर गर्ने दुई फरक सिर्जना **‘कति बस्छौं माइतीघर’** म्युजिक भिडियो र **‘आश्रम’** सर्ट फिल्म काठमाडौंको जय नेपाल हलमा विशेष समारोहबीच भव्य रूपमा सार्वजनिक गरिएको छ।

जुझारु निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको ‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियोमा गायक किशोर कुमार शाही र देवकुमारी खड्गीको सुमधुर स्वर रहेको छ। म्युजिक भिडियोमा श्रीतिका श्रेष्ठ*र अभिषेक श्रेष्ठले भावनात्मक तथा प्रभावशाली अभिनय गरेका छन्। प्रेम, सम्बन्ध र जीवनका भावनात्मक पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोले दर्शकको मन छुने अपेक्षा गरिएको छ।

विशेष समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, ज्येष्ठ विशिष्ट चलचित्रकर्मी मदनदास श्रेष्ठ, युगीन कलाकार तथा निर्देशक पवन जोशी, विशिष्ट अभिनेत्री शर्मिला मल्ल नायक धीरेन शाक्य, विशिष्ट चलचित्र पत्रकार तथा निर्देशक विजय रत्न तुलाधर, विशिष्ट अभिनेत्री लक्ष्मी गिरी, विशिष्ट अभिनेत्री पल्पसा डंगोल तथा जय नेपाल हलका सञ्चालक गोपालकाजी कायस्थ**लगायत चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसै अवसरमा समाज र मानवीय जीवनका संवेदनशील पाटालाई केन्द्रमा राखिएको सर्ट फिल्म **‘आश्रम’** पनि सार्वजनिक गरिएको हो। फिल्ममा विजय के.सी., निरु बुढा मगर, देवकुमारी खड्गी र सत्यदेवी थापाको अभिनय रहेको छ। चाँदनी, शेरबहादुर डी.सी. र दीपक कपाली अतिथि कलाकारका रूपमा देखिएका छन् भने रुहान शाक्य र युवराज श्रेष्ठले बालकलाकारका रूपमा अभिनय गरेका छन्।

‘आश्रम’को कथा, सम्पादन तथा निर्देशन नरेन्द्रबहादुर धामीले गरेका हुन्। फिल्मका निर्माता इन्द्र खड्गी हुन् भने प्रस्तुति देवकुमारी खड्गीको रहेको छ।

सार्वजनिक कार्यक्रममा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले दुवै सिर्जनाले मनोरञ्जनसँगै नेपाली समाजका संवेदनशील विषय, पारिवारिक सम्बन्ध र मानवीय भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए।

कला केवल मनोरञ्जनको माध्यम होइन, समाजको ऐना पनि हो।*यही भावलाई आत्मसात् गर्दै निर्माण गरिएका ‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ले दर्शकलाई मनोरञ्जनसँगै सोच्न र अनुभूति गर्न बाध्य बनाउने विश्वास कार्यक्रमका अतिथिहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  २१:५४
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विश्वासको संकटमा नेपालको राजनीति
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्