नारायणगढ, चितवन । भरतपुर अस्पताल सहित जिल्लामा विगत केही समय यता रगतको अभाव देखिएको छ ।
भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. प्रमोद पौडेलका अनुसार अस्पतालमा गर्मीबढेसँगै बिरामी बढेको र रगतको पनि अभाव देखिएको हो । डा. पौडेलले हाल अस्पतालमा उपचार गर्न आएका रगत चढाउन अत्याआवश्यक पर्ने बिरामीका लागि पनि रगत अभाव देखिएको बताए।
उले नियमित रक्तदाताको कमी हुँदा रगत अभाव हुनुको कारण औल्याउँदै उनले भने, “रक्तदान गर्ने रक्तदाताहरुले गर्मीको बेलामा रक्तदान गर्दा कतै स्वास्थ्यमा अफ्टेरो पर्नेपो होकी भन्ने सोचाईले रक्तदान गर्न डराएको भन्ने भान देखिएको छ। रगत संकलन नहुँदा रगतको आभाव भएको हामिले बुझेका छौं ।”
रक्तदान अतिनै महत्वपूर्ण कुरा रहेको भन्दै उहाँले रगत दिन मिल्ने सबै उमेर समूहकालाई रक्तदान गर्न आग्रह गरे। कुनै रोग विशेषका कारण बाहेक अन्य परिस्थितिमा १८ देखि ६५ वर्ष उमेर समुहका व्यक्तिले रक्तदान गर्न मिल्ने डा. पौडेलले बताए । उनले थपे, “ जटिल प्रकारक रोग बाहेक महिला पुरुष दुवैले रक्तदान गर्न मिल्छ। महिलाहरुमा विशेष परिस्थीती हुन्छ, जस्तै महिनावारी, गर्भवती सुत्केरी एवं स्तनपान गराउने बाहेक अन्यले रक्तदान गर्न मिल्छ । बच्चा जन्मेको नौ महिनापछि रक्तदान गर्न मिल्छ । कुनै दिर्घरोग वा अन्य विशेष परिस्थीतीमा रक्तदान गर्न मिल्दैन त्यो फरक पाटो हो।”
नियमित रक्तदान गर्ने रक्तदाताहरु पनि यो समयमा गर्मीको कारण रक्तदान गर्न मिल्छकी मिल्दैन भन्ने अवस्थामा रहेको भन्दै डा. पौडेलले भने, “गर्मी या जाडो भयो भनेर रक्तदान गर्न नमिल्ने भन्ने हुँदैन।” एक स्वस्थ्व व्यक्तिले जस्तोसुकै मौसममा पनि रक्तदान गर्न मिल्ने र गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै खरावी नहुने उनको भनाई छ । उनले गर्मीको समयमा बढी पसिना आउने कमजोरी भएको महशुस गर्ने, रिंगटा वा चक्कर आउने जस्ता समस्या हुने भन्दै प्रशस्त मात्रामा पानी, फलफूल तथा झोलिलो पदार्थ सेवन गर्न आग्रह गरे ।
उनले गर्मीको समयमा रक्तदान गर्दिन भनेर तर्किन नहुने भन्दै एक थोपा रगतले अन्य व्यक्तिको ज्यान जोनिने बताए। कमजोरी हुन्छुकी, प्रेसर घट्छकी भन्ने कुरा मनैबाट हटाएर उनले मिल्ने जतीले रक्तदान गरी व्यक्तिको जीवन बचाउन अनुरोध गरे। रक्तदान गरेपछि प्रशस्त मात्रामा पानी पिउने नकारात्मक सोच हटाउने गरेमा गर्मीकोे समयमा पनि रक्तदान गर्दा कुनै असर नगर्ने डा. पौडेलको भनाई थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१ १८:५६