Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • गर्मीमा रक्तदान गर्दा कुनै असर गर्दैन : चिकित्सक
गर्मीमा रक्तदान गर्दा कुनै असर गर्दैन : चिकित्सक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ ३१, २०८१

नारायणगढ, चितवन । भरतपुर अस्पताल सहित जिल्लामा विगत केही समय यता रगतको अभाव देखिएको छ ।

भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. प्रमोद पौडेलका अनुसार अस्पतालमा गर्मीबढेसँगै बिरामी बढेको र रगतको पनि अभाव देखिएको हो । डा. पौडेलले हाल अस्पतालमा उपचार गर्न आएका रगत चढाउन अत्याआवश्यक पर्ने बिरामीका लागि पनि रगत अभाव देखिएको बताए।

उले नियमित रक्तदाताको कमी हुँदा रगत अभाव हुनुको कारण औल्याउँदै उनले भने, “रक्तदान गर्ने रक्तदाताहरुले गर्मीको बेलामा रक्तदान गर्दा कतै स्वास्थ्यमा अफ्टेरो पर्नेपो होकी भन्ने सोचाईले  रक्तदान गर्न डराएको भन्ने भान देखिएको छ। रगत संकलन नहुँदा रगतको आभाव भएको हामिले बुझेका छौं ।”

रक्तदान अतिनै महत्वपूर्ण कुरा रहेको भन्दै उहाँले रगत दिन मिल्ने सबै उमेर समूहकालाई रक्तदान गर्न आग्रह गरे। कुनै रोग विशेषका कारण बाहेक अन्य परिस्थितिमा १८ देखि ६५ वर्ष उमेर समुहका व्यक्तिले रक्तदान गर्न मिल्ने डा. पौडेलले बताए । उनले थपे, “ जटिल प्रकारक रोग बाहेक महिला पुरुष दुवैले रक्तदान गर्न मिल्छ। महिलाहरुमा विशेष परिस्थीती हुन्छ, जस्तै महिनावारी, गर्भवती सुत्केरी एवं स्तनपान गराउने बाहेक अन्यले रक्तदान गर्न मिल्छ । बच्चा जन्मेको नौ महिनापछि रक्तदान गर्न मिल्छ । कुनै दिर्घरोग वा अन्य विशेष परिस्थीतीमा रक्तदान गर्न मिल्दैन त्यो फरक पाटो हो।”

नियमित रक्तदान गर्ने रक्तदाताहरु पनि यो समयमा गर्मीको कारण रक्तदान गर्न मिल्छकी मिल्दैन भन्ने अवस्थामा रहेको भन्दै डा. पौडेलले  भने, “गर्मी या जाडो भयो भनेर रक्तदान गर्न नमिल्ने भन्ने हुँदैन।” एक स्वस्थ्व व्यक्तिले जस्तोसुकै मौसममा पनि रक्तदान गर्न मिल्ने र गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै खरावी नहुने उनको भनाई छ । उनले गर्मीको समयमा बढी पसिना आउने कमजोरी भएको महशुस गर्ने, रिंगटा वा चक्कर आउने जस्ता समस्या हुने भन्दै प्रशस्त मात्रामा पानी, फलफूल तथा झोलिलो पदार्थ सेवन गर्न आग्रह गरे ।

उनले गर्मीको समयमा रक्तदान गर्दिन भनेर तर्किन नहुने भन्दै एक थोपा रगतले अन्य व्यक्तिको ज्यान जोनिने बताए। कमजोरी हुन्छुकी, प्रेसर घट्छकी भन्ने कुरा मनैबाट हटाएर उनले मिल्ने जतीले रक्तदान गरी व्यक्तिको जीवन बचाउन अनुरोध गरे। रक्तदान गरेपछि प्रशस्त मात्रामा पानी पिउने नकारात्मक सोच हटाउने गरेमा गर्मीकोे समयमा पनि रक्तदान गर्दा कुनै असर नगर्ने डा. पौडेलको भनाई थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्